20110911

माओवादीलाई एक्लाउन एमाले काङ्रेस एक, बाबुराम सरकार नेपाली सेनामा १० हजार मधेसी र १० हजार माओवादी लाडाकु मिसाएर सेना भाँड्ने तयारीमा ! हरेक संरचना एक पछी अर्को गर्दै ध्वस्त !

माओवादीले सरकार गठनका क्रममा मधेशी पार्टीहरुसँग एक मधेश प्रदेशमा सहमति गर्नुका साथै मधेशी हरुलाई समूहगत रुपमा नेपाली सेनामा प्रवेश दिने सहमति गरेपछि त्यसको तिव्र विरोध भइरहेको थियो। तर विरोधको वेवास्था गर्दै हालै सार्वजनिक गरिएको राहत कार्यक्रममा पनि सो कुरालाई उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय क्षेत्रले नेपाली सेनाको मापदण्ड विपरीत कुनै पनि व्यक्तिहरुको भर्ती तथा समायोजन गरिएमा अमान्य घोषित गर्ने भनिरहेकै बेला सेनामा मधेशी समुदायको दश हजारको संख्यामा छुट्टै दस्ता बनाउने निर्णयले सेनामा हलचल शुरु भएको छ। माओवादीका लडाकु के कति समायाजन गर्ने भन्ने टु.गो नलाग्दै मधेशी सेनाको अवधारणा अगाडि ल्याइएका कारण राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जानकारहरुले बताएका छन्। मधेशी सेनाको स्थापना गरिएमा त्यसले भविष्यमा विकराल रुपलिने ठानिएको छ। दुई प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन तयार भएको थाहा भएको छ। दुई पार्टी सम्मिलीत गठबन्धनको
हालै बसेको एक बैठकले माओवादीले लडाकुहरु सम्पूर्ण रुपमा समायोजन र व्यवस्थापन नगरेसम्म संविधान निर्माण गर्नुको कुनै औचित्य नभएको ठहर गर्दै माओवादीका अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित विवाद समाधान उपसमितिको बैठकमा उपस्थित नहुने निर्णय गरेको थाहा भएको छ। दुई पटक सम्म बैठक बोलाउँदा पनि नेपाली कांग्रेस र एमालेका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता हुन नसकेपछि माओवादीका अध्यक्ष प्रचण्डले उक्त समिति विघटन गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ। संविधान निर्माणमा राज्यको पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन पद्दति लगायतका विषयमा विवाद रहँदै आएको छ। उक्त विवादका बारेमा प्रमुख तीनदल बीच कसैगरे पनि सहमति कायम हुन नसक्ने भएपछि तिनवटै दल विभिन्न वहानावाजीमा लागेको जानकारहरुले बताएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक