20110815

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्ष र उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कार्यकर्ताबीच झडप, वाइसियल केन्द्रीय सदस्य घाइते

गोरखा, नेपाल खाद्य संस्थानको चामल ढुवानी गर्नका लागि माछा खोला र सिर्दीवास डिपोमा टेन्डर बुझाउने सोमबार अन्तिम दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्ष र उपाध्यक्ष बाबुराम भट्टराई पक्षका कार्यकर्ताबीच झडप भएको छ। झड्पमा वाइसियल नेपालका केन्द्रीय सदस्य हरिबहादुर पाण्डे घाइते भएका छन्। भट्टराई पक्षका कार्यकर्ताले हानेको ढुङ्गा लागेर टेण्डरका लागि काठमाडौँदेखि आएका अशोक लामिछाने पनि घाइते भएका छन्। यसरी घाइते हुनेहरूमा अकुर तिमिल्सिना, दिपक तिमिल्सिना, अमृत केसी, विनोद पाण्डेलगायतका दाहाल पक्षका कार्यकर्ताहरू रहेका छन् भने भट्टराई पक्षका कार्यकर्ताले लिएका खुकुरी र रड प्रहरीले नियन्त्रणमा लिएको छ। खाद्य संस्थानमा आक्रमण भएपछि होटल हिमालयनमा रोकिराखिएका तीनवटा मोटरसाइकलमा पनि तोडफोड भएको छ। सुरक्षाका लागि सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। युवाहरूको आतङ्कका कारण बिहान देअि नै बजार क्षेत्र तनावग्रस्त भई बन्द भएको हो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक