20110926

कहालीलाग्दो कथा, ब्यथा , पीडा, शोषण र यातनाले भरिपुर्ण रोजगार : यसरी पनि ठगिदैछन साउदी अरबमा नेपाली कामदारहरू

साउदी अरबमा नेपाली कामदारहरूको संख्या जति ठूलो छ, कामदारहरूका समस्याहरू पनि त्यति नै बिशाल र जटिल छन तर यी सबै समस्याहरू सार्बजनिक हुंदैनन । घरेलु महिला कामदारहरूका समस्याहरू साउदीका घरभित्रै छन । प्रायः यी सबै घरेलु महिला कामदारहरू गैर कानूनी हैसियतमा रहने हुंदा न त यिनको कुनै कानूनी हक अधिकार सुरक्षित छ, न त कुनै करारनामा, न कुनै मापदण्ड न त कुनै अनुगमन । साउदीका घरबाट भाग्न सफल हुने केही यस्ता महिला कामदारहरूले जुन समस्याका जुन बिस्फोटक कथा ब्यथा सुनाउंछन, त्यसबाट उनीहरूको रोजगार कहालीलाग्दो, पीडा, शोषण र यातनाले भरिपुर्ण देखिन्छ ।उता पुरूष कामदारहरू जो बैध हैसियतमा कार्यरत छन, उनीहरूमा पनि थुप्रै असन्तुष्टीहरू रहेको पाइन्छ । ती मध्ये कतिले साउदी अरब आएकोमा पछुतो मान्दै घर फर्किने दिन कुर्न बाद्य बन्छन, कतिले आंफु ठगिएका, शोषिएका पीडा र दुखेसाहरू सुनाउन चाहन्छन तर सुन्ने र समाधान गर्ने ब्यक्ति, संस्था र निकाय नै पाउंदैनन, अनि कतिले सुन्ने सुनाउने ठाउं देख्दा देख्दै पनि “यहां कसलाई सुनाएर पो के हुन्छ र रु” भनी निराशावादी शोंचले ग्रस्त बनी पीडालाई सहेरै दबाएरै राख्दछन । यी मध्ये धेरैले चैं हिंजो आज अधिक कमाईको लोभमा आफ्नो रोजगारदातालाई छोडेर भगौडा कामदारका रूपमा आंफुलाई आंफैले ‘गैर कानूनी’ बनाउंदै ठूलो
जोखिमपूर्ण बाटो रोजेका छन ।
गाउंमा स्थानीय सब एजेन्टको मोटो कमिशनबाट ठगिन शुरू हुने यी नेपाली कामदारहरूलाई म्यानपावर कम्पनीहरूले पनि बास्तविक खर्चलाई दोब्र्याई तेब्र्याई मुर्गा बनाउंछन । नेपाली कामदारहरूका लागि उपलब्ध हुने फ्री भिषामा बिदेशी दलालहरूले समेत मोटो कमिशन खान्छन, नेपाली ब्यवसायीहरूबाटै खुवाइन्छ ।
कमिशनकै लोभ लालचकै कारण कतिले त हिंजो आज नेपाली कामदारहरूलाई हुंदा खांदाको रोजगारबाटै समेत छुटाएर भगाउने गरेका छन । भगौडा नेपाली कामदारहरूले पाउने प्रत्येक महिनाको तलबबाट ठूलो हिस्सा यिनै कमिशन एजेण्टहरूले खाइदिन्छन । कति यस्ता कामदारहरूलाई त महिनौं तलब नै नदिएर पुरै तलब नै यी कमिशन एजेण्ट र बैकल्पिक रोजगारदाता मिलेर खाइदिन्छन । नेपाली कामदारहरूमाथि हुने ठगी र शोषण यहीं रोकिदैन, यसै शिलशिलामा जब यी भगौडा कामदारहरूलाई घर फर्किनुपर्दछ, तब फेरि यस्तै कमिशन एजेण्टको फन्दामा फस्दछन नेपाली कामदारहरू । साउदी अरबबाट गैर कानूनी कामदारहरू स्वदेश फर्किनु अघि उनीहरू जेलमा पुग्नैपर्दछ । यसरी जेल जानका लागि पनि कमिशन एजेण्टलाई नै समाउनुपर्ने बाद्यता छ र बुझाउंछन मोटो कमिशन एक चोटी फेरी । जेलको बसाई छोट्याउन, आवश्यक कागजातहरू मिलाउन, कुनै अभियोग लागेको भए तिनको सजाय ९जरिमाना० मिनाहा गर्न थप रकम कमिशन दिनै पर्दछ । यसरी नेपाली कामदारहरूका लागि आर्जन गर्न अति कठिन बञ्जर भूमी जस्तो साउदी अरब नेपाली ब्यवसायीहरू, कमिशन एजेण्टहरू र बिदेशी दलालहरूका लागि भने आकर्षक उर्बर भूमि बनिदिएको छ । ६ लाख नेपालीहरू कार्यरत यस मुलुकमा नेपाली मिडियाकर्मीहरूको शून्यता अनि नेपाली दूतावासको यस्ता ठगि, दलाली र शोषणका प्रति रहेको ‘नरम नीति’, पीडित कामदारहरूप्रति उदास तर म्यानपावर ब्यवसायी र कमिशन एजेण्टहरूका प्रतिको ‘ढाकछोप र संरक्षण नीति’ जसभित्र निहित  दूतावासको ‘बांडिचुंडी खाउं’ को नीतिका कारण पनि यस्तो भएको देख्ने बुझ्नेहरू बताउंछन ।
यसैबिच साउदी अरबमा नेपाली कामदारहरूलाई ठग्ने नयां तरिका प्रचलनमा आएको छ । यो तरिका भने कुनै म्यानपावर कम्पनी या कमिशन एजेण्टले नभई यहां कृयाशिल सामाजिक संघ संस्थाहरूले निकालेका हुन । नेपालबाट कलाकारहरू साउदी अरब ल्याई ठूलै मेला लगाउंछन, ठूलै रकम पनि उठाउंछन र त्यस्तो रकम प्रायः पीडितको उद्धार गर्ने या नेपाल र नेपालीको सेवामा लगाउने भनेका हुन्छन तर कार्यक्रमपश्चात या त ती आयोजकले आर्थिक प्रतिवेदन नै सार्बजनिक गर्दैनन या त घाटा नै देखाउंछन । तर पनि २(२ महिनाको अन्तरालमा यस्ता कार्यक्रमहरू दोहोरिदै आएका छन ।
पछिल्लो समयमा यसरी झुट्ठा नारा तथा आश्वासन बांडेर नेपाली कामदार ९दर्शक०हरूलाई ठग्ने र नेपाली समाजलाई पटक पटक धोका दिने प्रबृत्तीलाई रोक्न यिनै संघ संस्थाहरूले नेपाली दूतावाससमेतको समन्वय र सहमतिमा साझा मापदण्ड र साझा संयन्त्रको निर्माण पनि गरे तर संयन्त्रको निर्माण पश्चातको पहिलो कार्यक्रममा संयन्त्र आंफै निरीह बन्दै भिषाको कारोबार गर्ने म्यानपावर कमिशन एजेन्टहरूलाई ‘समाजसेवी’ मान्दै मञ्चमा ससम्मान बिराजमान गराइएको अनि स्वयम सेवी सामाजिक संघ संस्थाका अगुवाहरूलाई चैं खेतालाजस्तो बनाई होच्याइएको टुलुटुलु हेरिरह्यो । दोस्रो कार्यक्रममा संयन्त्रको प्रतिनिधित्व गर्दै जेद्धा पुगेका अनुगमनकर्ता स्वयम कुटनैतिक अपहरणमा परे । जेद्धामा त सो दिन कार्यक्रम भएन नै, हवाई यात्रा गराइने भनिएका संयन्त्रका ती अनुगमनकर्ता भोलीपल्टको दमामको कार्यक्रम सकिदासम्म पनि जेद्धा दमाम बिचको १५०० कि।मी।को दूरी सार्बजनिक बसयात्रामा छिचोल्दै थिए । यो कार्यक्रममा निर्धारित मापदण्डको खिल्ली उडाइएको स्पष्ट देखिन्थ्यो । कार्यक्रम सकिएको २० दिनभित्र आर्थिक प्रतिवेदन सार्बजनिक गर्ने भन्ने मापदण्डको उलंघन गर्दै अहिलेसम्म पनि उक्त प्रतिवेदन सार्बजनिक हुनसकेको छैन ।
यस्तैमा तुरून्तै फेरी अर्को कार्यक्रम त्यो पनि बिगतको सह आयोजकले नै दोहोर्याउने हल्ला चलेको छ । कतै निरीह र कतै बहकाउ र अपहरणमा पर्ने गरेको संयन्त्र यस पटक भने आर्थिक प्रलोभनमा परि बिकेको बुझिदैछ । यस पटक संयन्त्रका संयोजक र सदस्यहरूले समेत आफ्नो कर्तब्य, दायित्व र सीमा बिर्सेर जसरी बिगतमा ठूलो आर्थिक घोटाला गरेको संस्थालाई नै पुनः कार्यक्रम गर्ने स्वीकृति दिएको सुनिएको छ यसले संयन्त्रमा सामेल संस्थाहरूले आफ्ना प्रतिनिधिका बारेमा पुनर्बिचार गर्नुपर्ने स्थिती पैदा भएको छ । संयन्त्रमा सामेल प्रमुख संस्थाहरू एनआरएनए, नेपाली जनप्रगतिशिल मञ्च र नेपाल आदिवासी तथा जनजाति महासंघले उक्त कार्यक्रम बिगतको सह आयोजकलाई दोहोर्याउन दिने सहमति दिएका छैनन परन्तु पुरानो हिसाब क्लियर गर्ने लगायतका केही पुर्ब शर्तहरू स्पष्ट ९लिखित रूपमा० राखेका छन । तर संयन्त्रमा पठाइएका तिनका प्रतिनिधि सदस्यहरूले भने एक चोटी पनि आफ्ना संस्थालाई सोध्न आवश्यक ठानेनन ।
यसैबिच यस पटक कालो इतिहासको अबज्ञा गर्दै दूतावासकै जुन रूची र संलग्नता देखिएको छ, त्यो धेरैका लागि रहश्यमय र शंकाश्पद रहेको छ । देख्नेहरू भन्छन “दूतावासको यो झुकावका पछाडि अबको कार्यक्रमका आयोजकको फार्ममा सम्पूर्ण दूतावास परिवारको पटक पटकको घुमफिर, भोज भतेर हुनु र उपहारका रूपमा उक्त फार्मका उपजहरू दूतावासका कर्मचारीहरूका भाञ्सा र फ्रिजहरूमा पुग्नु हो ।” समाजसेवाका नाममा नेपाली कामदारहरूबाट पटक पटक मोटो रकम असुल्दै समाजलाई धोका दिइरहने यो धन्दामा कुटनैतिक नियोगको शंकास्पद संलग्नता, कुटनैतिक पहलमा कलाकारहरूको भिषा निकाली २(२ महिनामा बिजनेश अर्थात पैसाको खेल खेलिरहने, खेलाइरहने नियोगको यस कार्यबाट कुनै दिन सम्पुर्ण नेपाल र नेपालीहरू नै लज्जित हुनुपर्ने दिन साउदी अरबमा पुनः नआउला भन्न सकिन्न ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक