20110912

बाबुराम सरकारले गरेको निर्णयप्रति माओवादीका नेता र कार्यकर्ता आक्रोशित, कब्जा गरिएका घरजग्गा फिर्ता नगरिने अडान !

"साचो हस्तान्तरणको कुनै अर्थ नरहेको, तत्काल हतियार नै बुझाउनुपर्ने" : माधव नेपाल, "अब माओवादी जंगल पस्ने स्थिति नभएको,  हतियार साथमै राखेर राज गर्ने दाउमा" : कोइराला
घर जग्गा र सम्पति फिर्ता गर्न स्थानीय प्रशासन परिचालन गर्ने सरकारी निर्णय माओवादीका स्थानीय नेता र कार्यकर्ताले नमान्ने बताएका छन् । पार्टी उपाध्यक्ष बाबुराम नेतृत्वको सरकारले गरेको निर्णयप्रति माओवादीका स्थानीय नेता र कार्यकर्ता आक्रोशित बनेका हुन् । माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले क्रान्तिकारी भुमि सुधार लागु गर्नुपर्ने बेलामा सामन्त र जमिन्दारका कब्जा गरिएका घरजग्गा फिर्ता नगरिने अडान राखेका हुन् । गरिब भुमिहीन र सुकुम्बासीलाई वितरण गरिएको जग्गा सामन्त र जमिन्दारलाई फिर्ता गरी पार्टीको मान्यता प्रतिबद्धता बाट पछाडी नहट्ने बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले जनसेनाको हतियार भण्डारण गरिएको कन्टेनरको साचो हस्तान्तरणको कुनै अर्थ नरहेको भन्दै तत्काल हतियार नै बुझाउनुपर्ने
बताएका छन् ।  अज्ञात समूहको आक्रमणबाट घाइते भई राजधानीको बी एण्ड बी अस्पतालमा उपचार गराईरहेका युवा संघ नेपालका सचिवालय सदस्य कमल पाठकलाई भेटेपछि सन्चारकर्मीसँग कुरा गर्दै उनले शिविरहरु तत्काल खाली हुनुपर्ने बताए । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादी शान्ति प्रकृया टुङ्गोमा पुर्याउन गम्भीर नभएको आरोप लगाएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी शान्ति प्रकृया पुरा नगरी संविधान बनाएर नयाँ चुनावमा जाने रणनीतिमा रहेको बताएका हुन् ।

माओवादीले हतियारको भरमा जनतालाई थर्काएर राजनीति गरिरहेको भन्दै उनले संविधान लेखेर चुनावमा जाने र हतियारको भरमा बहुमत ल्याएर तानाशाही शासन लादने योजनामा रहेको टिप्पणी गरे ।

अब माओवादी जंगल पस्ने स्थिति नभएको बताउँदै कोइरालाले हतियार साथमै राखेर राज गर्ने दाउमा रहेको दाबी गरे । कोइरालाले शान्ति प्रकृयाप्रति इमान्दार भए कब्जामा रहेको सम्पति फिर्ता गरी वाईसीएल भंग गरेर विश्वासको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक