20110812

यस्ता होस् नभएका कसाइ बन्नुपर्ने उल्लुहरु डाक्टर भए पछी !

एउटालाई गर्ने अप्रेसन अर्कैलाई, घाँटीमा गर्नुपर्ने अप्रेसन पाठेघरमा !!!    
Updated ....भरतपुर क्यान्सर अस्पतालको लापरबाहीका कारण घाँटीको साटो पाठेघरको शल्यक्रिया गरिएकी छमकुमारी बोहोराको अहिलेसम्मको उपचार तथा थप शल्यक्रिया निःशुल्क हुने भएको छ। बिरामीका आफन्तको मागअनुसार अस्पताल प्रशासन यो कामका लागि तयार भएको हो। बिरामीका आफन्त तथा अस्पताल प्रशासनबीच शुक्रबार वार्ता भएको थियो। गलत शल्यक्रिया गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले माफी माग्नुपर्ने वार्ताका क्रममा बिरामीका आफन्तले जोड दिएका थिए। अस्पतालले यस विषयमा बिहीबार नै गल्ती स्वीकार गर्दै छानबिनको लागि समितिसमेत गठन गरेको छ। वार्तामा सहभागी नागरिक समाजका श्याम लामिछानेका अनुसार बिरामीका आफन्तले सम्भव भए भरतपुरमै नभए थप उपचारका लागि विदेश लानु परे पनि त्यसको खर्च अस्पतालले व्यहोर्नुपर्ने माग गरेका थिए। अस्पतालले भने थाइराइडको शल्यक्रिया चितवनमै सम्भव भएको भनी बिरामीका आफन्तलाई आश्‍वस्थ पारेका थिए। रुपन्देही शंकरनगर-३ सीता मिल टोलकी छमकुमारीको बिहीबार घाँटीको थाइराइडको शल्यक्रिया गर्नुपर्नेमो पाठेघरको शल्यक्रिया भएको थियो। अस्पतालका स्त्री
क्यान्सर विशेषज्ञ जितेन्द्र परियारको नेतृत्वमा रहेको टोलीले सो शल्यक्रिया गरेका थियो। *******

भरतपुर क्यान्सर अस्पतालको शल्यक्रिया कक्षअघि बिहीबार मध्याह्न दिदीलाई स्वास्थ्यकर्मीले कुन बेला बाहिर निकाल्लान् भन्दै लक्ष्मण खत्री पर्खिरहेका थिए। बिहान साढे आठ बजे शल्यक्रियाका लागि लगिएकी दिदी छमकुमारी बोहरालाई सवा १२ बजे अचेत अवस्थामा बाहिर निकालियो। नर्सहरूले भने, 'ल केशमायाको आफन्त आएर उहाँलाई लैजानुस्।' केशमाया? शल्यक्रिया कक्षबाट बाहिर निकालिएकी महिला त उनकी दिदी छमकुमारी पो हुन्! लक्ष्मण अलमलिए। केहीबेरमै थाहा पाए- घाँटीमा क्यान्सर भएपछि थाइराइड ग्रन्थीको शल्यक्रिया गर्न ल्याएकी छमकुमारीको चिकित्सकहरूले पाठेघरको शल्यक्रिया गरेछन्। केशमायाको पाठेघरको शल्यक्रिया हुनुपर्ने रहेछ! रुपन्देही शंकरनगर- ३ की ३२ वर्षीया छमकुमारीको गत चैतमा भरतपुर क्यान्सर अस्पतालमै थाइराइडको सामान्य शल्यक्रिया भएको थियो। व्यथा ठीक नभएपछि उनी तीन दिनअघि फेरि अस्पताल पुगेकी थिइन्। चिकित्सकहरूले फेरि शल्यक्रिया नै गर्नुपर्ने निर्क्यौल गरेपछि उनी रोगबाट मुक्ति पाउने आशामा तयार भएकी थिइन्। अस्पतालका कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहले यो गम्भीर त्रुटि भएको स्वीकार गरे। 'छानबिन गर्न समिति बनाएका छौं,' उनले भने। अस्पतालका एकजना चिकित्सकका अनुसार एक दुईजनाको गल्तीले यत्रो त्रुटी सम्भव छैन। कपडा बदल्ने, बेहोस बनाउनेसहितको टोली सचेत नबन्दा यस्तो लापरबाही भएको उनले बताए। कसका कारणले यस्तो गल्ती भयो भन्ने बुझ्न गएका लक्ष्मणलाई प्रशासनले उनको दिदीको शल्यक्रिया डा.जितेन्द्र परियार लगातको टोलीले गरेको जानकारी दिएको छ। छानबिन समितिमा रहेका डा.देजकुमार गौतमले भने शल्यक्रियामा संलग्नको नाम खुलाउन नमिल्ने बताए। 'हामी प्रसूति युनिटलाई नै छानबिनको दायरामा ल्याउँछौ,' उनले भने। पाठेघरको शल्यक्रिया प्रसूति युनिटको कार्यक्षेत्र हो। यो युनिटको प्रमुख डा.विनुमा श्रेष्ठ छिन्। घटनाबारे डा. गौतमबाहेक अरूले नबोल्ने नियम अस्पतालले बनाएको छ। १४ वर्षीया छोरीकी आमा छमकुमारी विधवा हुन्। उनी अचेत छिन्।
यो घटनापछि पाठेघरकै शल्यक्रिया गर्नुपर्ने केशमायाको भने शल्यक्रिया रोकियो। उपकरण बिग्रेकाले उनको शल्यक्रिया नभएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा भेला भएका छमकुमारीका आफन्तले उनको पूर्ण उपचार, राहत र दोषी चिकित्सकलाई कारबाही गर्न माग गरेका छन्। - रमेशकुमार पौडेल

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<
डिसी नेपाली समाज, अमेरिकाद्वारा 
जनै पूजन तथा रक्षाबन्धन कार्यक्रमको आयोजना

आदरणीय आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु,
हाम्रो नेपाली सँस्कृति, धर्म, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखी "SAVE OUR CULTURE" भन्ने मूल मन्त्रका
साथ स्थापना भएको संस्था डिसी नेपाली समाज,अमेरिका को आयोजनामा डी सी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुका लागि यही अगस्ट १३ तारिख, शनिबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा वैदिक विधि
अनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारण कार्यक्रम राखिएको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा
लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

आयोजक : डिसी नेपाली समाज, अमेरिका  

Address : 14102 Wood Rock Way, Centreville, VA, 20121

Date : August 13  2011, Saturday

Time :  7:00 AM To 4:00 PM

बिस्तृत जानकारीका लागि  सम्पर्क :
१. अरुण रुपाखेती          703-909-7123
२. दधि  ढुंगाना           571-438-5499
३. कमल पोखरेल          571-242-5280
४. राजेन्द्र खनाल        703-870-6480
५. सुशील थापा          703-220-8315
६. गीता ढुंगेल              703-209-1533
७. कृष्ण चापागाई       703-505-2429
८. राम मिश्र                         703-663-8766
९. मधु अर्याल             703-994-2566
१०. मोहन ढुंगाना         571-285-7809

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक