20110811

सबैलाई खेलाउने प्रचन्डले शेर बहादुरलाई मुसो खेलाए झै खेलाउदै, शेर बहादुर दँग, कङ्रेस भित्रै नेताहरुको सम्बन्ध भँग !

शेरबहादुर देउवा झलनाथ खनालझैं प्रचण्डको विशेष समर्थन र सहयोगमा प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको छ। गिरिजाप्रसाद कोइरालाको देहावसानपश्चात् माओवादी अध्यक्ष प्रचण्डले सभापति सुशील कोइराला र उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेललाई पनि आफ्नो पक्षमा उपयोग गर्न सकिने या नसकिने भन्दै नाडी छाम्ने प्रयास गर्नुभएको, तर कोइराला र पौडेललाई भन्दा देउवालाई उपयोग गर्न सकिने देखिएपछि विगत करिब डेढ वर्षदेखि प्रचण्डले देउवासँगको 'मित्रता'लाई विशेष महत्त्व दिँदै आउनुभएको महसुस गरिएको छ। एक नवउदीयमान 'व्यापारी'लाई मध्यस्थ बनाएर दुई नेताबीच सुरु भएको सम्पर्क र संवादले उहाँहरूलाई डेढ वर्षभित्र निकै नजिक तुल्याएको छ। प्रचण्डसँगको निकटतापश्चात् देउवा काङ्गे्रस र काङ्गे्रसीहरूलाई पराया ठान्ने तहमा पुग्नुभएको छ। जसरी केही कालयता झलनाथ खनालका निम्ति आफ्नो पार्टी एमालेभन्दा पनि प्रचण्ड
निकटका हितैषी बनेका छन्, ठीक त्यसैगरी काङ्गे्रसमा पनि देउवाले पार्टीका सहयात्रीहरूभन्दा प्रचण्डलाई निकट ठान्न थाल्नुभएको छ। नेता रामचन्द्र पौडेलका विरुद्ध काङ्गे्रस संसदीय दलमा बहुमत जुटाउन नसकेका कारण देउवाले प्रचण्डसँगको विशेष गठबन्धनको लाभ उठाउन सक्नुभएको छैन। यद्यपि देउवा थाकिसक्नुभएको भने छैन, एकातिर सभापति सुशील कोइरालासँग पटकपटक भेट गरी रामचन्द्र पौडेललाई दलको नेताबाट राजीनामा गराइदिनुपर्योह भनेर दबाब दिँदै हुनुहुन्छ भने अर्कोतिर बहुमत सभासद्हरूको दस्तखत जुटाएर पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने अभियान पनि उहाँले जारी राख्नुभएको छ। नेपाली काङ्गे्रसको संस्थापन पक्ष दलको नेता  परिवर्तन गर्ने पक्षमा देखिँदैन र त्यस्तो आवश्यकता ठानेको पनि छैन। तर, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रीय समितिको बैठकबाट निर्णय नै गराएर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने औपचारिक पत्र पठायो भने काङ्गे्रसले त्यसको स्वागत गर्दै देउवालाई अगाडि सार्ने सम्भावना भने प्रबल छ। प्रचण्ड या झलनाथ खनालका वचन या पत्रका आधारमा कुनै निर्णय लिन काङ्गे्रस मञ्जुर हुनसक्ने सम्भावना देखिएको छैन। गत वर्षदेखि प्रचण्ड, झलनाथ खनाल र शेरबहादुर देउवाबीच अघोषित रूपमा विशेष गठबन्धन कायम भएको छ। एमालेभित्र केपी ओली र माधव नेपाललगायतका नेताहरूको न्यानो माया प्राप्त गर्न नसकेर एक्लिनुभएका झलनाथ खनाल र काङ्गे्रसमा मूलप्रवाहभन्दा बाहिरपट्टि पर्नुभएका शेरबहादुर देउवा प्रचण्डका निम्ति रावणका भाइ विभीषणजत्तिकै भएका छन्। काङ्गे्रस र एमालेलाई भित्रैबाट ध्वस्त पार्न देउवा र खनालको साथ महत्त्वपूर्ण हुनसक्ने ठानेर नै प्रचण्डले दुई नेताहरूसँग 'रणनीतिक मित्रता' कायम गर्नुभएको ठानिन्छ। खनालले त विभीषण बनेर आफ्नै पार्टी एमालेलाई सङ्कटग्रस्त अवस्थामा पुर्याईइसक्नुभएको छ, अब देउवा पनि झलनाथको नयाँ अवतार बनेर काङ्गे्रसलाई पनि भित्रैबाट सिध्याउने खेलमा सरिक हुनुभएको छ। प्रचण्ड, झलनाथ र देउवाबीच गठबन्धन बन्नुका पछाडि केही विषयहरूमा समान धारणा बनेका कारणले पनि हो भन्ने देखिन्छ। तीनैजना नेताहरू राष्ट्रपति डा. रामवरण यादवका प्रति समान धारणा राख्छन्, सकियो र मौका मिल्यो भने राष्ट्रपति बदल्नुपर्छ भन्ने तीनैजनाको सोच छ। अर्कोतर्फ तीनैजना छिमेकी मित्रराष्ट्र भारतका प्रति ज्यादा नकारात्मक छन्। झलनाथ खनाल मित्रराष्ट्र आफ्नो हितैषी हुनसक्छ भन्ने विश्वास राख्नुहुन्न, शेरबहादुर देउवा पार्टीको गत महाधिवेशनमा आफ्नो पराजयको कारण भारतलाई देख्नुहुन्छ र प्रचण्डले त आफूलाई प्रधानमन्त्री बन्न नदिएको भारतले नै हो भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ। यसरी तीनैजना नेताहरूले आफूहरूबीचको एकतालाई मौका पर्दा भारतविरोधी गठबन्धनका रूपमा परिभाषित गर्ने गर्नुभएको छ। लोकतान्त्रिक मूल्य–मान्यता र अन्य विभिन्न कारणवश सुशील कोइराला, रामचन्द्र पौडेल, केपी शर्मा ओली, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबीच जुन प्रकारको सौहार्दता र सहजतापूर्ण सम्बन्ध विकास भएको देखिन्छ, ठीक त्यही प्रकारको सम्बन्ध प्रचण्ड, खनाल र देउवाबीच स्थापित हुन पुगेको छ। ज्ञातव्य छ, प्रचण्ड आफ्नो पार्टीमा अर्को शक्तिकेन्द्रको प्रादुर्भाव हुन दिन चाहनुहुन्न। डा. बाबुरामलाई प्रधानमन्त्री बनाइँदा पार्टीमा आफ्नो बचेखुचेको साख पनि गुम्ने त्रास सायद प्रचण्डमा छ। प्रचण्डको यही मनोविज्ञान बुझेर पनि देउवा 'आकाशको फल बुढानीलकण्ठमै खस्ने' आशामा हुनुहुन्छ। तर, प्रचण्डले चाहेका कुरा मात्र माओवादी पार्टीले स्वीकार गर्ने अध्याय समाप्त भइसकेको वास्तविकता बुझ्न देउवाले सक्नुभएको छैन। यसरी नेपाली राजनीतिमा स्पष्ट रूपले दुईवटा खेमा बन्न पुगेको छ। मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादको सिद्धान्त र कार्यक्रमसँग विमति जनाउँदै नयाँ जनवादी क्रान्तिका पक्षमा आफूलाई उभ्याउनुहुने झलनाथ खनाल प्रचण्डतिर लहस्सिनुलाई अस्वाभाविक मानिएको पनि छैन। लामो समय काङ्गे्रस र प्रजातान्त्रिक आन्दोलनमा आबद्ध देउवासमेत गैरप्रजातान्त्रिक गठबन्धनमा सामेल हुन पुग्नुलाई चाहिँ आश्चर्यजनक र अस्वाभाविक ठानिएको छ। जसले अस्वाभाविक ठानेका भए पनि नयाँ झलनाथ बन्न शेरबहादुर देउवा तयार हुनुभएको छ। पहिले प्रधानमन्त्रीबाट हटाइँदा तात्कालिक राजा ज्ञानेन्द्रसँग क्रूद्ध बनेका देउवाले २०६१ सालमा पुनः प्रधानमन्त्री बनाइदिएपछि खुसीले गद्गद् हुँदै गोरखाका राजाले आफूलाई न्याय दिएको अभिव्यक्ति दिनुभएको थियो। त्यस कार्यकालमा उहाँको ध्यान राजदरबारलाई खुसी तुल्याउनुमा मात्र केन्द्रित थियो। अहिले प्रचण्डले प्रधानमन्त्री बनाइदिए भने देउवाले विगतमा राजाको सेवा गरेभन्दा बढी राम्रोसँग प्रचण्डको सेवा पुर्यारउने निश्चित छ। आफ्नो सपनालाई विपनामा परिणत गर्न देउवा कुन हदसम्म उत्ताउलो भएर प्रस्तुत हुनुहुने हो सोको जानकारी पाउन भने थप केही समय प्रतीक्षा गर्नुपर्नेछ।

प्रधानमन्त्री झलनाथ खनालद्वारा स्वघोषित पदीय काउन्टडाउन करिब–करिब अन्त्यतिर आइपुगेको छ। दश दिनमा शान्तिप्रक्रियाले अभूतपूर्व गति लिने, त्यसो नभएको अवस्थामा २८ साउनउता आफू प्रधानमन्त्रीको जिम्मेवारीमा नरहने घोषणा उनले गत १८ गते गरेका थिए। प्रधानमन्त्री खनालको उक्त घोषणाका कारण अब शान्तिप्रक्रियाले विश्वसनीय तथा भरपर्दो गति लिन सक्छ भन्ने आमतप्कामा आशा र विश्वास जाग्न पुगेको थियो। तर, साता दिन बितिसक्दा पनि प्रधानमन्त्रीको अभिव्यक्ति या दाबीअनुरूप शान्तिप्रक्रियाले गति लिएको अनुभूति गर्न सकिएन।
 खनालको अभिव्यक्तिले सङ्केत गरेको थियो कि शान्तिप्रक्रियासँग जोडिएको अहम् मुद्दा सेना समायोजनबारे माओवादी नेतृत्व कुनै ठोस निष्कर्षमा पुगिसकेको छ, जो सबैका लागि स्वीकार्य पनि हुनेछ र राष्ट्रले अब निकास पाउनेछ। तर, यस सवालमा त्यस्तो कुनै स्पष्ट खाका सार्वजनिक गर्नुको साटो माओवादी नेतृत्वले उल्टै अनावश्यक अभिव्यक्ति दिएर झलनाथ खनालले आफ्नै पद धरापमा पारेको भाषण पो दिन थाल्यो।
शान्तिप्रक्रियालाई मूर्तरूप प्रदान गर्न प्रधानमन्त्री र माओवादी शीर्षनेतृत्वबीच पक्कै कुनै नयाँ सहमति भएको छ जसको आड लिएर नै प्रधानमन्त्रीले २८ गतेभित्र शान्तिप्रक्रियामा ठोस काम देखिने कुरा आत्मविश्वासका साथ प्रकट गरेका हुन् भन्ने विश्लेषकहरूको अनुमान थियो। यस अनुमानविपरीत माओवादी पक्षबाट खनालको दिनगन्ती–घोषणाप्रति असन्तुष्टि प्रकट भएको पाइयो। माओवादीसँग सल्लाह–छलफलबिना नै त्यस्तो कडा सर्तमा आफूलाई प्रधानमन्त्रीले बाँधेको तर्क माओवादीको रह्यो। झलनाथ खनालका उद्धारकर्ताको भूमिकामा देखिँदै आएका प्रचण्ड स्वयम्ले समेत शान्तिप्रक्रिया अघिबढेको सङ्केत गर्ने योजना प्रस्तुत गर्नुको बदला आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री अब राजीनामा नगरी नहुने अवस्थामा पुगेको अभिव्यक्ति दिएबाट शान्ति र संविधान निर्माणका सम्बन्धमा देखिनेगरी केही काम गर्न नसकेर प्रधानमन्त्रीको जिम्मेवारीबाट बिदा लिनुपर्ने बिन्दुमा झलनाथ खनाल पुगेको अनुभूति गराउँछ। यति हुँदाहुँदै पनि २८ गते साँच्चै खनालले राजीनामा गर्लान् त भन्ने जिज्ञासाको जवाफ भने अझै पनि अन्योलकै भूमरीमा रुमलिएको छ।
प्रधानमन्त्रीले सातादिनअघि सार्वजनिक गरेको दशदिने समय–सीमासम्बन्धी अभिव्यक्ति संसद्मा उभिएर दोहोर्यानउन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले व्यवस्थापिका संसद् अवरुद्ध गर्दै आएको छ। यसो गरे मात्र पाँचबुँदे सहमतिको कार्यान्वयनमा प्रधानमन्त्री खनालको प्रतिबद्धता झल्किने काङ्ग्रेसको तर्क छ। तर, संसद्मा सो अभिव्यक्ति दिनबाट खनाललाई रोक्ने भूमिकामा माओवादी शीर्षनेतृत्व सहसा प्रकट भएबाट केही प्रस्टिन लागेको ठानिएको राजनीतिक परिदृश्यमा पुनः बादल मडारिन थालेको छ। यदि खनाल अन्तर्हृदयदेखि नै राजीनामाको पक्षमा भए पनि उनलाई सहज रूपमा त्यस्तो कदम चाल्न नदिने दोधारे भूमिकामा पुनः माओवादी अध्यक्ष प्रचण्ड नै प्रकट भएबाट राजनीतिक सहमतिको बिन्दु झन् टाढा धकेलिन पुगेको ठानिनु अस्वाभाविक हुँदैन। आफ्नै नेतृत्वमा सरकार बन्ने सुनिश्चित नभएसम्म प्रचण्डले अनेक दाउपेच चालिरहनेछन् भन्ने अनुमानमा यसले बल प्रदान गरेको छ। सँगसँगै, 145सहमतिको प्रधानमन्त्री146 पद खान मुख मिठ्याएर रहेका काङ्ग्रेसका शेरबहादुर देउवादेखि माओवादीका डा. बाबुराम भट्टराईसम्मका नेताका आशमाथि तुषारापात हुनसक्ने सङ्केत पनि यसबाटै मिल्दछ।
जे होस्, संविधान निर्माणको भदौ १४ को सीमा नियतवश नै व्यर्थ गुजारिएको तर्क पछिल्ला दिनमा यथार्थपरक देखिँदै आएको छ। यसका लागि सर्वाधिक जिम्मेवार पात्र माओवादी अध्यक्ष प्रचण्ड र दोस्रोमा एमाले अध्यक्ष झलनाथ खनाल रहेकामा अब विवाद गरिरहनु व्यर्थ छ। परिस्थितिले यही दर्शाइरहेको छ कि सहमति, शान्ति र संविधानको मुद्दा छेउ लगाउँदै तत्कालका लागि मुलुक वामपन्थी र लोकतन्त्रवादी कित्तामा ध्रुवीकृत हुने चरणमा प्रवेश गर्दै छ। ध्रुवीकरण–प्रक्रियामा देखापर्ने आयामका आधारमा मात्र भावी दिशा र दशाबारे अनुमान लगाउन सकिने भएकाले त्यसलाई प्रतीक्षा गर्नुको विकल्प पनि देखिँदैन।- Ghatana Ra Bichar

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


August 27, Saturday at 1: 00 PM, अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै

August 27, Saturday at 1: 00 PM, अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै
तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : Venue: 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall) Time : 1:00 PM, August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका" अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने ! हाम्रो यस पटकको थप आकर्सण : * महिला ग्रुप तीज न्रित्य प्रतियोगिता , * पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता * ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । * उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । * प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक