20110919

एकजना प्रहरी हवल्दारको गोली हानी हत्या , गोली हान्ने जनतान्त्रिकका कार्यकर्तालाई स्थानीय गाउँलेले प्रतिकार गरेर मारे

भत्ता पचाउन सिपालु सभासद्ले संविधान जारी नगर्ने कमल थापाको दाबी
 अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले बाराको बडकी फुलबरीयामा एकजना प्रहरी हवल्दारलाई गोली हानी हत्या गरेको छ । गोली हान्ने जनतान्त्रिकका कार्यकर्तालाई स्थानीय गाउँलेले प्रतिकार गरेर मारेका छन् । टाउकोमा गोली लागेर गंम्भीर घाइते भएका हवल्दार रहेश राउतलाई उपचारका लागि वीरगंज लगिएको थियो । वीरगंजमा उपचार हुन नसकेपछि राउतलाई काठमाडौं ल्याइएको उनको मृत्यु भएको हो । गोली हानेर सीमा पारी भारत तीर भागेका जनतान्त्रिकका दुई जना कार्यकर्ताको गाउँलेले प्रतिकार गरेको छ । प्रतिकारमा पक्राउ परेका मध्ये अजय भन्ने जयमंगल यादव गाउँलेले चलाएको गोली लागेर मरेको छ । एक जना मिश्री यादव पक्राउ परेका छन् । स्थानीय प्रहरी चौकीमा यादवलाई राखिएको छ । गाउँलेले प्रहरी चौकी घेराउ गरेको
छ । उनीहरुको साथबाट गोली लोड भएको दुई थान पेस्तोल बरामद भएको छ । बिहान पौनै ९ मा उनीहरुले हवल्दारलाई गोली हानेका थिए- - लक्ष्मी साह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान निर्माणको काम नगरी ६ सय १ सभासद्लाई जनताको करबाट भत्ता पचाउने बानी परिसकेको बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन नेपालको प्रथम जिल्ला अधिवेशनको सोमबार दमौलीमा उद्‍घाटन गर्दै उनले भत्ता पचाउन सिपालु सभासद्ले संविधान जारी नगर्नेसमेत दाबी गरे।

'मजदुरले दिनको कम्तीमा ८ घण्टाका दरले ३० दिन काम गरेपछि बल्ल तलब पाउँछ' उनले भने, 'हाम्रा सभासद्ले वर्षमा डेढ घण्टा काम गरेर ३ सय ६५ दिनको भत्ता खाइरहेका छन्।' शान्ति र संविधानको नाममा १ सय अर्बभन्दा बढी रकम खर्च भइसकेको भन्दै नेता थापाले ती सबै पैसा नेपाली जनताको कर र विदेशबाट ल्याएको ऋणबाट खर्च गरिएको बताए।

संविधानको आशमा नेपाली जनताले सेतो हात्ती पाल्दै आएको भन्दै नेता थापाले अब नेपाली जनतासमु ताजा जनादेशका लागि चुनावमा जानुपर्ने बताए। संविधान सभाको म्याद थपलाई स्वीकार्दै जानु भनेको सेतो हात्तीलाई पालेर राख्‍नुभएको उनले बताए। प्रमुख दलहरुको सहमतिमा संविधान निर्माणका लागि म्याद थप्ने कार्य भइरहेको भन्दै नेता थापाले संविधान निर्माणका लागि म्याद थप गर्नुको नैतिकता नरहेको समेत धारणा व्यक्त गरे। 'एक वर्षमा डेढ घण्टा काम भयो, थपिएको ३ महिनामा एक दिन पनि बैठक बसेन।' उनले भने, 'अहिले पनि आधा महिना बितिसक्दा एक पटक पनि बैठक बसेको छैन्, मंसीर १४ भित्र शान्ति र संविधान टुड्गोमा पुग्ने सम्भावना छैन्।'

आइतबार साँझको भुकम्पको झड्काले देशमा ठूलो क्षति पुर्‍याएको भन्दै नेता थापाले देशमा ठूलो विपत्ति आइलाग्दासमेत प्रधानमन्त्री राष्ट्र संघको सामान्य सम्मेलनमा सहभागी हुन गएको बताए। 'भुइँचालोको तथ्य आउनुअघि नै प्रधानमन्त्री विदेश उडे।' उनले भने, 'शान्ति प्रक्रिया र संविधान जटिल मोडमा आएको समयमा प्रधानमन्त्रीको प्राथकिमता बिदेश भ्रमण रहेछ।' ४५ दिनमा शान्ति प्रक्रिया टुड्गोमा पुर्‍याउने, नाटकीयरुपमा हतियारको साँचो अध्यक्ष नेतृत्वको विशेष समितिलाई बुझाएर नयाँ सरकारका प्रधानमन्त्रीले पनि कार्यालयमा फोटो राख्‍नेबाहेकका काम गर्न नसकेको उनले बताए।

सरकार अपवित्र गठबन्धनको धरातलमा बनेको दावी गर्दै थापाले मदेसी दल र माओवादबीचको सहमति नेपालको हित विपरीत भएको बताए। प्रमुख दलले नेपालमा हिन्दूत्वको अस्तित्व समाप्तका लागि धर्म निरपेक्षता घोषणा गरेको भन्दै उनले राजनीतिक दलहरु विदेशी शक्तिको डलरमा विकेर देशलाई धर्म निरपेक्षता घोषणा गरेको आरोप लगाए। पाँच वर्षको अवधिमा १० लाखभन्दा बढी नेपालीले धर्म परिवर्तन गरेको भन्दै थापाले योजनावद्धरुपमा ठूला दलले हिन्दू धर्म र सस्कृतिलाई कमजोर पार्दै आएको बताए। कार्यक्रममा सहभागी मुस्लिम समुदायले समेत नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने बताएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक