20111021

कथित "राम्रो" भनी प्रचारित प्रधानमन्त्रीद्वारा भारतसँग अर्को राष्ट्रघाती सम्झौता, "भारतीय दलाल नै हुन बाबुराम भट्टराई" भन्ने पुस्टी, नेपालले जोड दिएको सम्झौतामा हस्ताक्षर हुन सकेन !

भारतले आखिर बाबुरामलाई पनि किनी छाड्यो !
नेपाल र भारतबीच लगानी प्रवद्र्धन एवं सुरक्षा सम्बन्धी (बीपा) राष्ट्रघाती सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतासँगै भारतीय उद्योग बन्द भए नेपालले क्षतिपूर्ति दिनुपर्नेछ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहबीच शुक्रबार बेलुका भएको भेटवार्ता पछि बीपा सम्झौतामा हस्ताक्षर भएको हो । बिपा सम्झौता अनुसार गैर व्यवसायिक कारणले नेपालमा भारतीय लगानीका कुनै पनि उद्योग बन्द भएमा नेपाल सरकारले क्षति पूर्ति दिनुपर्नेछ तर गैर व्यवसायिक बन्दको स्पष्ट परिभाषा उल्लेख छैन । यस्तै राष्ट्रपतिको भारत भ्रमणका क्रममा घोषणा गरिएको २५ करोड डलर (
करिव १९ अर्ब रुपैयाँ) सहुलियत दरको ऋण सम्बन्धी र गलगाँड नियन्त्रणका लागि आयोडिनयुक्त नुनको प्रर्वद्धनसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । नेपालले जोड दिएको दोहोरो कर नलाग्ने सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन । भारत सरकारले चासो नदेखाएपछि दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको हो । यसअघि सम्झौताका लागि दुबै पक्षको प्रशासनिक तहमा सहमति भएपनि भारतले अन्तिम समयमा गृहकार्य नपुगेको भन्दै सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको श्रोतले जनाएको छ । बीपा सम्झौता राष्ट्रिय हित बिपरित हुने भन्दै माओवादी र एमालेका नेताले आजै सम्झौता हुनुअघि विरोध समेत गरेका थिए ।

संविधान निर्माणमा पूर्ण सहयोग
]भारतले नेपालको शान्ति र संविधान निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भारतले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जनाएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र भारतीय समकक्षी मनमोहन सिंहबीच हैदराबाद हाउसमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री सिंहले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । भेटमा प्रधानमन्त्री भट्टराईले नेपालमा भारत विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाउनुभएको थियो । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न दुबै देशले चासो दिनु पर्नेमा दुवै देशका प्रधानमन्त्री सहमत भएका छन् ।
हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच झण्डै २० मिनेट भेटवार्ता भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक