20110813

डिसीमा आयोजित कार्यक्रममा अमेरिकी कङ्रेसमा उमेदवारी दिएका नेपाली अमेरिकन दर्शन रौनियारको सम्बोधन यस्तो थियो


 प्रेस रिलिज (छापा बिज्ञप्ति )


यु एस Congressman का उम्मेदवार दर्शन रौनियार ,वाशिंगटन डि० सी० मेट्रोबासी नेपालीहरूसंग  भेटघाट
           "DC Nepali Committee for Darshan Rauniyar for US Congress" गठन
अगस्त १३  ,२०११ शनिबारका दिन ,आर्लिंगटन पुस्तकालय ,भर्जिनियामा अमेरिकाको साँसद (US Congressman) को आगामी चुनाबमा  पहिलो पटक नेपाली मूलका दर्शन रौनियारले चुनाब लड्ने घोषणा गर्नुभएको हुनाले र चुनाबी प्रचार प्रसारको शिलशिलामा वाशिंगटन  डि सी  आउनु भएको शुभ अवसरमा ,वाशिंगटन  डि सी  मेट्रो  क्षेत्रका  तर्फबाट  नेपाली  दाजुभाई तथा दिदि बहिनिहरुसंग एक भेटघाट कार्यक्रमको  आयोजना गरियो र उक्त कार्यक्रममा आफु किन र के कारणले यो चुनाबमा उम्मेदवारी दिएको कुराको उल्लेख गर्दै  वाशिंगटन  डि सी  मेट्रो  क्षेत्रका  सम्पूर्ण  समुदायलाई   धन्यबाद दिदै  र आफुलाई नैतिक तथा आर्थिक सहयोग समेत गर्न आग्रह गर्नु भएको थियो Iआफुले नेपालीहरुको  आवाज  वाशिंगटन  सम्म पुर्याउने र यो यात्रामा सबैको सहयोग हुनु पर्ने कुरामा जोड दिनु भएको थियो र सबै नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई जे जति आर्थिक सहयोग गर्न आब्हान  गर्नु भयो Iकार्यक्रममा प्रश्न उत्तर पनि राखिएको हुनाले  जिज्ञाशा तथा प्रश्नको उत्तर पनि दिनु भएको थियो Iनेपाली दुतावासका प्रथम सचिब श्री आनन्द प्रसाद शर्माले दर्शन रौनियारलाई  "खादा" लगाई दिएर राजधानी डि० सी० मा स्वागत गर्नु भए पछी शुरू भएको औपचारिक-कार्यक्रममा अमेरिका नेपाल सोशाईटी-वाशिंगटन डि० सी० का निबर्तमान अध्यक्ष खेम भट्टचनले स्वागत-भाषण गर्नुभएको थियोI
 
सगरमाथा टि वि ,यु एस् ए का प्रमुख संचालक  राम चन्द्र खरेल ज्युले ले पहिले नै  $ ५००.००  डलर आर्थिक सहयोग गरि सके पनि दर्शन रौनियारको चुनाब प्रचार प्रसार निम्ति पुन $५००.०० (जम्मा $ १०००.०० )डलर दिने घोषणा  मंचबाटै गर्नु भएकोमा उपस्थित सम्मानित भेलाले कर्तल ध्वनिको साथ सम्मान गर्नुको साथै दर्शन रौनियारले पनि धन्यबाद दिनु भयो I
 
अमेरिका नेपाल सोसाईटि(ए एन एस ) ,वाशिंटन डि सी ,का महा-सचिब श्री बिजय थापाले कार्यक्रम संचालन गर्नुभएको थियोI ऊपरोक्त औपचारिक कार्यक्रम पश्च्यात खेम भट्टचनको संयोजकत्वोमा  शभा-हल नगिचैको एक रेस्टुरेन्ट(चमेना गृह)मा  दर्शन रौनियारको सम्मानमा "रात्री-भोज" आयोजना गरियोIरात्री-भोजनमा अमेरिकाका लागी नेपाली राजदुत डा० शंकर प्रसाद शर्माले टेलिफोनबाट दर्शन रौनियारलाई शुभकामना दिनुभएको थियोI उक्त रात्री भोजमा ,डि सी मेट्रो क्षेत्रमा अझ प्रभाबकारी रुपमा आर्थिक संकलन तथा चुनाब प्रचार प्रसार गर्ने अभिप्रायले दर्शन रौनियार चुनाब सहयोग समिति गठन गठन गरियो  र उक्त समितिको नाम   "DC Nepali Committee for Darshan Rauniyar for US Congress"  राखिएको छ I
 
आयोजक ,कार्यक्रममा उपस्थित हुनु भएका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, समाजसेवीहरु ,विभिन्न संस्थाका पदाधिकारीहरु ,साहित्यकार  र संचार  माध्यमका  सम्पूर्ण संचारकर्मीहरु  क्रमस ;डि सी नेपालका विश्व राज थापा ,सगरमाथा टि वि ,यु यस ए का राम खरेल ,नेपाल मदर  डट का राम प्रसाद खनाल ,नेपाल होराइजन  डट कम का सुबु के सी , नेपाल मिडिया क्याफेका सुशील न्यौपाने  र अन्य संचार कर्मीलाई पनि हार्दिक धन्यबाद  दिन चाहन्छ I
रात्री-भोजनमा ऊपस्थित सम्मानित भेलाले - नेपाली महिला संगठन, अमेरिका (ANWA) की अध्यक्ष बिष्णु कुमारी थापालाई  DC Nepali Committee for Darshan Rauniyar for US Congress" संयोजकमा सर्बसम्मतीले चयन गर्दै  निम्नलिखित सक्रिय समाजसेवीहरू उक्त समितिका सदश्यहरु रहेका छन् र यो समिति यतिमा  मात्र सिमित  न रहने र निकट  भविष्यमा नै समिति विस्तारमा  संयोजकको नेतृत्वमा समय र परिस्थिति अनुरुप बिस्तार  गरिने छ Iउक्त रात्री भोजमा पनि आर्थिक संकलन गरिएको थियो I
 
 "DC Nepali Committee for Darshan Rauniyar for US Congress"
बिष्णु कुमारी थापा -  संयोजक 
सिग्नोर राणा - कोषाध्यक्ष 
विजय थापा, महासचिब-अमेरिका नेपाल सोशाईटी (ANS), DC
प्रकाश नेपाल, अध्यक्ष-अन्तरास्ट्रिय नेपाली साहित्य समाज (INLS), DC Metro
खेम भट्टचन, निबर्तमान अध्यक्ष - अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि० सी०
विश्व राज थापा , DcNepal.Com
काशीनाथ पौडेल (गोपाल), चितवन 
राजन भण्डारी
अनिल कटुवाल
राजेन्द्र के० सी०,
 
************************************************************

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                         
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक