20110917

बाबुरामको अर्को ह्याट्रिक : एउटै वडा बाट दुई जना मन्त्री, एउटै गाबिसबाट ३ जना मन्त्री ! साहेद यो पनि राम्रो काम होला हगी ?

मन्त्रिपरिषदमा सप्तरीको एउटै गाविसबाट तीनजना मन्त्री बनेका छन् । त्यसमा पनि दुईजना एकै वडाका वासिन्दा रहेका छन् भने दुबैजनालाई एउटै पार्टीबाट मन्त्री बन्ने संयोग जुटेको छ । वर्तमान सरकारमा सप्तरीको कञ्चनपुर गाविसबाट तीनजना मन्त्री बन्न सफल भएका छन् । सूचना तथा सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ता, कृषि तथा सहकारी मन्त्री नन्दन दत्त र वातावरण मन्त्री हेमराज तातेड वर्तमान सरकारमा रहेका छन् । गुप्ता र दत्त कञ्चनपुर गाविस वार्ड नं १ का हुन भने तातेड वडा नं ८ का बासिन्दा हुन । संचारमन्त्री गुप्ता मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष र दत्त सोही पार्टीका नेता हुन भने तातेड मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता हुन् । गुप्ता संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट र तातेड क्षेत्र नं. १
बाट निर्वाचित सभासद् हुन भने दत्त समानुपातिकबाट सभासद् बनेका हुन् । सम्भवतः नेपालमा यसरी पहिलोपटक एकैपटक मन्त्रिपरिषद्मा एकै गाविसका तीनजना मन्त्री भएकामा गाउँलेहरू हषिर्त भएका छन् । 'हाम्रै गाविसबाट तीनजना मन्त्री बन्नुहुन्छ भने सोचेको पनि थिएनौं, यसमा हामी अत्यन्तै गौरवान्वित भएका छौं' कञ्चनपुर गाविस-५ निवासी अरविन्द साहले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक