20110819

रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली, श्रृंगारसहित तीजको गीतमा दिदी बहिनीहरु छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला अमेरिकामा ?

अगस्त २७ तारिख अमेरिकाको मनाससमा भव्य ‘तीज महोत्सव’ हुँदै
बरिस्ठ कलाकारहरु प्रेमराजा महत, सारँगा श्रेष्ठ, अनुपमा प्रसाईं, पत्रकार एबम समाजसेबी हेम पाठक बरिस्ठ साहित्यकार होमनाथ सुबेदी    र अमेरिकी सँसदमा ककस निर्माण गरी नेपाललाई प्रबेश गराउने राजदुत डा. शंकर शर्माको भब्य अभिनन्दन गरिदै । प्रेमराजाले गीत गाउँदा, सारँगा, अनुपमा, श्याम खड्की, यज्ञमान शाक्य, किशोर छेत्री, नबिन केसी, लुना श्रेष्ठ  सहितका थुप्रै सुप्रसिद्ध कलाकारहरु  र अमेरिकामा बस्ने नेपाली महिला दिदी बहिनीले बारुले कम्मर भाँच्दा तपाईं बेहोस् नहुनु होला है ! विद्वान अर्थशास्त्री राजदुत डा. शर्मा र श्रीमती कल्पना शर्माले पनि त्यो दिन तीज गीतमा कम्मर मर्काएर तपाईंहरु सँग नाच्दै नेपाली सन्स्क्रितीप्रतीको  सम्मान देखाउँदै हुनुहुन्छ मिस गर्नुहोलानी !             
- ॠषिराम खनाल -
अमेरिका/ कल्पना गर्नुस त गोरा, काला, गहुँ गोरा अमेरिकनदेखि सँसारभरबाट बसाई सराइ आएका करोडौं मानिस बस्ने, हरेक दिन पचासौं हजार मानिस घुम्न आउने, सवैको सपनाको संसार भनिने अमेरिकामा बस्ने नेपाली महिलाहरुले रातो सारी लरक्क लर्काउँदै, छड्के तिलहरी, हातभरि चुरा, ओठभरि रातो लाली,
श्रृंगारसहित तीजको गीतमा छमछमी नाच्दा अनि बारुले कम्मर भाँच्दा कस्तो होला ? हजुर, यस्तै हुँदैछ यस पटक अमेरिकामा पनि ! अमेरिकाको राजधानी वासिङ्गटन डि.सी.बाट २५ माइलको दुरीमा रहेको भर्जिनिया राज्यको पुरानो र ऐतिहासिक शहर मनाससमा यस पटक ऐतिहासिक रुपमा ‘तीज महोत्सव’ मनाइँदै छ । अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजनामा यहि अगस्त २७ तारिखका दिन दिउँसो एक बजे देखि । अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजना र अमेरिकामा रहेका अन्य १३ वटा संस्थाहरु
सह–आयोजक रहेको उक्त ‘तीज महोत्सव’ अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले उद्घाटन गर्दै हुनुहुन्छ अगस्त २७ दिउसो १ बजे मनाससको स्टोनवाल मिडिल स्कूलको विशाल सभा कक्षमा ।
उक्त ‘तीज महोत्सव’का सह–आयोजक संस्थाहरुमा नेपाल एजुकेशनल एण्ड कल्चरल सेन्टर (पशुपति बुद्ध मन्दिर), डि.सी. नेपाली समाज, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी., ह्यूरोन, हेम-सरिता पाठक प्रतिष्ठान, अमेरिका नेपाल महिला संघ, नेपाली महिला विश्वव्यापी सञ्जाल, नेपाली अमेरिकन महिला सहयोगी हातहरु, नासो, इन्टरनेशनल मिडिया हाउस, अमेरिका नेपाल चौपारी र थकाली समाज अमेरिका छन् अन्तराष्ट्रिय कलाकार मञ्चको साथमा ।
“डि.सी., मेरिल्याण्ड, भर्जिनिया तीनवटा राज्यबाट नेपालीहरु सहभागी हुने उक्त ‘तीज महोत्सव’को तयारी लगभग पूरा भएको र यस पटकको ‘तीज महोत्सव’ ऐतिहासिक र भव्य हुँदैछ” भन्नुहुन्छ प्रमुख आयोजक संस्था अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवं लोक तथा दोहोरी गायक रामप्रसाद खनाल ।
अध्यक्ष खनालका अनुसार यस पटक महिला तीज नृत्य प्रतियोगिता, पुरुषहरुको पनि साथ र सहयोगका लागि पुरुष तीज नृत्य एवं बालबालिकाका लागि समेत छुट्टै प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण महिलाहरुको तीज नृत्य प्रतियोगिता नै हुनेछ । यस पटक नेपाली चलचित्र जगतका चर्चित नायिका एवं लोकप्रिय नृत्यंगनाहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाईसहित अन्य थुप्रै अमेरिकामा रहेका कलाकारहरुदेखि अन्य सहभागी दिदीबहिनीसम्म सवैको जोडदार प्रस्तुती रहने र आएका सवै नाचेर जाने, सवैले पूर्ण मनोरञ्जन र असवर पाउने व्यवस्था गरिने खनालले बताउनु भयो ।
सह–आयोजक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज डि.सी. च्याप्टरका अध्यक्ष प्रकाश नेपालले “यो ‘तीज महोत्सव’ अत्यन्त महत्वपूर्ण हुने र यसले अमेरिकामा नेपाली संस्कृतिको पहिचानमा मद्दत पुग्नुको साथै काममा व्यस्त र थकित दिदीबहिनी, दाजुभाईलाई एकै छिन दुःख विर्सेर नाचगान गर्न, रमाईलो गर्न, नेपालमा भए जसरी यो पर्व संझिन सहयोग पुग्ने” बताउनु भयो ।
“हामी यसपटक बाल्टिमोरबाट पनि ब्यापक रुपमा सहभागी हुँदैछौं ‘तीज महोत्सव’ मा, यस कार्यक्रमले हाम्रो नेपाली समाजमा नौलो छाप छोड्ने छ” भन्नुहुन्छ बानाका महासचिव प्रभु थापा ।
डि.सी. नेपाली समाजका महासचिव कमल पोखरेल र अध्यक्ष अरुण रुपाखेतीले पनि “यो ‘तीज महोत्सव’लाई हर तरहले सफल पार्न आफ्नो संस्था र आफूहरु लागेको बताउनुहुन्छ ।
मंचका अध्यक्ष खनालका अनुसार कार्यक्रममा केही विशिष्ट योगदान पुर्याउने कलाकार तथा व्यक्तित्वहरु सारंगा श्रेष्ठ, अनुपमा प्रसाई, प्रेमराजा महत, हेम पाठक, राजदूत डा. शंकर शर्मा लाई अभिनन्दन प्रदान गर्ने, अमेरिकामा रहेर नेपाली समुदायका लागि क्रियाशिल केही संचार माध्यमहरुलाई सम्मान, अन्य योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम छ । यसका अलावा यस पटक तीज नृत्यमा प्रथम, दोश्रो, तेश्रो हुने, त्यसै गरी उत्कृष्ठ हुने प्रतियोगीलाई पदक, ट्रफी, प्रमाणपत्र सहित पुरस्कृत गरिने छ । खनाल भन्नुहुन्छ “यो पटक हामी सवैलाई नचाउछौं, सवैलाई यो कार्यक्रम हाम्रो हो भन्ने बनाउछौं, अमेरिकामा पनि तीजको महत्व दर्शाउदै समुदायलाई मनोरञ्जन दिन्छौं । जो कार्यक्रममा उपस्थित हुनुहुन्छ वहाँहरुका लागि यो ऐतिहासिक हुनेछ भने उपस्थित हुन नसक्नेले हामीले धेरै ‘मिस’ गर्यौं भनेर पछि पछुताउनु पर्नेछ, हामीलाई साथ दिनुहोस, कार्यक्रममा उपस्थित भई मनोरञ्जन हासिल गर्नुहोस ।”
कार्यक्रममा सगरमाथा टेलिभिजन, नेपाल होराइजन्स, डि.सी. नेपाल, नेपाल मदर, युएस नेपाल अन्लाईन डटकम, विश्व परिक्रमा पाक्षिक, विश्व सन्देश पाक्षिक, निष्पक्ष राष्ट्रिय साप्ताहिक, एभरेष्ट टाइम्स पत्रिका, हाम्रो समाज, ग्लोब नेपाल डट कम , जनपुकार , विश्वन्यूज डक कमले मिडिया पार्टनरका रुपमा र यसका अलावा  नेपाल मिडिया क्याफे र नेपाली पोष्ट आदिले पनि सुचना र समाचार सम्प्रेसण गर्दै ‘तीज महोत्सव’लाई सफल पार्न सहयोग गरिरहेका छन् । कार्यक्रमका बारेमा विस्तृत जानकारी सवै मिडियाहरुमा, त्यसैगरी हरेक दिनका अपडेट नेपालमदर डट कममा हेर्न सकिन्छ ।
आयोजक अन्तराष्ट्रिय कलाकार मञ्च र सह–आयोजक सवै १३ वटा संस्थाहरुले सामूहिक रुपमा उक्त ‘तीज महोत्सव’मा सहभागी हुन अमेरिकाको डि.सी., मेरिल्याण्ड र भर्जिनियामा रहेका सवै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा दिएका छन् । कार्यक्रममा प्रवेश निःशुल्क र कम पैसामा नेपाली खाना उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।
स्मरणीय कुरा के छ भने अमेरिकामा अन्तराष्ट्रिय कलाकार मञ्चले हरेक वर्ष यस प्रकारको तीज विशेष कार्यक्रम गर्दै आएको छ र अन्य संस्थाहरुले अन्तराष्ट्रिय कलाकार मञ्चलाई साथ दिँदै आएका छन् । नेपाली राजदूतावास वासिंगटन डि.सी.ले पनि मञ्चलाई आर्थिक रुपमा सहयोग गर्न नसके पनि अन्य प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको छ र यसपटक पनि राजदूताबासको सहयोग छ । राजदूत डा. शंकर शर्माले यस प्रकारका सांस्कृतिक, नेपाल र नेपालीका लागि गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ ।
‘तीज महोत्सव’ सम्बन्धि निमन्त्रणा र विस्तृत जानकारी यहाँ तल प्रस्तुत छ  :

मनासस अमेरिकाको तीज महोत्सब August 27, Saturday, 2011 at 1:00 pm, तपाईं, तपाईंको परिवार, छरछिमेकी, साथीभाईलाई निम्तो, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 13 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM 
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

अगस्त 27 मनाससमा हुने तिज महोत्सबको लागि तीज नाचको तयारी गर्दै सरस्वती, तपाईंले पनि यसै गरी तयारी गर्नुस् है, अनी जित्नुहोस् पुरस्कार !




यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik  
www.usnepalonline.com 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                   
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, www.usnepalonline.com nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक