20110927

२२ जिल्लाले छुट्टिने निर्णय गर्न सक्ने रक्षा मन्त्री शरदसिंह भण्डारीको अभिव्यक्ति गैरजिम्मेवारीको पराकाष्ठा : एमाले , बर्खास्त गर्न माग !

भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साह वीरगंजमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ !


एमालेले रक्षा मन्त्री शरदसिंह भण्डारी र भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई बर्खास्त गर्न माग गरेको छ ।मन्त्री भण्डारीले मधेशका २२ जिल्लाले निर्णय गरे नेपालबाट अलग हुनसक्ने अभिव्यक्ति दिएको र भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साह वीरगंजमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको भन्दै उनीहरुलाई सरकारबाट बर्खास्त गर्न एमालेले माग गरेको छ । कार्यवहाक अध्यक्ष वामदेव गौतमले मंगलवार बिज्ञप्ती जारी गरि मन्त्री भण्डारीको २२ जिल्लाले छुट्टिने निर्णय गर्न सक्ने अभिव्यक्ति गैरजिम्मेवारीको पराकाष्ठा भएको बताउनुभएको छ । यसअघि रक्षामन्त्री शरदसिंह भण्डारीले सरकार निर्माण हुनुअघि माओवादी र मधेशी मोर्चाबीच भएको चार
बुँदे सहमतिको विरोधप्रति टिप्पणी गर्दै सहमतिलाई राष्ट्रघाति भनिए २२ जिल्लाले छुट्टिने निर्णय गर्न सक्ने अभिव्यक्ति दिनुभएको थियो । ‘सामान्य व्यक्तिले समेत बोल्न नमिल्ने र नसक्ने राष्ट्रिय हित, एकता र अखण्डता विरोधी रक्षामन्त्रीको अभिव्यक्ति कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’, कार्यवहाक अध्यक्ष वामदेव गौतमद्वारा मंगलवार जारी बिज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय हितमा आघात पु¥याउने र साम्प्रदायिक विद्वेष फैलाउने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्न प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ ।’

यस्तै भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु साह वीरगंजमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेकोे र उनका स्वकीय सचिव सियाराम कुशवाह उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएकोप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘नागरिक हत्याको अभियोगमा मुछिएका व्यक्तिलाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसक्दा पनि हटाएर छानबिन र कारवाही प्रक्रियालाई सहयोग पु¥याउने अग्रसरता नलिइनुले गंभीर प्रश्नचिन्ह खडा गरेको छ’, मंगलवार एकालेद्वारा जारी विज्ञप्तीमा भनिएको छ । एमालेले इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको सोमवार राजधानीको घण्टाघरमा गोली प्रहारबाट भएको हत्याको भत्र्सना समेत गरेको छ । युथफोर्स जिल्ला कमिटी दोल्खाको आह्‍वानमा मंगलबार सदरमुकाम चरिकोटमा रक्षामन्त्री शरदसिंह भण्डारीको पुतला दहन गरेका छन्। उनको तराईलाई अलग्याउने अभिव्यक्तिको विरोध गर्दै युथफोर्सका कार्यकर्ताले पुतला दहन गरेका हुन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक