20110810

प्रधानमन्त्री झलनाथ खनालले यही साउन २८ गतेसम्म राजीनामा दिने प्रतिवद्दता जनाएपछी संसदको बैठक सुचारू, सूचना तथा सञ्चारमन्त्री बोगटीले प्रधानमन्त्रीले साउन २८ गते राजीनामा नदिने बताए !

विगत ९ गतेदेखी अवरूद्द हुँदै आजको संसद आजदेखी सुचारू भएको छ । प्रधानमन्त्री झलनाथ खनालले यही साउन २८ गतेसम्म शान्ति प्रक्रियाबारे केही प्रगती हुन नसके राजीनामा दिने प्रतिवद्दता जनाएपछी संसदको बैठक सुचारू भएको हो । प्रमुख प्रतिपक्षि दल कांग्रेसले लगातार आठौ पटकसम्म संसद अवरुद्द गरेका थिए । प्रधानमन्त्रीले राजिनामाको माग गर्दै उनीहरूले संसद अवरूद्द गर्दै आएका थिए । प्रधानमन्त्री बिरामी भएका कारण प्रधानमन्त्री अनुपस्थीत हुँदा प्रधानमन्त्रीको वक्तव्य उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले पढेर सुनाएका थिए । उक्त वक्तव्यमा २८ गतेभित्र शान्ति प्रक्रियामा प्रगती हुन नसके राजीनामा दिने प्रतिवद्दता दोहोर्याएका थिए । यसअघि नै प्रधानमन्त्री खनालले सार्वजनिक रुपमै राजिनामा दिने कुरा बताएपनि काँग्रेसले भने गत जेठ १४ गते माओवादी, काँग्रेस र एमालेबीच भएको सहमति अनुसार तत्काल राजिनामाको माग गरी संसदको नियमित बैठक अबरुद्ध पार्दै आएका थिए । बुधबार बैठक सुचारु भएपछि बजेट चुहावट सम्बन्धी छानविन गर्न बनेको उच्चस्तरिय समिति र तीन दलबीचको सहमति कार्यन्वयन
अनुगमन समितिको प्रतिवेशन संसदमा प्रस्तुत भएको छ । एकीकृत नेकपा माओवादीका सचिव एवं सूचना तथा सञ्चारमन्त्री पोष्टबहादुर बोगटीले प्रधानमन्त्रीले साउन २८ गते राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्रीले साउन २८ गतेभित्र शान्ति प्रक्रियामा कुनै ठओस प्रगती हुन नसके राजीनामा देन बताएरहेको बेला माओवादी सचिव बोगटीको यस्तो भनाई बाहिर आएको हो । उनको भनाइ अनुसार प्रधानमन्त्रीले साउन २८ गते राजीनामा गर्ने घोषणा गरी राष्ट्रिय सरकार गठनका लागि बाटो खोलिदिएका हुन् तर दलहरुले राष्ट्रिय सरकार निर्माणको प्रशस्त आधार तयार गर्नुपर्ने बोगटीको सुझाव थियो । नुवाकोट सदरमुकाम विदुरमा एकीकृत नेकपा माओवादी नुवाकोटले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रिया र संविधानको टुङ्गो लगाउन दलहरु विच सहमति र सहकार्यको खाँचो रहेको बताए । शान्ति प्रक्रियामा अल्झिएका विषयमा सहमतिय आधारमा अघि बढ्नु पर्ने बताए । शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा सवै दलले आ-आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने उनको धारणा थियो । पत्रकारको हकहितका लागि श्रमजीवी पत्रकार ऐन पारित भएपनि कार्यान्वयन नभएकोले आफूले सो ऐन कार्यान्वयनका लागि कदम चाल्ने बताए ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 12 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको भर्जिनिया मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ।   
August 27, Saturday तीज महोत्सब   !
 

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika (everesttimesnews.com)
www.vishwanews.com
Vishwasandesh Pachhik Patrika
 
                                                                    ***************
                                         
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika
 (everesttimesnews.com) , www.vishwanews.com, Vishwasandesh Pachhik Patrika

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)

<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक