20110918

Breaking News..........Updated.....नेपालमा ठुलो भुकम्प ! आईतबार साँझको भूकम्पमा काठमाडौं, सुनसरी, संखुवासभा र झापा समेतका स्थानमा गरी ८ जनाको मृत्यु भएको छ । संखुवासभा र झापामा ६ वर्ष मुनीका दुई जना बाललिककाको मृत्यु भएको छ ।

अहिले बेलुकी साढे छ बजे तिर नेपालमा ठुलो भुकम्प गएको छ। 6.8 रेक्टर स्केल को यो भुकम्पले के कती क्षती भयो विवरण आउन बाँकी छ । बिभिन्न जिल्लामा टेलिफोन, बिजुली, खानेपानी सेवा अबरुद्ध भएको, मानिस हरु भुकम्पको डरले घर बाहिर बसिरहेको कुरा काठमाडौंबाट हाम्रा प्रतिनिधिले बताएका छन । प्रतिनिधि सँग कुराकानी गर्दै गर्दा टेलिफोन संपर्क पनि बिच्छेद भएको छ । हामी भुकम्पको विवरण लिने प्रयासमा निरन्तर लागिरहेका छौं । नेपाल मदर हेर्दै गर्नुस् ।
* लैनचौरस्थित वेलायती दूताबासको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्। घाइतेलाई मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर दानबहादुर थापाका अनुसार उनीहरुको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।सिक्किम केन्द्रबिन्दु भएको ६.८ रेक्टर स्केलको भुकम्पले पूर्वी पहाडी जिल्लाहरुमा बढी असर पुग्न सक्ने अनुमान गरिए पनि फोन सम्पर्क अवरुद्ध हुँदा विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ।
* भूगर्भ तथा खानी विभागका अनुसार ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु ताप्लेजुङ र भारतको सिक्कमको सिमा क्षेत्र रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले भारतको सिक्किमलाई केन्द्रविन्दु बनाए ६ दशमलव ८ रिक्टर स्केलको
भूकम्प गएको जनाएको छ ।
 * धरान मा पनि भुकम्पले दुइजनाको ज्यान लिएको छ ।
* २७ जना घाइते भएको गृह मन्त्रालय दैवी प्रकोप व्यवस्थापन महाशाखाका प्रमुख शंकर कोइरालाले बताएका छन्।
आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।

धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।
भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन दिइसकेको छ। उद्धार तथा राहतमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा मन्त्रालयले अनुरोध गरेको छ।

भक्तपुर- यहाँ १४ वटा घर भत्किएको छ भने करिब २० जनाभन्दा बढी घाइते भएका छन्।
भूकम्पबाट भक्तपुरको गोल्मढीमा सर्वज्ञराज नागशाहीको, खौमामा कृष्णराम बाटीको, व्यासीमा लक्ष्मीनारायण वासुकला र बुद्धिकृष्ण लाखाजुको भर भत्किएको महानगरीय प्रहरी परिषरका प्रमुख एवम् प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए।
यसैगरी थिमीमा एकवटा, नंखेलमा एकवटा र पिखेलमा एकवटा र विभिन्न स्थानमा गरी १४ वटा घर भत्किएको प्रहरीले जनाएको छ।
भूकम्प गएर घर भत्किएको देखेर भक्तपुरका सुजन लगू बेहोस भएर घाइते भएपछि भक्तपुर अस्पतालमा उपचार गरिएको छ।
यस्तै थिमी गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा भूकम्पका कारण घाइते भएर १७ जना बिरामी उपचारका लागि ल्याइएको छ।
भूकम्प गएपछि घरको छतबाट हाम्फाल्ने, पर्खाल नाघ्ने, भागदौड गर्ने, सामान सार्नेक्रममा धेरै घाइते भएर अस्पताल ल्याइएको र घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले बताए।
धेरैजस्तो घाइतेको हातखुट्टा भाँच्चिएको, टाउको लगायतका विभिन्न अङ्गमा चोट लागेको बताउँदै उहाँले घाइतेको उपचार भइरहेको जानकारी दिए।
जिल्लाका विभिन्न स्थानमा थप घर भत्किएर घाइते भएकालाई अस्पताल लगिएको बताइएको छ।
फेरि पनि भूकम्प आउन सक्ने भन्दै राति अबेरसम्म सूर्यविनायक, जगाते, थिमीलगायतका सडक तथा टोलटोलको खुल्ला क्षेत्रमा जम्मा भएर बसेका छन्।
धनकुटा- विभिन्न ठाउँका घर चर्किनाका साथै भेडेटार-३ मा ठूलो पहिरो जाँदा कोसी राजमार्ग अवरुद्ध भएको छ।
भूकम्पका कारण धरान धनकुटा सडकखण्डको मालबासेस्थित भोजपुरे घुम्तीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।
पहिरो खसेपछि धरानबाट धनकुटातर्फ आउँदै गरेका र धनकुटाबाट धरानतर्फ जाँदै गरेका दर्जनौं सवारी साधन बीच बाटामा नै अलपत्र परेका छन्।
पहिरो हटाउनका लागि भेडेटारबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको भए पनि पहिरो ठूलो रहेकाले राति नै हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
भूकम्पका कारण धनकुटाबजार लगायत जिल्लाको जितपुर, लेगुवा, मारेकटहरे, भिरगाउँ लगायतका विभिन्न गाविसका घर चर्किएको स्थानीयबासीले बताएका छन्।
भूकम्पका कारण केही समय टेलिफोनसमेत अवरुद्ध भई हालसम्म पनि पूर्णरूपमा सञ्चालनमा नआएकाले अन्य गाविसबाट क्षतिको विवरण आइनपुगेको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ।


सङ्खुवासभा : भूकम्प जाँदा घाइते भएकाको जिल्ला अस्पतालमा भिड लागेको छ। डाक्टर नहुँदा घाइतेको उपचारमा समस्या परेको अस्पताल स्रोतले जनाएको छ।
खाँदबारी नगरपालिकामा अधिकांश पुरानो घर भत्केका छन्। जिल्लाकै तामाथोक गाविसको मुढे शनिश्चरे बजारका करिब ३० प्रतिशत घर भत्केका छन् भने मानवीय क्षतिको जानकारी नआए पनि भौतिक क्षति धेरै भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश चन्दले बताए।
राससको समाचार तयार गर्दै गर्दा रासस प्रतिनिधि राजु थापालाई भूकम्प आई भाग्नेक्रममा हातखुट्टामा चोट लागेको छ र उनको हातमा १६ टाँका लगाइएको छ।
भद्रपुर- चन्द्रगढीस्थित रासस अञ्चल कार्यालयको पर्खाल र ढोका भत्केको छ।
यहाँका बिजुली र टेलिफोनका थुप्रै खम्बा लडेका छन्। टेलिफोन अवरोधका कारण क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
विराटनगर - विराटनगर उपमहानगरपालिकालगायत मोरङ जिल्लाको ग्रामीण जनजीवन त्रसित भएको छ।
उर्लाबारीस्थित एउटा मन्दिरको पर्खाल भत्केको छ भने विराटनगर बजारमा भागदौड हुँदा एकजना घाइते भएका छन्।
स्याङ्जा - दार्सिङ दहथुम गाविस-९ बयरघारीस्थित अर्जुन अधिकारीको घर भत्किएको छ।
प्रहरी चौकी दहथुम बयरघारीका अनुसार अधिकारीको दुईतले कच्ची घरको उत्तरतर्फको गारो भत्किएको छ भने पुरै घर चर्किएको छ।
गारो भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
भूकम्पको झट्का महसुस भएपछि मुख्य बजार क्षेत्रका सर्वसाधारण चिच्याउँदै घर बाहिर निस्केका थिए।
बनेपा - काभ्रेमा मानवीय क्षति नभए पनि भौतिक संरचनामा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीका अनुसार आधा दर्जनभन्दा बढी कच्ची घर भत्केको छ। सो अनुसार जैसीथोक गाविस-९ बस्ने भेषबहादुर खड्काको कच्ची घर पूर्णरुपमा क्षति भएको छ।
त्यस्तै, पाँचखाल गाविस-१ खावा बस्ने नारायण तामाङको जस्ताको छाप्रो भत्केको छ। त्यस्तै, कुचादेवी गाविस-३ बस्ने सत्यराम थापाको तीनतले कच्ची घर पूर्णरुपमा भत्केको छ।
यसैगरी, देउपुर गाविस-५ बस्ने विष्णु मैनालीको दुईतले कच्ची घरमा क्षति पुगेको छ। त्यस्तै, महेन्द्रज्योति गाविस-४ मा रेशम थापाको घर पनि भत्केको छ। यसैगरी, कानपुर गाविस-७ मा रहेको प्रहरीचौकी भवनमा समेत सामान्य क्षति पुगेको छ।
त्यस्तै, पनौती नगरपालिका-२ बस्ने केदार तिमिल्सिनाकी छोरी २४ वर्षीया वन्दना तिमिल्सिना भूकम्पका कारण बेहोस भएपछि बनेपास्थित सिर मेमोरियल अस्पताल बनेपामा लगेर उपचार गराइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दोलखा - विभिन्न गाविसका घरमा क्षति पुगेको छ। काब्रे गाविस वडा नम्बर ९ कालथोकका उद्धव भट्टराईको घर भत्किएको छ।
यस्तै, ओराङ गाविसस्थित वडा नम्बर १ अम्बरबहादुर ठकुरीको घर पनि आधा भत्किएको त्यहाँबाट दीपक ठकुरीले जानकारी दिएका छन्।
यस्तै जिरी गाविस वडा नम्बर १ स्थित मानबहादुर कार्की लगायतका आसपासका चार वटा घर भत्कने अवस्थामा पुगेको स्थानीय तेन्जिङ शेर्पाले बताए।
कार्की परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन्।
घ्याङसुकाठोकर गाविस वडा नम्बर ३ बाँसबोटेका हरिबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, ओमबहादुर बुढाथोकी लगायतका घर चर्किएर भत्किने अवस्थामा पुगेको त्यहाँबाट प्रकाश बुढाथोकीले जानकारी दिए।
साथै नाम्दु गाविसको वडा नम्बर ९ स्थित धनलाल चौलागाईंको घर चर्किएको विष्णु चौलागाइंले जानकारी दिए।
नाम्दुकै वडा नम्बर ८ का ढालबहादुर खड्काको तीनतले घर र नाम्दु ५ मार्बुस्थित कान्छी विकको दुईतले घरमा भूकम्पका कारण क्षति पुगेको छ।
भूकम्प आएपछि सदरमुकाम चरिकोटमा मानिसको भागदौड मच्चिएको थियो।
दोलखाका विभिन्न सञ्चारमाध्ययममा कार्यरत सञ्चारकर्मी भूकम्प आएपछि कार्यथलो छाडेर बाहिर निस्किएका थिए।
रामेछापको डडुवा २ का शान्ति तामाङको घर पूर्णरुपमा भत्किएको छ भने सोही गाविस वडा नम्बर ३ का राङदाङ तामाङको घर पनि चर्किएको छ।
रामेछापकै फुलासी ४ का सलानसिंह तामाङको घर पनि चर्किएको खबर प्राप्त भएको छ।

English Version News

Earthquake measuring 6.8 magnitude rocks eastern Nepal; tremors felt throughout the country
An earthquake measuring 6.8 on the Richter scale shook eastern parts of Nepal including Kathmandu valley Sunday evening. The strong tremors occurred around 6:26 pm (NST) and lasted for just about a
minute.
According to National Seismologic Center (NSC) in Kathmandu, the epicenter of the 6.8 magnitude earthquake was in the border areas of Taplejung. Tremors were felt as far as Sikkim state of India.
Residents of Kathmandu valley were terrorized by the quake that rocked the city very briefly. Panic stricken people came running out of cinema halls, malls and offices after they felt the tremors. Mobile phone networks were also jammed as people started calling their loved ones to know about their condition while traffic in major thoroughfares were clogged for a while.
At least three deaths are reported in Kathmandu after wall of the British embassy collapsed and hit the pedestrians.
Other details are awaited.

An earthquake of moderate intensity measuring 6.8 on Richter Scale with its epicentre on the Sikkim-Nepal border shook northeast and northern parts of the country, including the national capital, this evening.


The epicentre of the quake was located at Latitude 27.7 degree North and Longitude 88.2 degree East, according to the India Meteorological Department ( IMD).

Immediately after getting the report, Prime Minister Manmohan Singh spoke to Sikkim chief minister Pawan Kumar Chamling and offered him all necessary help.

With the quake felt in Assam, parts of West Bengal, Jharkhand, Bihar, Uttar Pradesh and Rajasthan, the Prime Minister directed the cabinet secretary to call an emergency meeting of the disaster management authority.

The quake which was felt for some seconds around 6.10 PM triggered panic among the people who were enjoying their Sunday evening.

There was however no immediate report on any casualty or damage to property.
"
Cracks have developed in some buildings in Gangtok. Most phone lines are down and there is no electricity now. People have come out on the street," said Gangtok resident Bobby Dahal.

"It is too early to ascertain any damage. We are trying to get in touch with the state government of Sikkim to know if they need any help from us," Sujata Saunail, joint secretary of the National Disaster Management Authority, told Reuters.

In the national capital, the tremor was felt in certain parts -- the second such experience within a fortnight after Delhiites were jolted around midnight on September 7.

Delhi's suburb Gurgaon and some other parts of the National Capital Region (NCR) experienced very mild tremor.

The quake was also felt in various parts of Bihar, a Patna report said. As buildings shook, people rushed out to open places.

A report from Darbhanga district in north Bihar said the quake was felt there too. The tremor was also felt in Madhubani, Samastipur, Nawada, Munger and other districts.

Neighbouring Jharkhand also felt the shock, according to a Ranchi report.

"We saw computers, chairs and tables rattling in our office," said Manu Singh and Binod Singh, who were among those who rushed out in the open.

People in Sahebganj and Giridih also experienced the tremor.

In the north, besides the national capital, the tremors were felt in Jaipur and nearby areas of Rajasthan, Uttar Pradesh and Haryana.

Panic gripped people in Lucknow and some other places in Uttar Pradesh where the quake was also felt. The tremors were felt in Mau, Azamgarh, Deoria, Ballia and other towns.

The earthquake was also experienced in parts of Haryana and Chandigarh where the intensity was mild.

A Bhopal report said reports of tremors were received from Gwalior, Bhopal, Hoshangabad and other parts of Madhya Pradesh.

न्युरोडको त्रास : राजधानीको न्युरोडमा भुकम्पको धक्का महसुस भएपछि मानिसहरु बाटोमा जम्मा हुँदै। तस्बिर : विजय राई
आइतबार साँझ सुन्धरा क्षेत्रमा पैदल यात्रु घर फर्किने चटारोमा देखिन्थे। सडकमा ट्राफिक जाम थियो। यतिकैमा हल्लिन थाल्यो सुन्धरास्थित धरहरा। अनि चिच्याउन थाले मान्छे- 'भुइँचालो! भुइँचालो !!' तत्कालै मान्छेको हुल टुँडिखेलतर्फ दौडियो। भिडका मान्छे सुरक्षित रहे पनि ६ दशमलव ८ रेक्टस्केलको भुकम्पले पाँच जनाको ज्यान लिएको छ। हेर्नोस् नागरिकन्युज फोटो फिचर।

भुकम्पको धक्का महसुस गरेपछि संविधान सभा भवनबाट बाहिरिँदै सभासद्हरु।



भुकम्पको धक्का महसुस गरेपछि संविधान सभा भवनबाट बाहिरिँदै सभासद्हरु।


भोजपुरमा चर्किएको घरको भित्ता। तस्बिर सौजन्य : प्रवीन सुवाल



भोजपुरको एक पसलमा देखिएको सामान । तस्बिर सौजन्य : प्रवीन सुवाल



भुकम्प गइरहेको बेला राजधानीको सुनधारामा देखिएको दृश्‍य।


राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किएपछिको दृश्‍य।


राजधानीको वीर अस्पतालमा उपचार गराउँदै घाइतेहरु।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक