20110907

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०४७ सालपछीका प्रधानमन्त्रीहरूसँग भेट गरे, सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले आफू सहभागी भएको सरकार असफल हुँदै गएको बताए


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०४७ सालपछीका प्रधानमन्त्रीहरूसँग भेट गरेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई भट्टराईलाई शान्ति र संविधानको मूल मुद्दामा केन्द्रित हुन सुझाव दिएका थिए । प्रधानमन्त्री भट्टराईले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सामूहिक छलफलमा उपस्थित पूर्वप्रधानमन्त्रीसँग शान्ति प्रक्रिया, संविधान निर्माण, सरकार सन्चालनको विधि लगायतका विषयमा परामर्श गरेका थिए । छलफलमा सहभागी पूर्व प्रधानमन्त्रीहरुले छोटो समय र निर्धारित लक्ष्यलाई ख्याल गरी अघि बढ्न सल्लाह दिएको छलफलपछि पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले जानकारी दिए । अहिले फूर्सतमा सत्ता संचालनको समय नभएकाले निर्धारित लक्ष्यमा केन्द्रित रहेर अघि बढ्न पूर्वप्रधानमन्त्रीहरुले सुझाएका थिए । छलफलमा पूर्वप्रधानमन्त्री थापाका साथै लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल लगायत सहभागि थिए तर माधव नेपाल भने देशबाहिर रहेकाले सहभागि हुन सकेनन् । सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले आफू सहभागी भएको सरकार असफल हुँदै गएको बताएका छन् । सञ्चार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले १५ दिनभित्र समावेशी विधेयक परिमार्जन गरि संसदमा पेश गर्नु पर्ने, कुटनीतिक र संबैधानिक नियुक्तिका लागि नाम प्रस्ताव गर्नुपर्ने र तत्काल जनताका लागि राहत कार्यक्रम ल्याउनु पर्नेमा सरकार गठन भएको १० दिन वितिसक्दा पनि मन्त्री परिषद्को बैठक बस्न नसक्नुले सरकारको असफलताको पुष्टि गरेको दावी गरे । मन्त्री गुप्ताले शान्ति प्रक्रियाका महत्वपूर्ण कुरा लडाकुको संख्या, मोडालिटी, दर्जा मिलान र पुर्नस्थापना प्याकेज जस्ता विषयमा प्रमुख दलहरुवीच विवाद कायमै रहेको अवस्थामा त्यसमा सहमति जुटाउने ठोस प्रयास नगरेर सरकारले समय वर्वाद गर्नुका साथै संविधानको मस्यौदा निर्माणलाई प्रभावित गरेको बताए । उनले भने, “४ बुँदे सहमति कार्यान्वयनमा साँचो हस्तान्तरण जस्तो प्रतिकात्मक काम बाहेक कुनै ठोस काम गर्न नसकेर सत्तारुढ दलहरु अल्मलिएकोले सरकार पनि अलमलमा परेको छ ।“ “सत्तारुढ दलमा सरकारमा जाने विषयमा खिचातानी सुरु भएको छ । यसले सहमति कार्यान्वयनमा चुनौति खडा गर्यो “उनले भने। मधेसी दलहरु मन्त्रालय बाँडफाटको झगडामा नै लामो समय अल्मलिएको बताए ।
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्काल परिणाम देखिने गरी मुलुकको सुरक्षा व्यवस्थामा कडाई गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार बिहान रक्षा र गृहसचिवका साथै चारवटै सुरक्षा निकाय प्रमुखलाई सामूहिक भेला गरी भट्टराईले त्यस्तो निर्देशन दिएका हुन् । 
पूर्व प्रधानमन्त्रीहरुले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई सुझाव दिएका पनि दिएका छन् । त्यो संगै सुशासन र जनतालाई राहत दिने कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
भट्टराईले ०४७ साल यताका पूर्व प्रधानमन्त्रीहरुसंग बुधबार गरेको सामूहिक छलफलमा उक्त सुझाव अएको हो । राज्य संचालमा गरेका अनुभव साटासाट गर्न पूर्व प्रधानमन्त्रीहरुसंग भट्टराईले छलफल गरेका हुन् ।
सिंहदरवारमा अपरान्ह १२ बजेबाट उक्त  सुरु भएको छलफलमा सुरुमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द मात्रै पुगेका थिए । झलनाथ खनाल र शेरबहादुर देउवा साढे १२ बजेपछि पुगेका थिए । पुष्पकमल दाहाल र माधवकुमार नेपाल अनुपस्थित रहे । नेपाल एक कार्यक्रममा सहभागी हुन जापान गएका छन् ।
शान्ति,संविधान र मुलुकको अन्य राजनीतिक अवस्था बारे भट्टराईले पूर्वप्रधानमन्त्रीहरुसंग परामर्श गरेका थिए । छलफलपछि पूर्वप्रधानमन्त्री थापाले लामो अनुभव सुन्नु भन्दा तात्कालको अवस्था लिएर अगाडि बढ्न आफूले सुझाव दिएको बताए । शान्ति प्रक्रिया टुंग्याउन, सुशासन कायम गर्न र जनतालाई राहत दिने कार्यक्रम ल्याउन आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको संचारकर्मीसंग थापाले बताए ।
त्यस्तै, निवर्तमान प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया टुंग्याउन माओवादीले गरेको प्रतिवद्धता ४५ दिनको अवधिमा पूरा गरे त्यही नै यो सरकारको ठूलो उपलब्धी हुने भएकाले त्यसतर्फ गम्भीर भएर लाग्न सुझाव दिएका थिए । उनले शान्ति र संविधान नै मुल मुद्दा भएकाले त्यसलाई टुंग्याउन आफूले सुझाव दिएको बताए ।
०४७ साल यताका पूर्व प्रधानमन्त्रीहरु मध्ये गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको निधन भइसकेको छ ।
त्यसैगरी प्रधानमन्त्री भट्टराईले शान्ति सुरक्षा सुदृढ राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । उनले शान्ति र संविधान भाँड्ने तत्वहरु समेत सक्रिय रहेकाले त्यसलाई निरुत्साहित पर्न पनि निर्देशन दिएका हुन् ।सिंहदरवारमा बुधबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसंग सुरक्षा अवस्था बारे भट्टराईले जानकारी लिएका थिए । उक्त छलफलमा सहभागी गृहमन्त्री विजय गच्छदारका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएका थिए । शान्ति प्रक्रिया टुंग्याउन सेनाको भूमिका रहने भएकाले सकारात्मक सहयोगका लागि प्रधानमन्त्रीले प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई आग्रह गरे ।
प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख मोती गुरुङ्गले सुरक्षा अवस्थाबारे 'बि्रफ' गरेका थिए । कार्यक्रममा गृह र रक्षा सचिव क्रमशः लिलामणि पौडेल र नविन घिमिरेको पनि सहभागगिता थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक