20110819

मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा ४० जनाको मृत्यु

पाकिस्तानको खयाबरमा एक मस्जिदमा प्रार्थनाको समयमा विस्फोट हुँदा ४० जनाको मृत्यु भएको छ । शुक्रबार प्रार्थना इरहेको बेला आत्मघातीले बम विस्फोट गराएका थिए । समाचार एजेन्सीहरुका अनुसार शुक्रबारे प्रार्थनाको समयमा मस्जिदमा विस्फोट भएको थियो । विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएका छन् । अफगानी सिमा नजिकै रहेको उक्त गाउँमा तालिवानी आक्रमण भएको हुनसक्ने समाचारमा जनाइएको छ । यसैगरी अफगानिस्ताको काबुलका अलग-अलग ठाउँमा भएको विस्फोटमा पनि कम्तिमा १० जना मारिएको समाचारहरुमा जनाइएको छ ।
हजारेको अनसन अब केन्द्रीय दिल्लीस्थित रामलीला मैदानमा, प्रहरीले अन्नाका एक हजार दुई सय समर्थकलाई पक्राउ

भ्रष्टाचारविरोधी गान्धीवादी नेता अन्ना हाजरे तिहाड जेलबाट बाहिर निस्किएका छन्। हजारेको अनसन अब केन्द्रीय दिल्लीस्थित रामलीला मैदानमा हुनेछ। मध्यान्ह जेलबाट बाहिरिएका उनले भने- 'म नरहे पनि भ्रष्टाचारविरोधी आन्दोलनको मसला जलिरहनु पर्छ।' उनी आमरण अनसनमा छन्। अरविन्द केजरीवाल र मनीषा सिसदियाले गेटसँगै बनाएको मञ्चमा पुर्‍याएका थिए। त्यहाँ उनले दुवै हात उचालेर समर्थकलाई
अभिवादन गरे। वर्षाको बेवास्ता गर्दै हजारौं समर्थक बिहानैदेखि तिहाड जेल परिरसमा भेला भएका थिए। जब हजारे जेल बाहिर आए पानी पर्न बन्द भयो। मञ्चबाट उनले छोटो सम्बोधन गरे। उनको सम्बोधन चलिरहँदा समर्थकहरुले 'अन्ना हामी तिम्रो साथमा छौं' भन्ने हुटिङ गरका थिए। 'म रहे वा नरहे पनि भ्रष्टाचारविरोधी यो मशाल बलिरहनु पर्छ', समर्थकलाई सम्बोधन गर्दै उनले भने। अन्ना अनसन बस्ने रामलीला मैदान ५० हजार मानिस अट्ने क्षमताको छ। यहाँ अनसन गर्न उनले १५ दिनको अनुमति पाएका छन्। भारतीय सञ्चारमाध्यमहरूले यसलाई सरकारको हार र अन्नाको जितको रूपमा व्याख्या गरेका छन्।

यसअघि दिल्ली प्रहरीले २२ वटा सर्त राख्दै अन्नालाई जयप्रकाश नारायण पार्कमा अनशन गर्ने अनुमति दिएको थियो। संसदमा प्रस्तुत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनमा कडा प्रावधानको माग राख्दै आएका हजारेले त्यसमध्ये ६ सर्त अस्वीकार गरेका थिए।

सरकारले जारी मनसुन सत्रमा भ्रष्टाचारका नियन्त्रण गर्न स्वतन्त्र लोकपाल गठन गर्ने व्यवस्थासहितको विधेयक प्रस्तुत गरेको छ। अन्नाले लोकपालको अनुसन्धान दायरामा प्रधानमन्त्री तथा उनको कार्यालय र न्यायपालिकालाई पनि पार्नुपर्ने माग गर्दै आएका छन्।

सरकार यसका लागि तयार नभएपछि अन्नाले अगस्ट १६ देखि आमरण अनसन घोषणा गरेका थिए। तर उनी अनसनमा बस्नुअघि नै प्रहरीले उनलाई पक्राउ गरेको थियो। सोही दिन दिल्लीबाट मात्रै प्रहरीले अन्नाका एक हजार दुई सय समर्थकलाई पक्राउ गरेको थियो। दिल्ली प्रशासनले सात दिने न्यायिक हिरासतमा पठाए पनि चौतर्पी दवाब झेल्न गाह्रो परेपछि अन्नालाई मंगलबार बेलुकै रिहा गरेको थियो। तर अन्नाले अनशनको अनुमति नपाएसम्म जेल नछाड्ने बताउँदै आएका थिए। यसबारे बिहीबार प्रशासन र अन्नाबीच सहमति भएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक