20110802

दिन दहाडै हत्या गरी ३ हजार लुटियो, कठै हाम्रो नयाँ नेपाल !

अज्ञात समूहद्वारा दैलेखमा एक हुलाकीको हत्या भएको छ। कुसापानी गाविस वडा नं.८ मा घर भएका हुलाकी १९ वषर्ीय प्रेमबहादुर कठायतको दैलेख र कालिकोटको सिमानामा पर्ने जडीको उकालोमा आइतबार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  दैलेखदेखि कालिकोटतर्फडाक लिएर जाँदै गरेका हुलाकी कठायतको अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर हत्या गरी उनीसँग रहेको ३ हजार रुपियाँ लुटेर लगेको बुझिएको छ। घटनास्थलमा कठायतले लिएर गएको डाक झोलामा रहेका चिठीपत्र छरपस्ट भेटिएको मृतकका आफन्तले बताएका छन्। हत्याको खबर प्राप्त भएपछि प्रहरी चौकी कुसापानीबाट प्रहरीटोली आइतबार राति नै घटनास्थल पुगी स्थलगत अध्ययन र र्सर्जिमिन मुचुल्का गरेको छ। प्रहरी नायब उपरीक्षक दीपक बस्नेतले घटनाको प्रकृति हर्ेदा उनको हत्या भएको र हत्यामा संलग्न व्यक्तिहरूको बारेमा अनसन्धान भइरहेको बताउनुभयो। हुलाकी कठायतको शवको सोमबार दिउँसो सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याई पोस्टमार्टम गरिएको छ। 
 प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय उल्लङ्घन गरी माओवादीको निर्णय कार्यान्वयन गरे : ओली  
 नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निर्णय उल्लङ्घन गरी माओवादीको निर्णय कार्यान्वयन गरेर पार्टीलाई धोका दिएको बताएका छन्। प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले मंगलबार ओली निवास बालकोटमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले राष्ट्रिय सहमतिको सरकार गठन गरेर शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बेलामा
प्रधानमन्त्रीले नयाँ मन्त्रीहरुलाई सपथ खुवाएर देशलाई ठूलो धोका दिएको आरोप लगाएका छन्। अहिलेको गठबन्धन सरकारले राष्ट्रिय सहमतिको सरकार बन्न नदिने उल्लेख गर्दै उनले भदौ १४ भित्र पनि शान्तिप्रक्रिया टुङ्गिने र संविधानको मस्यौदा पनि नआउने ठोकुवा गरे। पाँचबुँदे सहमतिमा सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न मार्गप्रशस्त गर्ने, शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउने, भदौ १० सम्ममा संविधानको मस्यौदा जारी गर्ने विषयमा प्रधानमन्त्री स्वयम्ले हस्ताक्षर गरी संसद्को विषय बनिसकेको भए पनि राजीनामा दिनुको सट्टा नयाँ मन्त्रीलाई सपथ खुवाएर उनले नैतिक मूल्य र मान्यतालाई त्यागेको आरोप लगाए।

तपाईं, तपाईंको सम्पूर्ण परिवार, छरछिमेकी, साथीभाईलाई चुल्हे निम्तो : August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !

अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, 13 वटा कृयासिल अन्य संस्थाहरुको सह - आयोजना, 10 वटा प्रमुख संचार माध्यम मिडिया पार्टनर रहेको "तीज महोत्सब - 2011, अमेरिका"   अमेरिकाको मनाससमा भब्यरुपमा आयोजना हुँदै ! 

अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !

Venue : 10100 Lomond Drive, Manassas, VA 20109 
(Stonewall Middle School's Hall)
Time : 1:00 PM
Date : 08/27/2011
हाम्रो यस पटकको थप आकर्सण : 
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता
 *  पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता 
       
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ । 
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ । 
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन ।

यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा  । 

अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा 
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको  

आयोज
अन्तराष्ट्रिय कलाकार मँच  
 
सह-आयोजक :

* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि 
(पशुपती बुद्ध मन्दिर, अमेरिका),  

*डिसी नेपाली समाज,
BANA (Baltimore Association of Nepalese in America)

अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,

Nepali woman's Global Network,  

अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी , 

हेम सरिता पाठक प्रतिस्ठान, 

अमेरिका नेपाल चौपारी, 

नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो) 

थकाली समाज - अमेरिका  

Nepalese American Women Helping Hands   


International Media House

Human Rights organization of Nepalese of America 

 रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि  सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै  सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं ।  उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !

Our Teej Mahotsab's  Media Partners :  

Sagarmatha Television 
Biswa parikrama pachhik 
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com 
Everest Times Patrika, New York (everesttimesnews.com)
 
                                                                    ***************
                                               
                                                                      भबदीय

- रामप्रसाद खनाल - अध्यक्ष्य 
 अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
703-419-0924
for more detail please visit  our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com, janapukar.com, globenepal.com, Nispakshya National Wekkly , Everest Times Patrika, New York (everesttimesnews.com)

 Venue : 10100 Lomond Drive, Manassas, VA 20109 (Stonewall Middle School's Hall)
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक