20110823

नौटंकी जारीछ शान्ति र संबिधानका बहानामा : फेरी नेपाली जनताले तिरेको करबाट तलब भत्ता खानेगरी ६०१ भेडा बाख्रा रुपी सभासद को म्याद थप गर्न अन्तरिम संबिधान सँसोधन गरिदै

सरकारले संविधानसभाको म्याद थपका लागी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । सरकारका  उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको नेतृत्वमा गएको टोलीले अन्तरिम संविधानको १० औ संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको हो । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गरेको थियो । माओवादीका मन्त्रीहरूले बैठक बहिस्कार गरेका थिए । सत्तारूढ दलको बैठकमा छ महिना म्याद थप्ने प्रस्ताव ल्याउने निर्णय विपरित प्रधानमन्त्रीले तीन महिना म्याद थप्ने प्रस्ताव ल्याएपछी माओवादीले सर्वदलीय तथा मन्त्रीपरिषद् बैठक बहिस्कार गरेको हो । संविधानसभाको म्याद तीन वर्ष तीन महिना हुनेछ भन्ने संवैधानिक व्यवस्थाको ठाउँमा संशोधन गरी संविधानसभाको अवधि तीन वर्ष छ महिना हुनेछ भन्ने उल्लेख गर्न सरकारले प्रस्ताव गरेको छ । हरेको विषयलाई विवादमा ल्याएर विवाद बिच नै विवाद समाधान गर्ने रोग फेरी आज एकपटक प्रस्तुत भएको छ दलहरूबिच । कुरा हो संविधआनसभाको म्याद थप्ने । प्रधानमन्त्री बिहान सत्तारूढ दलहरुको बैठक बस्दा सम्म ६ महिना म्याद थप्न सहमत भएका थिए तर सर्वदलीय बैठकमा एक्कासी कुरा फेरी पछी विवाद सुरु भएको हो । प्रधानमन्त्री खनालले सर्वदलिय बैठकमा सत्तारूढ दलबिच भएको सहमति विपरित ३ महिना म्याद थप गर्ने
प्रस्ताव ल्याएपछी माओवादी नेताहरू छाँगाबाट खसेजस्ता भएका थिए । केही बेर अगाडी भएको सहमति विपरित भएको उक्त प्रस्तावले माओवादीलाई एक हिसाबले ठूलै झड्का लागेको छ ।
६ महिना म्याद थप्न प्रस्ताव गरिन लागेको थाहा पाएर कांग्रेस सर्वदलीय बैठकमा उपस्थित भएन । उसले भदौ १४ गते म्याद थप्दा भएको सहमति अनुसारनै म्याद थप्नु पर्ने धारणा राख्दै आऐकोमा सो विपरित प्रस्ताव आउने भएपछी उ बैठकमा उपस्थित नभएको हुनसक्छ ।
तर माओवादीले जुन तयारीका साथ ६ महिना म्याद थप्ने भन्दै बैठकमा उपस्थित भएको थियो उसलाई भने प्रधानमन्त्रीको प्रस्तावले अवस्य पनि अन्योलमा पार्यो । यसरी एक्कासी प्रधानमन्त्रीको मुड कसरी चेन्ज भयो र ३ महिना मात्र म्याद थप्ने प्रस्ताव ल्याए । यो कुरा माओवादीले बुझ्न सकेन र त्यसको विरोध स्वरूप बैठक बहिस्कार गर्दै बाहिर निस्किए । बैठकपछी हुने भनिएको मन्त्रीपरिषद् बैठकमा पनि माओवादी मन्त्रीहरू उपस्थित नहुने भन्दै बाहिर निस्किए ।
यता बैठकले ३ महिना म्याद थप्ने निर्णय गर्यो भने उपस्थित मन्त्रीहरूबिच छलफल भइ त्यो प्रस्तावलाई संसदमा पुर्याउने निर्णय पनि भयो । यसरी आज एउटा अचम्चको नाटक मञ्चन भयो प्रधानमन्त्रीद्दारा । यो नाटक मञ्चन गर्ने मुड कताबाट आयो त्यो भने थाहा पाउन बाकी नै छ ।
****************************************

रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा दिदी बहिनीहरु छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला अमेरिकामा ?

मनासस अमेरिकाको तीज महोत्सब August 27, Saturday, 2011 at 1:00 pm, तपाईं, तपाईंको परिवार, छरछिमेकी, साथीभाईलाई निम्तो, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM 
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।


यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                      
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक