20110825

देश अझ ठुलो दुर्घटनाको सँघारमा : "एमाले, न पोथी न भाले"

कङ्रेस, एमाले र आफुलाई राष्ट्रबादी भनाउने  अन्य दलहरुको नालायकी पनले नेपाली आतंकबादका दोस्रो ठुला नायक बाबुराम भट्टराई प्रधानमन्त्री बनेर नेपाली सेना पनि ध्वस्त पार्ने सम्भावना ! हार्दैछन प्रजातन्त्रबादीहरु, जित्दैछन आतंकका नायकहरु !  कठै नेपाली जनताको कस्तो दुर्भाग्य, यदी अहिले माओवादीको सरकार बने अब उनीहरु कुनै हालतमा छोड्ने वाला छैनन सत्ता । अनी खेलाउने छन प्रचन्ड र बाबुरामहरुले अरुलाई "बिरालाले मुसो खेलाए जस्तै", डस्ने छन गोमन साँफले जस्तै, अनी सबैले देख्ने छन् आतंकबाद सहितको नयाँ नेपाल !    
कार्यव्यवस्था समितिको आज बसेको बैठकले प्रधानमन्त्री चयनका लागी कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री चयनका लागी व्यवस्थापिका संसदमा आगामी भदौ ११ गते १ बजे निर्वाचन हुने भएको छ । व्यवस्थापिका संसदको केही बेरपछी बस्न बैठकले कार्यलातिका सहित निर्वाचन अधिकृत् तोक्ने कार्यक्रम
रहेको छ । प्रधानमन्त्रीका लागी उम्मेदवारी शुक्रबार अपरान्हसम्म दर्ता गर्न सकिने छ । पहिलो चरणको निर्वाचनमा प्रधानमन्त्री निर्वाचित हुन नसके १२ गते पुनः दोस्रो चरणको निर्वाचन गरिने छ । संविधानसभाको कार्यकाल थपको प्रयोजनका लागि दर्ता गराइएको संविधान संशोधन दशौ संशोधन विधेयक पारित गर्ने प्रक्रिया पनि सोही दिनदेखी सुरु गरिने बताइएको छ । एकिकृत नेकपा (माओवादी)ले डेढ महिनाभित्र लडाकुहरूको पुनर्स्थापना तथा व्यवस्थापन सक्ने गरी कार्यतालिका प्रस्तुत गरेको छ । आज पेरिसडाँडा स्थित मुख्यालयमा बसेको स्थायी समितिको बैठकपछी गरिएको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया, सरकार निर्माण र संविधान लेखन प्रक्रियाबारे आफ्नो पार्टीको प्रस्ताव प्रस्तुत गरेका थिए ।  प्रस्तुत प्रस्तावमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएलगतै लडाकु र हतियारको कन्टेनर बिशेष समितिलाई बुझाउने बताइएको छ ।
प्रस्तुत प्रस्तावमा माओवादीभित्र एक मत रहेको भन्दै दाहालले अब सहमति निर्माण गर्न सहज हुने बताए ।  सँगै रहेका माओवादी उपाध्यक्ष बैद्यले प्रस्ताव छलफलबाट ल्याइएकाले आफ्नो पनि सहमति रहेको बताए । उनले यससम्बन्ध नै फरक मत राख्दै आएका थिए ।  
के-के छन् त प्रस्तावमा:
·         नेपाली सेनाको मातहात रहने गरी सुरक्षाकर्मीहरुसमेत सम्मिलित महानिर्देशनालय बनाउने ।
·         आठ हजार वरिपरीको संख्या समायोजन गर्ने ।
·         माओवादी नेतृत्वमा सरकार बनेलगतै लडाकु र हतियारको कन्टेनर मूर्तरुपमा बिशेष समितिलाई बुझाउने ।
·         बृहत शान्ति सम्झौता, मधेसलगायतसंग भएका सहमतिहरु पुरा गर्न कार्तालिका बनाउने ।
·         तुरुन्तै पुनबर्गिकरण सुरु गरेर एक महिनाभित्र सक्ने ।
·         सत्य तथा मेलमिलाप निरुपण आयोग गठन गर्ने ।
·         पार्टीमा केन्द्रीय सदस्यभन्दा माथिका कमाण्डरहरुलाई राजनीतिमा ल्याउने ।अन्य कमाण्डरहरुको दर्जा मिलानका लागि बिशेषज्ञ टोली बनाउने ।
·         उमेर, विवाह शिक्षालगायतमा बिशेष मापदण्ड अपनाउने ।  
·         पुनस्थापनामा जानेका लागि ७ देखि १० लाख रुपैयाँ दिने ।  
·         सुरक्षा नीतिका लागि कार्यदल बनाउने ।
·         कब्जा गरिएका घरजग्गा फिर्ता गर्ने ।
·         संयुक्त सरकारको नेतृत्व माओवादीले गर्ने । माओवादीले नेतृत्व पछि आलोपालो गर्ने ।
·         मन्त्रीहरुको बाँडफाँड सहमतिको आधारमा गर्ने ।
·         सरकार सञ्चालनको लागि उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने ।
·         छ महिना म्याद थप्ने । डेढ महिनाभित्र नयाँ मस्यौदा तयार गर्ने ।
·         माओवादी नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता गर्ने ।
 नेपाली काँग्रेसले संसदीय दलका नेता रामचन्द्र पोडेललाई बहुमतीय प्रधानमन्त्रीको उमेदवार बनाएको छ । पार्टी कार्यालय सानेपामा आज बिहान बसेको केन्द्रीय समितिको बैठकले पौडेललाई बहुमतीय उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वरिष्ठ नेता देउवाले बुहमतीय प्रधानमन्त्री नबन्ने बताएपछि यसअघि १७ पटकसम्म हार खाएका पौडेल प्रधानमन्त्रीका उमेदवार बन्न लागेका हुन् । बैठकले पौडेलको नेतृत्वमा बहुमतीय सरकार बनाउन अन्य दलसँगको छलफल बढाउने पनि निर्णय गरेको छ ।
सधै बिचमा रहन मन पराउने, यता न उताको 'फिलोसोफी'मा दत्तचित्त भएर लागेको नेपालको एकमात्र पार्टी एमाले यतिखेर भने असमञ्जसमा देखीएको छ । बाबुराम भट्टराईबाट तेस्रो लिङ्गीको उपमा पाएको एमाले अहिले माओवादी, कांग्रेस या पार्टी विवादबाट नभईकन सर्वोच्चको कारणले समस्यामा परेको हो । अहिलेसम्म कांग्रेस या माओवादी कतातिर लाग्ने भनेर निर्क्यौल गर्न नसकेर रन्थनिएको एमाले पहिले जस्तै तटस्थ बस्न चाहन्थ्यो तर सर्वोच्चले राजनीतिमा तेस्रो लिङ्गीलाई अवैध घोषित गरेपछी देखीने गरी छटपटाएको छ । एउटा निर्णयमा कहिल्यै पुग्न नसक्ने, पुगिहाले पनि द्धैध निर्णय गर्ने बानी परेका एमाले नेताहरूमा रूवावासी नै चलेको छ । पालै पालो कांग्रेस र माओवादीलाई थाङ्नामा सुताएर सत्ता चाख्न पल्केको एमाले नेतृत्व रणभुल्लमा परेपछि बहुमतिय प्रधानमन्त्रीको समेत टुङ्गो लाग्न सकेको छैन ।
एउटा खुट्टा कांग्रेस र एउटा खुट्टा माओवादिमा राखेर 'राष्ट्रवादी' राजनीति गर्न रूचाउने एमाले पंक्ति कता छोड्ने भनेर बिखलन्दमा परेपछी प्रधानमन्त्री दुई उम्मेदवार पौडेल र भट्टराई जिल्लाराम भएका छन् । ज्योतिषीले समेत भविष्यवाणी गर्न नसक्ने एमाले निर्णय कुरेर बसेका विशेषगरी कांग्रेस उम्मेद्वार पौडेल १७ पटक पहिलेनै हारिसकेका कारण अब १८ औ पटक पुग्ने हो की भनेर त्रसित छन् ।
एउटै डुङ्गामा खुट्टा हाल्न नरूचाउने, एकछिन अगाडी बोलेका कुरामा समेत अड्न नसक्ने र पाएसम्म खाने र नपाएपनि खाने तर के खाने कहिल्यै नभन्ने भएकाले नै होला यसो भनिएको "नेकपा एमाले, न पोथी न भाले" ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक