(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20110816

कार्टर सेन्टरको सर्भे ; गाउँ अझै माओवादी 'कब्जा'मा छ ?




–के वर्तमान अवस्थामा नेपाली राजनीतिक दलहरू संगठित हुन र देशभरि गतिविधि सञ्चालन गर्न स्वतन्त्र छन् ? यदि छैनन् भने राजनीतिक खुलापनलाई कसरी, कोद्वारा र कहाँ सीमित
पारिएको छ ?

–नेपाली राजनीतिक दलहरूले प्राप्त राजनीतिक खुलापनको कुन हदसम्म उपयोग गरिरहेका छन् ?

–सन् २००८ को संविधानसभाको निर्वाचनपछि राजनीतिक खुलापनमा कस्तो परिवर्तन आएको छ ?

–भविष्यका लागि र विशेषगरी आगामी राष्ट्रिय निर्वाचनका लागि नागरिक, राजनीतिक दलका सदस्य, सरकारी अधिकारी, नागरिक समाज तथा अन्य समूहहरूले कस्तो अपेक्षा राखेका छन् ?


कार्टर सेन्टरको एक्सक्लुसिभ सर्भे

काठमाडौं/सन् १९९० को दशक र द्वन्द्वको अवधिमा राजनीतिक खुलापन नेपालमा राजनीतिक स्थान पूर्णतः खुला विरलै भएको छ । बरू, सन् १९९० को दशकमा नेपाली राजनीतिक दलहरूले आˆना प्रतीस्पर्धीहरूको राजनीतिक खुलापन छेक्न र निर्वाचनमा जालझेल गर्न समयसमयमा हिंसा, धम्की तथा अन्य तरिकाहरूको प्रयोग गरे । माओवादी विद्रोहको दौरान यो दृष्टान्तमा व्यापक परिवर्तन आयो । माओवादीहरूले स्थानीय तहका अन्य दलका राजनीतिक कार्यकर्ताहरूमाथि आक्रमण गरे र उनीहरूलाई आˆनो प्रभावक्षेत्रबाट लखेटे, र त्यो क्रम विभिन्न जिल्लाहरूमा बढ्दै गयो । नेपाली कांग्रेसका स्थानीय राजनैतिक कार्यकर्ता पहिलो निशानामा थिए । परिणामतः माओवादीबाहेकका दलका समर्थनमा रहेका आधार क्षेत्रहरू उल्लेख्य रूपमा कमजोर भए र केही स्थानमा उनीहरूका वडा तथा गाविस तहका संरचनाहरू नै समाप्त भए । त्यसै समयमा राज्यका सुरक्षा शक्तिहरू पनि माओवादीहरूका समर्थक वा संदिग्ध समर्थकहरूतर्फ लक्षित भए, जस्तै सन् १९९८ को मे महिनामा "अपरेशन किलो शेरा २" नामक सुरक्षा कारवाहीको प्रारम्भ भयो । समग्रमा, खासगरी द्वन्द्वको पछिल्लो समयमा देशको अधिंकाश क्षेत्रको राजनीतिक खुलापन नराम्ररी खुम्चिन पुग्यो ।

राजनीतिक खुलापन र नेपालको शान्ति प्रक्रिया नोभेम्बर २००५ मा सात दलको गठबन्धन र माओवादीहरूले १२ बुँदे सम्झौता गरे जसमा शान्ति प्रक्रियाका अधिकांश मूलभूत सिद्धान्तहरू स्थापित गरिएको थियो । तीमध्ये मुख्य "सशस्त्र द्वन्द्वको अवधिमा विस्थापित भएका व्यक्ति तथा राजनीतिक दलका नेता र कार्यकर्ताहरूलाई र्फकन र सम्मानका साथ बस्न तथा उनीहरूलाई बेरोकटोक राजनीतिक गतिविधिहरू सञ्चालन गर्न दिने" माओवादीहरूको प्रतिबद्धता थियो । अपि्रल २००६ को दोस्रो जनआन्दोलनपछि सातदलीय गठबन्धन र माओवादीबीच औपचारिक शान्ति प्रक्रियाको प्रारम्भ भयो । मे २००६ को युद्धविराम आचारसंहितामा दुवै पक्षले राजनीतिक गतिविधिहरूमाथिका सबै खाले अवरोधलाई निषेध गर्ने मौखिक प्रतिबद्धता दोहोर्‍याए । यी प्रतिबद्धताहरू नोभेम्बर २००६ को विस्तृत शान्ति सम्झौतामा लिपिबद्ध गरिए जसमा दुवै पक्षले "नेपाली जनताले आˆना नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको उपभोग गर्न पाउने खालको वातावरण निर्माण गर्न", "बोल्ने, अभिव्यक्त गर्ने, संगठित हुने र शान्तिपूर्ण भेला गर्ने हरेकको स्वतन्त्रताको सम्मान गर्न" र "शान्तिपूर्ण राजनीतिक गतिविधिमा सहभागी हुन पाउने स्वतन्त्रता सुनिश्चित गर्न" सहमति जनाए । उस्तै खालका प्रतिबद्धताहरू तत्पश्चात्का सम्झौताहरूमा पनि गरिएका थिए, जस्तै डिसेम्बर २००७ को २३ बुँदे सम्झौता, अपि्रल २००८ को १० बुँदे सम्झौता तथा जुन २००८ मा संविधान संशोधन गरी शान्ति प्रक्रियालाई अघि बढाउन गरिएको सहमति आदि । जे भए पनि निर्वाचनपूर्वको अवधिभरि आˆनो दह्रो पकड भएका क्षेत्रमा दलहरूको धम्की, जबरजस्ती तथा आˆना प्रतिद्वन्द्वीहरूविरुद्ध हिंसाको प्रयोगमा वृद्धि भयो । विशेषगरी पहाडी र हिमाली जिल्लाहरूमा धम्की, हैरानी तथा अन्य राजनीतिक दलका सदस्यहरूविरुद्ध हिंसाका अधिकांश घटनामा माओवादी र वाइसिएल जिम्मेवार थिए । 

 तस्वीरहरू : भोजराज भाट 
यस विपरीत संविधानसभा निर्वाचनको अवधिमा तराईका राजनीतिक खुलापनसम्बन्धी चासोहरू मुख्य रूपमा मधेशवादी राजनीतिक मुद्दाहरूलाई समर्थनको दावी गर्ने सशस्त्र समूहहरूको हिंसा र उनीहरूको बढ्दो उपस्थितिसँग जोडिएका थिए । सरकारी अधिकारीहरू (विशेषगरी गाविस सचिव) र नागरिकहरू सर्वाधिक प्रभावित भए पनि सशस्त्र समूहहरूले दलहरूको राजनीतिक खुलापन खुम्च्याउनका लागि पनि प्रत्यक्ष कदम चाले । बारा, महोत्तरी र रौतहट लगायतका जिल्लामा सशस्त्र समूहहरूद्वारा माओवादी नेता तथा कार्यकर्ताहरू मारिए । सेप्टेम्बर २००७ मा तराई टाइगर्सले राप्रपालाई महोत्तरी र धनुषाका गाउँहरू छाड्न धम्कीपूर्ण पर्चाहरू जारी गर्‍यो । त्यसपछि राप्रपाका जिल्ला नेताहरू काठमाडौं गएको बताइयो । 

स्थानीय तहको राजनीतिक खुलापनको मुद्दाले माओवादी कति मात्रामा रूपान्तरित भएको छ भन्ने राष्ट्रिय तहको बहससँग गहिरो सम्बन्ध राख्छ । यस्तो रूपान्तरण अन्तरगत आधिकारिक रूपमा नै हिंसाको परित्याग र संवेदनशील भए पनि अहिलेसम्म पूरा नभएको माओवादी लडाकुहरूको समायोजन तथा पुनःस्थापनाको प्रक्रिया पूरा गर्न चालिने आधिकारिक कदमहरू पर्दछन् । यतिमात्र होइन, यस अन्तरगत स्थानीय तहमा माओवादी कार्यकर्ताहरूको गतिविधि र व्यवहारमा रूपान्तरणको एउटा अनौपचारिक प्रक्रिया, अरू दलहरूसँग उनीहरूको सम्बन्ध र राज्यसँग उनीहरूको सम्बन्ध पनि पर्दछन् । यस प्रतिवेदनमा पर्यवेक्षकहरूद्वारा प्राप्त तथ्यहरूले के संकेत गरेका छन् भने औपचारिक कामहरू गर्न बाँकी नै भए पनि स्थानीय तहमा अनौपचारिक प्रक्रियाचाहिँ सुस्त गतिमा अघि बढिरहेको छ । अर्थात्, रूपान्तरण पूरा भएको छैन, तर जारी छ । तथापि, यी परिवर्तनहरूको स्थायित्व र भविष्यको सम्भावनाका बारेमा प्रश्नहरू उठ्ने कारणहरू विद्यमान छन् । 

पहिलो र प्रधान कुरा त निकट भविष्यमा निर्वाचन हुने संभावना थोरै छ । त्यसो भएको हुनाले प्रतिद्वन्दीहरूको खुलापनलाई निषेध गर्न दलहरूलाई प्रेरित गर्ने प्रेरक तत्वहरू अहिलेलाई सीमित छन् । यसले सुरक्षाको बारेमा गलत अनुभूति दिन सक्छ र अहिले खुला देखिएको राजनीतिक स्थान भविष्यमा त्यस्तो नहुन पनि सक्छ । उदाहरणको लागि, मुलकभरका धेरै जिल्लाहरूमा पर्यवेक्षकहरूलाई के भनिएको थियो भने व्यापक संख्या, आˆनो युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) र आˆनो समग्र साङ्गठनिक सुगठनमार्फत् माओवादीहरूले आˆनो शक्ति यथावत् राखेका छन् र उनीहरूले चाहेको अवस्थामा अन्य दलहरूको राजनीतिक स्थान समाप्त पारिदिन सक्छन् । तर त्यसो भन्दैमा राम्रो संगठन र बढी सक्रिय हुनेबित्तिकै त्यस्तो दलले गलत काम गरिहाल्छ भन्न पनि मिल्दैन ।

दोस्रो, नेपालको समग्र राजनीतिक संस्कृतिमा अन्य दलहरूका निम्ति स्थान सीमित गर्ने काम सामान्य कुरा हुने गरेको छ (खास गरी निर्वाचनको अवधिमा) ।  यो संस्कृति आंशिक रूपमा भएपनि कायम रहेको छ । हालसालै पर्यवेक्षकहरूलाई बताइएका धेरैजसो घटनामा माओवादीहरू जिम्मेवार भएको भएपनि अर्को निर्वाचन नजिकिँदै जाँदा अन्य दलहरूले समेत आˆनो बलियो पकड भएका क्षेत्रहरूमा एकपटक त्यस्तै नीति अपनाउने संभावना छँदैछ । यस परिप्रेक्ष्यबाट हेर्दा नेपालमा राजनीतिक खुलापनको विषयलाई स्थानीय तहमा प्रत्येक दलले आˆना कार्यकर्ताहरूलाई संरक्षण दिन सक्ने र अरू दललाई 'सामना' गर्न सक्ने क्षमताका रूपमा पनि बुझ्न सकिन्छ । जुन कुरा कुनै जिल्ला वा गाविसमा रहेका कार्यकर्ताहरूको भौतिक संख्या, तिनीहरूलाई परिचालित गर्न सम्बन्धित दलमा रहेको क्षमता र दल वा उम्मेदवारको अस्वस्थ, आक्रामक र हिंस्रक वारदात गर्ने चाहनामा भर पर्छ ।

तेस्रो, स्थानीय तहमा शक्तिशाली भैरहने कुरा सुनिश्चित गर्नका लागि राजनीतिक दलहरूले युवा दस्ता, सशस्त्र समूह वा स्थानीय गुण्डाहरू कै भए पनि 'बाहुबल' को साहारा लिने प्रवृत्ति प्रष्ट देखिने गरी बढिरहेको छ । वाइसिएल र त्यसभन्दा केही कम युथ फोर्सले नकारात्मक क्रियाकलापमा संलग्नता जारी राखेका छन् । तिनको त्यस्तो संलग्नताको ध्येय मूलतः आर्थिक लाभ प्राप्त गर्नु र अरूको राजनीतिक स्थान, भौतिक विकास र जनसुरक्षालाई कमजोर तुल्याउनु हुन्छ ।

युथफोर्सका नेता परशुराम बस्नेको आदेशमा भएको भनिएको पत्रकार खिलानाथ ढकालमाथि गम्भीर कुटपिटको जुन २०११ को घटनाले यस बुँदाका लागि ताजा घटना प्रस्तुत गर्दछ । निर्वाचनको क्रममा यी समूहहरूको ध्यान त्यसबेलाको आवश्यकताअनुसार जस्तोसुकै उपायद्वारा भएपनि आˆनो मातृदलप्रति समर्थन जुटाउने काममा केन्दि्रत हुनसक्छ । यी सब व्याप्त दण्डहीनता तथा गलत काम गर्नेहरूलाई राजनीतिक संरक्षण दिने र गलत काम गर्नेलाई विरलै जबाफदेही बनाउने किसिमको वातावरणमा घटित हुन्छन् ।

राजनीतिक खुलापनमा सुधार आएको सकारात्मक तथ्य पाइएको भएपनि माथि उल्लेखित यी नकारात्मक तत्वहरूलाई एकै ठाउँमा राख्दा भविष्यको निम्ति चिन्ताजनक तस्वीर बन्दछ । तथापि, विगत पाँच वर्षदेखिको नेपाली राज्य र शान्तिप्रक्रियाको लचिलो अवस्थालाई ध्यानमा राख्दै तथा यी चासोहरूको सन्तुलन गर्नु जरुरी छ । चुनौतीहरू विद्यमान हुँदाहुँदै पनि उल्लेख्य सफलता हासिल भएको छ । यसको अर्थ नेपालका प्रमुख राजनीतिक दलहरू शान्ति प्रक्रियाको प्रारम्भमा सहमति गरिएको मार्गचित्रमा प्रतिवद्ध छन् भन्ने हुन्छ ।

एकजना विश्लेषक एवम् पत्रकार अमित ढकालले भर्खरै लेखेका छन्, "नेपालको राजनीति सुस्त तर एकनाशको गतिमा लगातार आˆनो लोकतान्त्रिक अभिव्यक्तिहरूमा परिपक्व हुँदैछ ।" बाटोमा गम्भीर अवरोधहरू हुँदाहुँदै पनि नेपालको भविष्यप्रति आशावादी हुने आधारहरू छन् । छोटो अवधिसम्ममा, यस प्रतिवेदनमा चित्रण गरिएका दुई सर्वाधिक महत्वका चासोहरू (माओवादी व्यवहार र तराईका सशस्त्र समूहका गतिविधिहरू) राजनीतिक खुलापनका प्रमुख निणर्ायकका रूपमा रहिरहने सम्भावना छ । तथापि, सबै राजनीतिक दलका युवा संगठनहरूका क्रियाकलाप, राजनीतिक कार्यकर्ता र आपराधिक समूहरूबीचको सम्बन्धको आरोप र कानुनी शासन लागू गराउने कार्यमा सबै दलबाट हुने राजनीतिक हस्तक्षेप पनि नजिकबाट हेरिनु पर्ने कुराहरू हुन् । त्यसका साथै, पहिचानकेन्दि्रत समूहका गतिविधि र राजनीतिक खुलापनमाथि तिनको प्रभाव तथा तिनीहरूका निम्ति खुला रहेको स्थानको परिमाण आदि पनि महत्वपूर्ण सूचकका रूपमा रहिरहने छन् । 
अन्त्यमा, पर्यवेक्षण गरिएका सुधारहरूलाई एकत्रित पार्नका निम्ति शान्ति प्रक्रियालाई सम्पन्न गर्न आवश्यक औपचारिक कदमहरू चाल्नु आवश्यक छ । माओवादी लडाकुहरूको समायोजन र पुनःस्र्थापनको काम पूरा गरिनुपर्छ र माओवादी दलले बोली तथा व्यवहार दुवैमा अहिंसा, आवतजावतको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र कानुनी शासनको निष्पक्ष कार्यान्वयनजस्ता लोकतान्त्रिक सिद्धान्तहरूका आधारभूत पक्षमाथिको आˆनो प्रतिवद्धता लागू गर्नुपर्दछ । त्यसैगरी, गैरमाओवादी दलहरूले पनि उपलब्ध राजनीतिक खुलापनको परीक्षण र उपयोगका निम्ति स्पष्ट कदमहरू चाल्नुपर्छ, कानुनी शासनको निष्पक्ष कार्यान्वयनलाई सघाउनु पर्छ र माओवादीहरूबाट लोकतान्त्रिक सिद्धान्तहरूका सम्बन्धमा माग गरिएको प्रतिबद्धतालाई आफूले पनि कायम राख्नु पर्दछ ।
अन्त्यमा, मुलुकभरि सुरक्षाको प्रत्याभूति दिलाएर, सबै दलहरूका निम्ति राजनीतिक स्थान कायम गरेर र सबैलाई समान रूपले अघि बढ्ने अवसर सुनिश्चित गर्न दण्डहीनतालाई सम्बोधन गरेर भविष्यमा हुने निर्वाचनको वातावरणलाई स्वतन्त्र तथा स्वच्छ रहने सुनिश्चित गरेर राज्यले अन्तिम जिम्मेवारी वहन गर्नुपर्छ । 

कसरी भएको थियो सर्भे ?
कार्टर सेन्टरले सन् २०११ को फेब्रुअरीदेखि जुन महिनासम्म राजनीतिक खुलापनका सम्बन्धमा विस्तृत जानकारी संकलन गर्न देशका २५ जिल्लामा पर्यवेक्षकहरू खटाएको थियो । नमूनाका रूपमा सन् २००८ को संविधानसभाको निर्वाचन अवधिमा राजनीतिक खुलापनमा उल्लेख्य अवरोध देखिएका मध्य र सुदूर पश्चिम क्षेत्रका हिमाली तथा पहाडी जिल्लाहरूका साथै मध्य तराईका जिल्लाहरूलाई समाविष्ट गरियो । कार्टर सेन्टरले सन् २००९ मा आफ्नो पर्यवेक्षण थालनी गरेदेखि पर्यवेक्षकहरूले राजनीतिक खुलापन तथा सुरक्षा वातावरणका विषयमा नेपालभरि समग्रमा ४,००० भन्दा बढी अन्तर्वार्ता गरेका छन् । पर्यवेक्षकहरूले सन् २०११ को फेब्रुअरी र जुन महिनाका बीचमा छवटा हिमाली जिल्लाहरू (दार्चुला, बाजुरा, बझाङ, मुगु, जुम्ला र, संखुवासभा), सात पहाडी (अछाम, रुकुम, प्युठान, गोरखा, तनहुँ, धादिङ र रामेछाप) र बाह्र तराईका जिल्ला (चितवन, पर्सा, बारा, रौतहट, सप्तरी, महोत्तरी, सिराहा, सुनसरी, झापा, कैलाली, कपिलवस्तु तथा रुपन्देही) बाट तथ्यहरु संकलन गरेका थिए ।

>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

अगस्त 27 मनाससमा हुने तिज महोत्सबको लागि तीज नाचको तयारी गर्दै सरस्वती, तपाईंले पनि यसै गरी तयारी गर्नुस् है, अनी जित्नुहोस् पुरस्कार !




यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                       
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक