20110809

कृष्णबहादुर महराले समेत प्रचण्डको साथ छोडेपछि !

 'समय सधैं आफ्नो काबुमा रहँदैन।' यो सत्य यतिखेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का हकमा लागू भएको छ। पार्टीभित्र कुनै समयका प्राधिकार प्रचण्ड शान्ति प्रक्रियामा आएको लामो समय नबित्दै पार्टीभित्र झन्पछि झन् एक्ला बन्दै गएका छन्। मोहन वैद्य पक्षधरको असहमतिका बाबजुद पनि आफ्नो पहलमा उपप्रधान तथा गृहमन्त्री बनाएर अढाइ महिना पनि त्यो कुर्सीमा टिक्न नदिई  लज्जाजनक ढंगले फिर्ता बोलाईएका कृष्णबहादुर महराले समेत प्रचण्डको साथ छोडेपछि उनको हालत पार्टीभित्र दयनीय बन्दै गएको छ। स्रोतका अनुसार महरालाई गृहमन्त्री बनाए पनि 'कमिसन'को खेल नमिलेपछि प्रचण्डले उनको राजनीतिक जीवन नै धरापमा पारिदिएर फिर्ता बोलाएका थिए। 
प्रचण्डले आफूलाई बदनाम गराएको थापा पाएपछि महराले उनको खरो विरोध गर्न थालेका छन्। तर, विरोधै गरे पनि वैद्य पक्षले तत्कालै विश्वास नगर्नाले महरा प्राविधिक रूपमा प्रचण्ड खेमामै रहेका छन्। स्रोतका अनुसार ५५ लाख रूपैया147को थैली बुझाएर केन्द्रीय समिति बैठकको मुखैमा प्रचण्डले पार्टी प्रवक्ता समेत
रहेका दीनानाथ शर्मालाई आफ्नो पक्षमा उभ्याउन सफल भए पनि केही दिनयता शर्मा भट्टराई निवास सानेपा धाउन थालेका छन्। सानेपा पुगेर शर्माले भट्टराई समक्ष मैले तपाईंलाई छोडेको होइन भन्दै प्रचण्डविरुद्ध बयान दिन थालेका छन्। शर्मा 'जता मल्खु उत्तै ढल्कु' भन्ने उखान जस्तै छेपारे प्रवृत्तिका व्यक्ति भएको चर्चा यतिबेला माओवादी पंक्तिमा चल्न थालेको छ। भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएपछि शर्मा 'यु टर्न' को तयारीमा लागेको बताइन्छ। 
एक समयमा प्रचण्डको फोटोकपीकै उपमा पाएका नारायणकाजी श्रेष्ठले प्रचण्डलाई त्यागिसकेका छन्। वैद्य–भट्टराई क्याम्पमा लाग्दा उपप्रधान तथा गृहमन्त्री पाउने भएपछि श्रेष्ठले प्रचण्डलाई त्यागिदिएका थिए। प्रचण्डको हनुमानका रूपमा आफ्नो परिचय बनाएका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत पनि पछिल्लो समयमा प्रचण्डसँग 'बेखुश' रहँदै आएका छन्। क्षमता केही पनि नभए पनि प्रचण्डलाई स्वस्ती गरेकै कारण उनी स्वास्थ्य मन्त्री बन्न सफल भएका थिए। मन्त्री भएर कुनै काम देखाउन नसकेपछि पार्टीभित्रबाट बस्नेतको चर्को आलोचना भएको थियो। प्रचण्डले बस्नेतलाई मन्त्रीबाट हटाएपछि उनकी श्रीमतीलाई राज्यमन्त्री बनाउने प्रण गरेका थिए।
प्रचण्डले उनकी श्रीमतीलाई राज्यमन्त्रीमा सिफरिस पनि गरेका थिए। तर, प्रचण्डले सपथका लागि अडान नलिएको भन्दै बस्नेत टाढिन थालेको स्रोत बताउँछ। स्रोतका अनुसार महरा आफूसँग टाढिएको सुइँको पाएपछि प्रचण्डले उनलाई सँगै मलेसिया लैजान चाहेका थिएनन्। छोरा प्रकाशलाई नै लैजान चाहेका थिए। तर महरालाई नलगे त्यसको सन्देश झन् गलत जाने भएकाले बाध्य भएर लगेको बताइन्छ। महरालाई सँगै लगेर आफ्नो पक्षमै लागिरहन सम्झाउने योजना पनि प्रचण्डले बनाएको नयाँ बजार निकट स्रोतको भनाइ छ। प्रचण्ड–महराको एक्कासी भएको मलेसिया भ्रमणका कारण अझै खुलेको छैन। विगतका सहकर्मीबाट दिनदिनै एक्लिँदै गएपछि प्रचण्डको मदिरा सेवनको प्रतिशत बढेको छ। 'उनी प्रत्येक दिन एक्लै भए पनि मदिरा पिउने गर्छन्। त्यसपछि छतमा गएर लामो समयसम्म एक्लै टहलिन्छन्,' स्रोत भन्छ, 'उनलाई मदिरामा साथ दिन प्राय वर्षमान पुन, हरिबोल गजुरेल, अजय सुमार्गीहरू आउँछन्।' 
के गर्लान् प्रचण्डले 
मलेसियाबाट फर्के लगत्तै प्रचण्डले शान्ति प्रक्रिया अघि बढाउने तुरूप फालेर प्रधानमन्त्री खनालको राजीनामा रोक्ने प्रयासमा लाग्ने तयारी गरेको स्रोतले बताएको छ। त्यसका लागि प्रचण्डले यहाँ रहेका आफ्ना भक्तहरू वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्नि सापकोटालाई शान्ति प्रक्रिया अघि बढाउने खेस्रा बनाउन लगाएका छन्। प्रधानमन्त्री खनालले राजीनामा दिए आफू र आफ्नो पार्टी झन् 'कर्नर' मा पर्ने भएकोले जतिसेकै तिक्तता बढे पनि भदौ १४ अघि उनको राजीनामा रोक्ने योजनामा प्रचण्ड लागेको बुझिएको छ।
स्रोतका अनुसार खनाल सरकार जति आफ्नो 'फेवर'मा काम गर्ने अर्को सरकार बन्न नसक्ने निचोडमा पुगेर प्रचण्डले खनाललाई राजीनामा दिनबाट रोक्ने येाजना बनाएका हुन्। शान्ति प्रक्रिया अघि बढ्ने कुनै तुरूप फालेमा खनालले पनि राजीनामा रोक्न सक्ने बताइको छ। त्यसका लागि खनालले आफूलाई सहज हुने बाटो पनि राखेका छन्। उनले भदौ २८ सम्म शान्ति प्रक्रिया अघि बढाउने खाका र प्रतिबद्धता माओवादीले नल्याए राजीनामा दिने बताउँदै आएका छन्। त्यसैले माओवादीले त्यो खाका र प्रतिबद्धता ल्याए उनको राजीनामा रोकिन सक्ने सम्भावना उतिकै छ। 'अन्तिममा खनालले राजीनामा दिएनन् भने पनि अचम्म नमाने हुन्छ,' बालुवाटार निकट स्रोतले दृष्टिलाई बतायो। तर, माओवादीको भुलभुलैयामा लागेर राजीनामा दिएनन् भने खनालको विश्वसनीयता भने झन् गुम्दै जाने निश्चित छ। भदौ २८ सम्म खनाल नेतृत्वकै सरकार राखेर त्यसपछि आफूले सरकारको नेतृत्व दाबी गर्ने प्रचण्ड योजना रहेको छ। 
*****************************************************

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                          
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक