20111011

माओवादी लडाकूहरुको पुर्नवर्गिकरण प्रक्रिया सुरु भएपछि हतियार बुझाउने प्रतिवद्धता माओवादीले कांग्रेससँग गरेको छ : सिटौला

शान्ति प्रक्रिया पुरा भएर संविधान जारी नभएसम्म कन्टेनरमा रहेका हतियार नबुझाउने अडान राख्दै आएको माओवादीले लडाकूहरुको समायोजन प्रक्रियासँगै हतियार सरकारलाई बुझाउन तयार भएको छ। सोमबार माओवादी र कांग्रेसका शीर्ष नेताहरुको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समायोजन प्रक्रियासँगै कन्टेनरका हतियार सरकारलाई बुझाउने प्रतिवद्धता जनाएका हुन्। बैठकमा सहभागि कांग्रेस महामन्त्री सिटौलाका अनुसार माओवादी लडाकूहरुको पुर्नवर्गिकरण प्रक्रिया सुरु भएपछि हतियार बुझाउने प्रतिवद्धता माओवादीले कांग्रेससँग गरेको छ। 'यसअघि हतियार बुझाउने कुरै गर्न नचाहने माओवादीले समायोजन प्रक्रियासँगै हतियार बुझाई हाल्छौ नी भनेका छन्' सिटौलाले भने, 'माओवादीको यो प्रतिवद्धताले शान्ति प्रक्रिया पुरा हुने आशा पलाएको छ।' शान्ति प्रक्रिया र संविधान लेखनको प्याकेजमा सहमति गर्ने विषयमा पनि माओवादी सहमत भएको सिटौलाको दावी छ। यसअघि माओवादीले शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणलाई एकै ठाउँमा राखेर छलफल गर्न नसकिने अडान राख्दै आएको थियो। 'माओवादी शान्ति प्रक्रिया र संविधान लेखनको प्याकेजमा छलफल गर्न तयार भएको छ' सिटौलाले भने, 'सोमबार माओवादी नेताहरुमा
देखिएको लचकताले शान्ति प्रक्रिया पुरा हुने विश्वास बढेको छ।' शान्ति प्रक्रिया पुरा गर्न गठन हुन बाँकी आयेागहरु गठनका बारेमा सरकारले संसदमा विधेकय दर्ता गरि प्रक्रिया सुरु गर्न पनि माओवादी सहमत भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक