20110816

नेपाली दलित अभियन्ता सुभाष दर्नालको अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु

नेपाली दलित अभियन्ता   सुभाष दर्नालको सोमवार अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु  भएको छ । पश्चिम पाल्पाको मुझुङ्ग गाविस-१ घर भई काठमाण्डौ बस्दै आएका दर्नाल वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयरर्पोर्टमा कार दुर्घटनामा मृत्यु भएको परिवारले बताएका छन् । उनी केहिदिन अघि मात्रै अमेरिका गएका हुन् । मृतक दर्नालका आफन्त कृष्ण दर्नालले क्यालिफोर्नियाबाट डलस एयपोर्टमा ओर्लेर बाहिर जादै गर्दा एपोर्ट सटल ट्याक्सी दुर्घटनामा पर्दा घटनास्थलमै मृत्यु हुन पुगेको जानकारी आएको बताए । दुर्घटनापछि त्यहाको पुलिसले दर्नालको शवलाई वेष्ट भर्जिनियास्थित रेस्टोन अस्पतालमा पुर्याएको थियो । उनको शव अस्पतालमै रहेको जानकारी पाएको दर्नालले बताए । नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व बिद्यालयमा समर रिसर्च फेलोको रुपमा अध्ययन गर्न अमेरिका पुगेको दुई दिनमै उनको निधन भएको हो । दर्नालको श्रीमती र दुइवर्षकी छोरी छन् । उनको शव सम्भवतः मंगलवार नै काठमाण्डौ पुग्ने परिवारले बताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक