20110926

काठमाडौं घण्टाघरमा महानगरीय प्रहरी कार्यालय क्षेत्रमा दिन दाहाडै गोली प्रहार गरी इस्लामी संघ महासचिव फैजल अहमदको हत्या, शव तेर्स्याएर सडक जाम, गृहमन्त्रीको राजीनामा माग

Breaking news......
Updated News....
गृहमन्त्री बिजयकुमार गच्छदार सहितको टिमसंग वार्ता मिलेपछि मुस्लिम समुदायले घण्टाघर अघि लगेर राखेको फैजान अहमदको शब ३ घण्टापछि उठाएका छन् । वार्तामा गृहमन्त्री बिजयकुमार गच्छदारले मृतक परिवारका छोरा छोरीलाई राहत दिने अपराधीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने आश्वासन दिएपछि पीडीत परिवार लास उठाउन सहमत भएका हुन् । ****
काठमाडौं घण्टाघरमा दिन दाहाडै गोली प्रहार गरी इस्लामी संघ महासचिव फैजल अहमदको हत्या गरिएको छ। महानगरीय प्रहरी कार्यालयभन्दा ५० मिटर दूरीमा वर्षादी लाएर आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।  मस्जिदमा नमाज पढेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको हो। सुरक्षाकर्मीको बाक्लै तैनाथी क्षेत्रमा हत्या भएको हो। गृहमन्त्री विजयकुमार गच्छदारको राजीनामा माग गर्दै मृतक फैजल अहमदका आफन्तले घन्टाघर नजिकै शव तेर्स्याएर सडक जाम गरेका छन्। उनीहरुले सुरक्षा व्यवस्था कमजोर भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेका छन्।
प्रचण्डपुत्र प्रकाश दाहालले पार्टी फुट्न लागेको सार्वजनिक जानकारी गराए लेखे "किरण र बादलहरूले पार्टी फुटाउन लागे"
 माओवादी फुटोस् भनेर विरोधीहरूले धूप हालिरहेका छन् भनेर माओवादी अध्यक्ष प्रचण्डले भाषण गरिरहँदा प्रचण्डकै घरबाट पार्टी फुट्ने उद्घोष भएको छ। प्रचण्डनिकटका नेताहरूले 'किरण बादलले पार्टी फुटाउँदैछन्' भनेर तल्लो तहसम्म सर्कुलर जारी गरिरहेका बेला प्रचण्डपुत्र प्रकाश दाहालले पार्टी फुट्न लागेको सार्वजनिक
जानकारी गराएका छन्। उनले आफ्नो फेसबुकवालमा किरण र बादलहरूले पार्टी फुटाउन लागेको र उनीहरूको हालत मात्रिका यादव, रविन्द्र श्रेष्ठ तथा मणि थापाहरूको जस्तै हुने भविष्यवाणी पनि गरेका छन्। 'जसले जे भने पनि माओवादीका माओवादीका के अति बिचार राख्ने बादल र किरणहरू पार्टी फुटाउन तल्लीन छन्। तिनीहरूको ताल पनि मात्रिका यादव, रवीन्द्र श्रेष्ठ र मणि थापाको हुने छ। जय होस्' प्रकाशले आफ्नो फेसबुक वालमा असोज ६ गते शुक्रवार लेखेका छन्। यता प्रचण्ड पक्षले किरण पक्ष पार्टी फुटाउने अन्तिम तयारीमा लागेको भन्दै पार्टी जोगाउन बाबुराम पक्षलाई पनि एकजुट हुन दबाब दिएको छ। पछिल्लो समयमा प्रचण्ड पक्षले बिभिन्न राज्यसमिति र जिल्ला समितिमा कार्यालयको बैठक बोलाउने प्रक्रिया पनि चलाएको छ। कार्यालयको बैठकमा किरण पक्ष सहभागी भएको छैन। प्रचण्ड पक्षका नेताहरूले पहिलो चरणमा नेत्रविक्रम चन्द र हरिभक्त कँडेलमाथि अनुशासनको कारबाही गर्न अध्यक्ष प्रचण्डमाथि तीब्र दबाब दिएको चर्चा पनि चलेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक