20110802

अमेरिकामा नेपाली उदाहरण सँसदको चुनाव लड्दै गरेका दर्शन रौनियारको अवस्था राम्रो देखिदै, पहिलो महिना उत्साहजनक !

Darshan Rauniyar Announces Successful First Month of Fund raising
Bothell, WA – August 1, 2011 – First-time political candidate, Darshan Rauniyar, running for Congress in Washington's 1st Congressional District, announced today that his campaign raised over $30,000 in the month of July.  "We have received donations from $5 to $1,000, and from 18 to 84-year-olds", said Rauniyar. "I am proud and humbled that over 200 people are excited about my candidacy and have donated to my campaign, and many more have begun to give their time and energy. We are building a grassroots campaign, and this month has seen us lay the foundation for a successful congressional race."
"It has been extremely gratifying to see my message about restoring the American Dream resonate with supporters" said Rauniyar. "People understand the need to reflect American values and principles in our policies. They want new and strong leadership to get our economy back on track, our people back to work, and to ensure that everyone has the same opportunities I've had to realize the American Dream. We must rebuild our manufacturing base, and find a dedicated funding stream for education to put America on a path towards recovery."

"As the only non-politician, and a first-time candidate, I am happy with our start", said Rauniyar. "Much of this first month was spent learning and setting the foundation for our campaign. Now, I expect to be able to focus more of my energy on fundraising and continue to talk with voters about their issues. I will run a grassroots, from the ground up campaign."

Rauniyar was raised in Kathmandu, Nepal. He came to America in 1988 in order to study Electronics Engineering at the Oregon Institute of Technology. He later received his Masters in Business Administration from Portland State University. He has held various senior-level positions in technology companies, and later went on to be a successful entrepreneur and businessman. He has been active in the politics for over a decade, and has campaigned for many local, state and federal candidates. He is an elected Democratic Precinct Committee Officer, and has served on the Executive Committees of both the 1st Legislative District Democrats and the Snohomish County Democrats. He is a member of the Snohomish County Human Rights Commission and the Snohomish County Parks Advisory Board. He has served as a Board member for numerous non-profit organizations.

Contact:
Darshan Rauniyar
Phone: (425) 780-1800
Email: press@darshanforcongress.com This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Web: www.darshanforcongress.com
Facebook: Darshan Rauniyar For Congress
Twitter: drauniyar

अमेरिकी कंग्रेसमा उम्मेदवारी दिएका नेपाली मूलका दर्शन रौनियारको चुनावी अर्थ संकलनको शुरुवात गतिलो देखिएको छ । आगामी बर्षको अगस्तमा हुने प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि रौनियारले आफनो चुनावी अभियानको पहिलो महिनामै ३० हजार डलर अर्थ संकलन गरेका छन् । अमेरिकी चुनावी प्रतिस्पर्धामा अर्थ संकलनले महत्वपूर्ण अर्थ राख्ने गर्छ् । रौनियारले जुलाई महिनाको पहिलो साता देखि चुनावी अर्थ संकलनको शुरुवात गरेका थिए । वासिङटन राज्यको एक नम्बर डिस्ट्रिकबाट अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेन्टिभस्’ मा २०१२ को कंग्रेस सदस्यका  उम्मेदवार रौनियारले टेलिफोन सम्पर्कमा भने ‘पहिलो पटकको राजनीतिक पदको प्रतिस्पर्धाको  पहिलो महिनाको अर्थ संकलनले म निकै उत्साहित भएको छु ।’ उनले आफनो चुनावी अर्थ संकलनमा झण्डै दुई सय भन्दा बढीले पाँच देखि एक हजार डलरसम्म चन्दा दिएको बताए ।
झण्डै डेढ महिना अघि उम्मेदवारी घोषणा गरेका रौनियारका अर्का डेमोक्रयाट् प्रतिस्पर्धी रोजर गुडम्यानले भने पछिल्लो ६ महिनामा ५५ हजार अर्थ संकलन गरेका छन् । आफनो चुनावी दौडाहालाई ‘ग्रासरुट क्याम्पियन’ नाम दिएका रौनियारको एक महिनाको अर्थ संलकनलाई सर्वाधिक मानिएको छ । आगामी बर्षको अगस्तमा हुने प्रारम्भिक प्रतिस्पर्धाका लागि रौनियारले पाँचदेखि साँढे सात लाख डलर संकलनको लक्ष्य दिएका छन् ।
उनले भने ‘त्यसपछि अन्तिम् चुनावका लागि मेरो लक्ष्य दश देखि पन्ध्र लाख डलरसम्म रहेको छ ।’ रौनियारले आफु अमेरिका पढ्न आउन आफनी आमासँग पैसा मागेको स्मरण गर्दै ईकान्तिपुरसंग भने ‘त्यसपछि पहिलोपटक सबैसंग अर्थ संकलनका लागि अपिल गर्दैछु ।’
वेष्टर्न मिचिगन युनिभर्सिटीमा राजनीति शास्त्रका नेपाली प्राध्यापक डा. महेन्द्र लावतीले रौनियारको चुनावी अर्थ संकलनलाई अभियानको राम्रो शुरुवात बताएका छन् । लावतीले ईकान्तिपुरलाई भने ‘उहाँको चुनावी अभियानले अमेरिकामा रहेका नेपाली समुदायबीच समन्वय ल्याएको छ । जसले उहाँको उम्मेवारीलाई बल दिएको छ र अर्थ संकलनले उम्मेदवारको हैसियतलाई प्रष्ट्याउँछ ।’
अमेरिकी समुदायका अतिरिक्त नेपाली समुदायले रौनियारको चुनावी अर्थ संकलनमा सक्रियता देखाएका छन् । क्यालिफोर्निया, कोलोराडो, पोर्टल्यान्डमा अर्थ संकलनको अभियान सम्पन्न गरिसकेका रौनियारका लागि आगामी एक महिना न्युयोर्क,  टेक्सास, बोष्टन, जर्जियालगायतका दर्जनौं शहरमा प्रवासी नेपालीहरुबाट विविध कार्यक्रम आयोजना हुँदैछन् । अमेरिकाको मध्यपश्चिम क्षेत्रमा रहेका प्रवासी नेपालीहरुको संगठन नासाका अध्यक्ष राजा घलेले रौनियारको उम्मेदवारीका लागि जर्जियाका नेपालीहरुले ब्यक्तिगत रुपमा अर्थ सहयोगका अतिरिक्त आगामी नासाको अधिवेशनमा रौनियारलाई बिशेष फोरमको व्यवस्था गरिएको बताए ।
सन १९९८ देखि सो क्षेत्रबाट कंग्रेसम्यान रहदैं आएका डेमोक्रयाट् जे ईन्स्लीले राज्य गर्भनरमा उम्मेदवारी दिएपछि रौनियार सहित तीन जना डेमोक्रयाटहरु प्रारम्भिक प्रतिस्पर्धाका लागि चुनावी मैदानमा छन् ।

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                               
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक