20111020

लिबियामा गद्दाफी र रक्षामन्त्री अबु बक्र युनिस समेत मारिए ! यसरी कुटी कुटी मारियो हेर्नुस् भिडियो !


Breaking News....
(मुआम्मार गद्दाफी विद्रोहीको नियन्त्रणमा हुँदा सेलुलर फोन क्यामेराबाट खिचिएको तस्बिर। )
लिबियाका सत्ताच्युत शासक मुआम्मार गद्दाफी बिहीबार गृहनगर सिर्टेमा मारिएका छन्। उनी भीडन्तमा मारिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 'उनी समातिए, उनको दुबै खुट्टा चल्ने अवस्थामा
थिएन र उनलाई एम्बुलेन्सबाट अस्पताल लगिँदै थियो।' वरिष्ठ सैनिक अब्दल मजितले भने। तर अन्तरिम फौजका सैनिक प्रमुखले भने उनी मारिएको पुष्टि गरेका छन्। सिर्टेमा भएको अन्तिम संघर्षमा गद्दाफी शासनका रक्षामन्त्री अबु बक्र युनिससमेत मारिएका छन्। स्थानीय अस्पतालमा ल्याइएको शवमा उनको शवसमेत रहेको पहिचान भएको चिकित्सकहरुले बताएका छन्। राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारीलाई उद्यृत गर्दै अल जजिराले उनी मारिएको दाबी गरेको छ । सीएनएनले पनि गद्दाफी मारिएको जनाउँदै उनको सरकारका रक्षामन्त्री अबु बक्र युनिस पनि मारिएको र प्रवक्ता मौसा इब्राहिम समातिएको उल्लेख गरेको छ । एनटीसीका ११ औं ब्रिगेड कमाण्डर अब्दुल हाकिमले गद्दाफीको शव अबु बक्र युनिससँगै देखेको बताएका छन् । 'मैले आफ्नै आँखाले उनलाई देखेको हुँ,' हाकिमले समाचार संस्था रोयटर्सलाई तस्बिर देखाउँदै भने । राष्ट्रिय संक्रमणकालीन परिषदका कमाण्डरबाट पक्राउ परेका उनी घाइते भएको समाचार सार्वजनिक भएको केहीबेरमै उनी मारिएको समाचार प्रकाशमा आएको हो ।
कर्णेल गद्दाफी ४२ वर्षदेखि सत्तामा थिए । अन्तर्राष्ट्रिय अपराध अदालतले उनको गिरफ्तारी माग गरेको थियो । 'उनलाई कब्जामा लिइएको छ, उनको दुवै खुट्टामा चोट लागेको छ,' राष्ट्रिय संक्रमणकालीन परिषद (एनटीसी)का अधिकारी अब्दुर मजीदले रोयटर्सलाई भने ।

मजीदका अनुसार दुवै खुट्टामा चोट लागेर घाइते अवस्थाका गद्दाफीलाई उपचारका लागि एम्बुलेन्समा लगिएको थियो । समाचार संस्था एएफपीले एनटीसीका अर्का अधिकारी मोहम्मद लेथलाई उद्यृत गर्दै उनी सिर्तबाट 'गम्भीर घाइते' अवस्थामा समातिएको जनाएको छ ।

बीबीसीका अनुसार पक्राउ गर्नेक्रममा गद्दाफी 'गोली नचलाउ' भन्दै चिच्याएका थिए । गृहनगर सिर्त त्रिपोलीबाट ३ सय ६० किलोमिटर पूर्वमा पर्दछ ।

यसैबीच गद्दाफी समातिएको खबर सुनेपछि विद्रोहीहरुले खुशीयाली मनाउन सुरु गरेका छन् । उनीहरुले हवाई फायरिङ गर्दै 'ईश्वर महान् छन्' भनिरहेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक