20110823

म्याद थप गरे ४७ सालको संविधानले निरन्तरता पाउने दावी

"सविधान सभाको म्याद थप्ने षड्यन्त्र गरे जनताले नमान्ने र यसको परिणाम भयङ्कर हुने" : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभाको म्याद थप गरे ४७ सालको संविधानले निरन्तरता पाउने दावी गरेका छन्। पार्टीले भक्तपुरमा आयोजना गरेको आमसभामा उनले सकिएको म्याद थप गरी जनताको अधिकारमाथि खेलवाड गर्ने दुस्साहस गरे २०४७ सालको संविधानलाई निरन्तरता दिन जनता एक हुने बताए। नेताहरुले सविधान सभाको म्याद थप्ने षड्यन्त्र गरे जनताले नमान्ने र यसको परिणाम भयङ्कर हुने बताए। थापाले कामचलाउ सरकारले दीर्घकालीन असर पुग्ने गरि निर्णय गर्न समेत अधिकार नभएको अवस्थामा संविधन सभाको म्याद थप गर्न नमिल्ने बताए। उनले सविधान र सर्वोच्च अदालतलाइ ठाडो चुनौती दिँदै ठूला दलका नेताहरु पुन संविधान सभाको म्याद थप गरी संगठित र योजनाबद रुपमा ब्रम्हलुट गर्न खोजेको आरोप लगाए। प्रमुख दलहरु संविधान र शान्ति प्रकृया भन्दा सत्तामा केन्द्रित भई सरकार गिराउने र बनाउने फोहरी खेलमा अल्झिएकाले संविधान
निर्माण हुन नसकेको उनको भनाइ थियो।
थरुहट तराई पार्टी नेपालले संविधानसभाको विघटन गरी नयाँ जनादेशमा जानका लागि माग गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष लक्ष्मण थारुले जनादेश गुमाइसकेको वर्तमान संविधानसभालाई आफ्नो कार्यविधि आफैँ थपेर नयाँ संविधान बनाउने अधिकार नभएको बताए।
नागरिक समाज, मानव अधिकारवादी र स्वतन्त्र विज्ञहरुको सहभागितामा निष्पक्ष चुनावका लागि चुनावी सरकार गठन गर्नुपर्ने उनले बताए।
पार्टीका वरिष्ठ नेता गोपाल दहितले थारुहरुको ऐतिहासिक थातथलो चितवन उपत्यका र नवलपरासीको नवलपुर खण्डलाई नारायणी प्रदेशमा राख्न नहुने त्यसलाई थरुहटमा नै राखिनुपर्ने उल्लेख गरे।
त्यसैगरी पार्टीले आजदेखि १४ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने, १५ र १६ गते आम हड्तालसहित समग्र थरुहट बन्द गर्ने जनाएको छ।
*****************************************************

रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा दिदी बहिनीहरु छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला अमेरिकामा ?

मनासस अमेरिकाको तीज महोत्सब August 27, Saturday, 2011 at 1:00 pm, तपाईं, तपाईंको परिवार, छरछिमेकी, साथीभाईलाई निम्तो, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM 
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।


यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
                                                                    ***************
                      
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक