20110918

नेपालबाट भर्खरै अमेरिका फर्किएका पत्रकार रामहरि सुबेदीले नेपालको बारेमा नेपाल मदरसँग गरेको यो यथार्थ बर्णन सुन्नुस्

वहाँको यो बयान सुन्दा राष्ट्रप्रेमी कुन नेपालीको मन नरोला !
सुबेदीले भनेझै देश अदुरदर्शी नेता र दलहरुको शिकार भएको छ

*******************************************************************
चौथो पटक मन्त्री परिषद बिस्तार, फेरी थपिए मन्त्री, अब पाँचौ पटक को बिस्तारको समेत तयारी, मधेशबादी दल र माओवादीलाई साँच्चै दशै लाग्यो, अब एक हुल राज्यमन्त्री थपिदै !
बाबुराम पनि बिगतका प्रधानमन्त्रीहरु जस्तै, सस्तो लोकप्रियता एक महिना पनि टिकेन !   
- By Sanat Sharma, Kathmandu
प्रधानमन्त्री डा बाबुराम भट्टराईले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा दानबहादुर कुर्मी चौधरी नियुक्त गरेका छन् । कपिलवस्तु क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित चौधरी माधवकुमार नेपाल नेतृत्वको
सरकारमा उद्योग राज्यमन्त्री थिए । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले सिफारिस गरेका चौधरीको आइतबार नै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ भएको छ । आन्तरिक विवादका कारण यसअघि तमलोपा नेपालले एक मन्त्री सिफारिस गर्न सकेको थिएन । उसको भागमा परेका दुई मध्ये तमलोपा अध्यक्ष महेन्द्र यादवले यसअघि नै सिँचाइ मन्त्री भइसकेका छन् । चौथो पटक विस्तारित भएपछि मन्त्रिमण्डल २२ सदस्यीय भएको छ । यसैबीच आइतबार हुने भनिएको राज्यमन्त्रीको शपथ तेस्रोपटक पनि रोकिएको छ । न्यूयोर्कबाट फर्किएपछि माओवादीसहित सवै दलका राज्यमन्त्रीको शपथ गराउने प्रधानमन्त्री भट्टराईले बताएपछि शपथ रोकिएको जनाइएको छ । मधेसी मोर्चाका सवै दलले राज्यमन्त्री सिफारिस गरेर शपथका लागि प्रधानमन्त्रीलाई नाम बुझाएका छन् । यसअघि राज्यमन्त्रीका लागि दुई पटक शपथ समय तोकिएको
थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान एक्लै टुङ्ग्याउने कुरा असम्भव बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादीले एक्लै भए पनि यो समस्या टुङ्गोमा पुर्‍याउने अभिव्यक्ति दिइरहेका बेला खनालले यस्तो बताएका हुन। खनालले अहिलेको सरकारको तालामाला हेर्दा यसले पनि शान्ति प्रक्रिया र संविधान निर्माण टुङ्गोमा पुर्‍याउनेबारे शङ्का उत्पन्न भएको पनि बताए। एमाले केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन। उनले माओवादी र मधेसी मोर्चाबीच भएको ४ बुँदे सम्झौता अवसरवादी गठबन्धन भएको बताउँदै यसले मुलुकको हित नगर्ने पनि दाबी गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक