20110806

झलनाथ लाई राजिनामा गराएर आफु प्रधानमन्त्री हुन प्रचन्डको खेल जारी, बिचरा बाबुराम हेरेको हेरै हुन बेर छैन फेरी पनि !

माओवादी अध्यक्ष पुष्पकमल दाहालले साउन २८ गते प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिने निश्चित भएको बताएका छन् । दाहालले त्यसपछि राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताए। प्रमुख तीन दलबीच शुक्रबार शान्ति मन्त्रालयमा भएको वार्तामा दाहालले साउन २८ मा प्रधानमन्त्री खनालले राजीनामा दिने बताएका हुन् । अध्यक्ष दाहालले भने– प्रधानमन्त्रीले समय तोकेरै शान्ति प्रक्रिया अघि नबढे राजीनामा दिन्छु भन्नुभएको छ । शान्ति प्रक्रिया अघि बढे पनि राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि उहाँले राजीनामा दिनैपर्छ,'। कांग्रेस नेताहरूले भने शान्ति प्रक्रिया नटुंग्याईकन माओवादी नेतृत्वमा सरकार निर्माण गर्न नसकिने बताएका थिए। 'पहिले शान्ति प्रक्रिया टुंग्याउनुस्, त्यसपछि छलफल गर्न सकिन्छ। तर, शान्ति प्रक्रिया नटुंग्याई माओवादी नेतृत्वमा
सरकार गठन सम्भव छैन,' कांग्रेस नेताहरूको भनाइ थियो। कांग्रेस नेताहरूसँग भने दाहालले एक्लै कुराकानी गरेका थिए। दाहाल र कांग्रेस नेताबीच आ-आफ्नो पार्टीमा छलफल गर्ने र त्यसैअनुसार दुई पार्टीबीच थप कुराकानी गर्ने समझदारी भएको छ। त्रिदलीय वार्तामा प्रधानमन्त्री खनालले लामो पृष्ठभूमिसहित राष्ट्रिय सहमति हुनुपर्ने बताएपछि कांग्रेस नेता मीनेन्द्र रिजालले वार्ताका एजेन्डाबारे जिज्ञासा राखेका थिए। 'हामी केका लागि बैठक बसिरहेका छौं? साउन २८ गतेको विषयमा वा भदौ १४ मा आइपर्ने सम्भावित संकटका विषयमा?' । बैठकमा अहिलेसम्म शान्ति प्रक्रियामा भए/गरिएका काम समीक्षा गरिएको थियो। त्यस्तै सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले सचिवालयले अहिलेसम्म गरेका काम र तयारीका विषयमा नेताहरूलाई सामूहिक रूपमा जानकारी गराएका थिए। एमाले नेता भीम रावलका अनुसार 'राजनीतिक र प्राविधिक तहबाट गर्ने कामहरूलाई छुट्ट्याएर त्यहीअनुसार काम गर्नुपर्ने' विषयमा छलफल भएको थियो। समय कम भएकाले पनि राजनीतिक तहबाट छिटोभन्दा छिटो सहमति गर्नुपर्नेमा नेताहरू सहमत भएको रावलले बताए। बैठकपछि प्रधानमन्त्रीले पनि शीर्ष नेताबीचको बैठक शान्ति प्रक्रिया अघि बढाउने सन्दर्भमा महत्त्वपूर्ण रहेको र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने सम्भावना बढेको प्रतिक्रिया दिए। 'मुलुकको आवश्यकता नै सहमति भएकाले त्यसको विकल्प छैन,' खनालले भने। कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि छलफलले शान्ति प्रक्रिया अघि बढ्न धेरै मद्दत गरेको बताए। सेना समायोजनका विषयमा भएका विषयहरुको सामूहिक रूपमा 'ब्रिफिङ' लिने काम भएको बताउँदै, यसबाट अघि बढ्न सजिलो हुने उल्लेख गरे ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                             
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक