20110812

आफ्नै बाबुद्वारा दुई छोरीको निर्मम हत्या, उता अर्का आठ बर्सिय बालकको पनि घाँटी रेटी हत्या हेर्नुस् समाचार र भिडियो !

पर्वतको पिपलटारी गाविसमा दुई साता पहिले अपहरणमा परेका भनिएका दुई बालिकालाई आफ्नै बाबुले ज्युँदै खोलामा फ्याकेको खुलासा भएको छ । पर्वतको पिपलटारी गाविसको वडा नं ९ सिल्मीफाँटका कृष्णप्रसाद तिवारीले दुई छोरी ९ वर्षीया नमुना र ७ वर्षीया नविनालाई उनकै बाबु कृष्णप्रसाद तिवारीले ज्युँदै मोदी खोलामा फ्याकेको खुलासा भएको हो । बाबु कृष्ण प्रसादले साउन १५ गते राति सांढे ११ बजे छोरीहरुलाई डोराउंदै मोदी खोलामा लगेर बगाइदिएका खुलासा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले जनाएको छ । अनुसन्धानमा खटिएको सीआइबी सामु कृष्णप्रसादले छोरीहरुलाई जिउंदै खोलामा फालिदिएको स्वीकार
गरिसकेका छन् । आर्थिक बोझ कम होस भनेर आफूले दुवै छोरीलाई खोलामा फालिदिएको कृष्ण प्रसादले प्रहरीलाई बयान दिएका छन् । साउन १५ गते राति नाटकीय ढंगले बेपत्ता भएका नमुना र नवीना भने अहिलेसम्म भेटिएका छैन । सदरमुकाम कुस्माबजारस्थित राष्ट्रिय बाल शिक्षा सदन आवासीय माविमा नमुना कक्षा २ र नविना कक्षा १ मा पढ्दै आएकी थिइन । कृष्ण प्रसादले छोरीको अपहरण भएको भन्दै एक लाख रुपैंया फिरौती मागिएको नाटक समेत गरेका थिए । कृष्णप्रसाद ६ महिना पहिले मात्रै इराकको रोजगारीबाट फर्केका थिए भने उनकी श्रीमती अर्थात बालिकाकी आमा राधिका अहिले पनि रोजगारीका क्रममा इजरायलमा छिन । बाबुआमा विदेश हुंदा काकी हुमा तिवारीले दुबैको पालनपोषण गर्दै आएकी थिइन् । प्रहरीले अभियुक्त कृष्णप्रसाद तिवारीलाई नियन्त्राणमा लिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक