20110821

चार दशक अघिको नेपालको टप साँगितिक लेकाली समुहका नायक , प्रशिद्ध लोक गायक हिरण्य भोजपुरेको " मितेरी सांझ "

कोलोराडो / अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार, चार दशक अघिको नेपालको टप साँगितिक लेकाली समुहका नायक , प्रशिद्ध लोक गायक हिरण्य भोजपुरेको प्रमुख आतित्थ्यमा कोलोराडोमा " मितेरी सांझ " संागीतीक कार्यक्रम शनीवार सम्मन्न भयो । "रातो भाले क्वाए“ क्वाए“  सुत्केरीलाई ख्वाएं," "ट्यासी गुडाउंदै वाईरोडको बाटोमा धुलो उडाउंदै " जस्ता गीत गाएर ज्यादै प्रशिद्ध भएका भोजपुरेले  ६९ बर्से उमेरमा पनि यूवा जोस र जांगरका साथ आफ्ना कला दर्शक सामु पस्किएका थिए । आफु मात्र होईन जिवन संगिनी पनि गायक पाएका भोजपुरेले २०२४ सालमा जिवन संगीनी उर्मिला श्रेष्ट, साली निर्मला श्रेष्ट र गणेश रसिक  संगै गाएका भोजपुर  बाट ट्याम्के डांडा भन्ने गीत आज गणेश रसिक  बाहेक तिन जनाको उपस्थितीमा कोलोेराडोमा गाउंदा दर्शकको  गडगडा ताली पाएका थिए ।   कोलोराडो स्थित  ब्रुमफिलमा सम्पन्न कार्यक्रममा स्थानिय गायक तथा संगितकारहरुको बाक्लो उपस्थिती रहेको थियो । काफल पाक्यो काफल पाक्यो भन्छ चरिले भन्ने गीतबाट श्रोता माझ चिनीएकी निर्मला श्रेष्ट र उर्मिला श्रेष्टले पनि स्टेजमा संगै गित गाएर श्रोतालाई तताएका थिए । त्यसै गरी सुरेस चन्द्र प्रधान, उषा किरण अधिकारी, निलम श्रेष्ट, राम श्रेष्ट, सिमा कार्की, मनोज तुलाधर लगाएतका गायकहरुले आफ्नो कला र गला  दर्शक सामु प्रस्तुत गरेका थिए । नेपालमा तत्कालिन समयमा पध्य संगित प्रसस्त भएपनि गध्य संगीतको  खडेरीको समयमा हिरण्य भोजपुरे उर्मिला श्रेष्ट,  निर्मला श्रेष्ट र गणेश रसिकले लेकाली संागितीक समुह मार्फ गध्य संगित बजारमा ल्याई श्रोताको मनजित्न सफल भएका थिए ।   गध्य संगितका श्रोताले अधिकांश हिन्दी गित सुन्नु पर्ने समयमा २०२२ साल तिर संगितीक क्षेत्रमा उदाएका हिरण्य भोजपुरी  तत्कालीन समयमा श्रोताका ज्यादै प्यारा थिए ।  स्टेजमा उभिएर गीत गाएको  ४५ बर्षपछि कोलोराडो स्थित रकिमाउन्टे फ्रेन्स अफ नेपालको संयोजनमा  नेपाली दाजु भाई दिदी बहिनी माझ आफ्नो कला प्रस्तुत गर्न पाउंदा जिवनमा  आफु फेरी तन्नेरी भएको  उनको अनुभब थियो । मँच का केन्द्रिय कोसाध्यक्ष्य कृष्ण मुरारी ढुँगेलको प्रतिकृया थियो "हिरण्य दाई र उर्मिला भाउजुको जोडीले अझै पनि मँच तताउन बाँकी नराख्दोरहेछ बा मत तीन छक परें, उस्तै जोश उस्तै बेजोड प्रस्तुती "
मँचका अध्यक्ष रामप्रसाद खनाल भन्नुहुन्छ "कार्यक्रमका लागि हल तर्फ जाँदै गर्दा हिरण्य दाईले मलाई फोन गरी भन्नु भएको थियो "भाई म हल तिर जाँदै छु श्वास प्रश्वास बढीरहेको छ, अब अली बुढो पनि भैएछकि क्याहो, भाउजु र साली त छन तर तपाईं यहाँ कोलोराडोमा भैदिएको भए दुई भाईले रन्काउनहुन्थ्यो गीत ।" कार्यक्रम पछी हिरण्य दाई, उर्मिला भाउजु, निर्मला दिदीको जोडदार प्रस्तुती सुनेर म अत्ती प्रशन्न छु । आखिर लेकाइ समुह न पर्‍यो, हिरण्य दाई,उर्मिला भाउजु, निर्मला दिदीलाई बधाई छ" 




- Natibabu Bhatt / Colorado

ट्याक्सी गुडाउदै, वाईरोडको बाटोमा धुलो उडाउदै.....


-निर्मल प्याकुरेल

Nirmal Pyakurel गत शनिवार कोलोराडोको एउटा रंगमञ्चमा यि शब्दहरू दाई हिरण्य भोजपुरेको ओठबाट यसरी निस्कियो कि, दर्शकहरू खुसिले गदगद् भए । आफ्नो मातृभुमिबाट पर प्रवासको पिडा भोगिरहेका नेपालीहरू एकैछिन भएपनि प्रवासलाई बिर्सिएर हिरण्य दाईको स्वरमा रहेको नेपाली माटोको सुगन्धलाई भरपूर अनुभव गर्नपुगे ।

मान्छे बुढो हुन्छ, उसको शरीरले साथ दिँदैन । तर मानिसभित्र रहेको कला कहिले पनि कमजोर र बृध्द हुँदैन । कला त जहिले पनि जवान हुन्छ र बाँचिरहन्छ । वास्तवमै भन्ने हो भने प्रकृतीको अन्त्य भएपनि कला मर्दैन । यस अर्थमा मानिशमा भएको कलालाई पक्कै पनि भगवान मान्न सकिन्छ ।

मितेरी साँझ नाम दिईएको यस कार्यक्रममा अरु धेरै कलाकारहरूले साथ दिनुभएको थियो र त्यस मध्देको म पनि एउटा थिए । अरु कलाकार साथीहरूलाई कस्तो अनुभव भयो त्यो त मलाई थाहा छैन । तर व्यक्तिगत रुपमा मैले भन्नुपर्दा हामी सबैजनालाई हिरण्यदाई सगै एउटै मञ्चमा प्रस्तुत हुनपाउदा निकै गर्व महसुस भएको थियो ।

Hiranya Bhojpure यहाँ नेर म एउटा कुरा के थप्न चाहन्छु भने, मैले आफ्नो जीवनमा रंगमञ्चमा हुने निकै नेपाली कार्यक्रमहरू नजिकबाट हेरेको छु । मेरो आफ्नो अनुभवमा दुई–चार उत्कृष्ट कार्यक्रमहरू मध्ये मितेरी साँझलाई पनि लिन चाहन्छु र कार्यक्रमको सफलताको श्रीपेच पनि म हिरण्य दाईको शिरमा पहिराउन चाहन्छु । वास्तवमै विदेशमा प्रस्तुत गरिने कार्यक्रमहरू यस्तै स्तरीय हुनपर्छ । मुख्यतः नेपाली पन र नेपाली भाव चाहिन्छ ।

हुनत दर्शकहरूको बाक्लो उपस्थिती थिएन। तर जति पनि दर्शकहरू उपस्थित हुनुभयो, वहाँहरू सबैले भरपुर मनोरञ्जन प्राप्त गर्नुभएको थियो ।

“झण्डै नआएको, छुटाउनै नहुने कार्यक्रम रहेछ।” निकै दर्शकहरूबाट यो भाव ब्यक्त गरिएको थियो ।

कार्यक्रमको अन्त्य त झन् यति रमाईलो भयो कि हिरण्य दाई आफै गएर रंगमञ्चमा नृत्य गर्न थाल्नु भो । के बुढाबुढी, के जवान, के बालख–सबैजना हिरण्य दाईको साथमा कम्मर भाँच्नपुगेका थिए । मानौ कोलोराडोका नेपालीहरू माझ दसै आएको थियो र खुसिले झुमेका थिए उनिहरू ।

मैले आफुले भन्नुपर्दा, पक्कै पनि त्यो क्षण मेरो जीवनको स्मरणीय क्षण बन्नपुगेको थियो ।

छुट्टिने बेलामा हिरण्यदाईले मेरो काधमा हात राख्दै, तपाईहरूको साथ पाएर नै कार्यक्रम सफल भयो भनेर मलाई भन्नु भएको थियो ।

यति सिद्दहस्त ब्यक्तिले यो वाक्य बोल्दा म किन हो निकै भावुक बन्न पुगेको थिए।

“हैन दाई, दाईको सामुन्ने त हामी धूलोको कण मात्रै हौ ।” मेरो गला अवरुध्द भयो र मैले यति मात्रै बोल्न सके ।

जे होस्, कोलोराडोको त्यो शनिवारको साँझ नेपालीहरूका लागि अविस्मरणीय बन्नपुग्यो । हिरण्य दाईले दर्शकहरू माझ यति मिठो जादु छरिदिनु भयो कि, प्रत्येक दर्शक खुसिले झुम्न बाध्य भए ।

धेरै–धेरै बधाई हिरण्य दाई, तपाई दर्शकहरू माझ नेपाली साङ्गीतिक क्षेत्रलाई अंकमाल गर्दै अझ हजारौ बर्ष बाइरोडको बाटोमा धूलो उडाइराख्नुस् । तपाईको साथ हामीलाई चाहिन्छ । तपाई प्रत्येक नेपालीहरूको हृदय माझ सधैँ हुनुहुन्छ र रहिरहनु हुनेछ ।

हार्दिक बधाई तथा शुभकामना हिरण्य दाई ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक