20111022

बाबुराम भन्छन राष्ट्रघात होइन राष्ट्र हित गरेको छु, माओवादीकै केन्द्रिय सचिब सीपी गजुरेल र काङ्रेस नेता रामचन्द्र पौडेलले पनि बाबुरामले राष्ट्रघाती सम्झौता गरेको आरोप !

प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी माओवादीका सचिव सीपी गजुरेलले भारतसँग गरेको नेपालमा भारतीय लगानीको प्रवर्द्धन र संरक्षण सम्झौता (बिपा)  राष्ट्रघाती भएको आरोप लगाए !
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा गरेको नेपालमा भारतीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) प्रति आपत्ति प्रकट गरे !
 प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी माओवादीका सचिव सीपी गजुरेलले भारतसँग गरेको नेपालमा भारतीय लगानीको प्रवर्द्धन र संरक्षण सम्झौता (बिपा)  राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रधानमन्त्री भट्टराईको भारत भ्रमणका क्रममा शुक्रबार उक्त सम्झौता भएको थियो । मधेसी मोर्चासंग भएको चार बुँदे सहमति राष्ट्रघाती भन्दै आएको माओवादीका उपाध्यक्ष बैद्य समुहले विपालाई पनि राष्ट्रघाती भनेको हो । मिडिया भिजन नेपालद्वारा शनिबार आयोजित
अन्तरक्रियामा सचिव गजुरेलले पार्टीको निर्णय विपरीत, राष्ट्रियताको विपक्षमा प्रधानमन्त्री भट्टराईले बिपा सम्झौता गरेको आरोप लगाए । ‘प्रधानमन्त्रीले गरेको बिपा सम्झौताका बारेमा हाम्रो पार्टीलाई नै थाहा छैन, उहाँलाई त्यस्तो राष्ट्रिय हित विरोधी सम्झौता गरेर आउन भनेकै होइन’ सचिव गजुरेलले भने । उनले बिपा सम्झौताले नेपालको अर्थतन्त्र धरापमा पर्ने हुँदा त्यसलाई कार्यान्वयन गर्न दिन नहुने भन्दै विरोध गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका नेता डा मिलेन्द्र रिजालले माओवादीको आन्तरिक कलहले देशको समग्र शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा बाधा पुर्याउन नहुने भन्दै माओवादी सुध्रिए काँग्रेस उसको नेतृत्वको सरकारमा सहभागी हुने बताए । उनले शान्ति र संविधानका लागि हदैसम्मको लचकता अपनाएर एकै ठाउँमा आउन राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै भारतसँग प्रधानमन्त्रीले गरेको सम्झौताका बारेमा आफ्नो पार्टीले छलफल गरेर स्पष्ट धारणा बाहिर ल्याउने जानकारी दिए ।
यसअघि एमाले अध्यक्ष झलनाथ खनालले पनि शुक्रबार भारतसंग गरेको विपा सम्झौता राष्ट्रघाती भएको बताएका थिए । प्रधानमन्त्री भट्टराईले भने नयाँ दिल्लीमा पत्रकार सम्मेलनमा सम्झौता राष्ट्रघाती नभइ राष्ट्रिय हितमा रहेको स्पष्टिकरण दिएका थिए ।
 काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा गरेको नेपालमा भारतीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) प्रति आपत्ति प्रकट गरेका छन् ।
शान्तिनगर उपभोक्ता समिति बोहोराटारले दीपावली, छठ पर्वको अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले प्रधानमन्त्री भट्टराईले बिपा सम्झौतामा हस्ताक्षर गरेकोमा आपत्ती जनाएका हुन् ।
यसअघि एमाले अध्यक्ष झलनाथ खनाल र माओवादीका सचिव सीपी गजुरेलले उक्त सम्झौतालाई राष्ट्रघाती भनिसकेका छन् ।
‘नेपालमा उद्योग धन्दा, कलकारखानाहरु बन्द भइरहेका छन्, ती बन्द भएका उद्योगहरुलाई क्षतिपूर्ति दिएर उद्योगहरु सुचारु गराउन सकेको छैन, यस्तो अवस्थामा बिपा सम्झौता आपत्तिजनक छ’ पौडेलले भने । 
माओवादी कार्यकर्ता आफैँले विभिन्न कारण देखाउँदै उद्योग धन्दा बन्द गर्ने, हड्ताल गर्ने गरिरहेको उल्लेख गर्दै पौडेलले ती उद्योग कलकारखानाले अहिलेसम्म क्षतिपूर्ति नपाएको दावी गरे ।
शान्ति प्रक्रिया र संविधान लेखनको मुख्य कार्यभार सम्पन्न गर्नुपर्ने बेलामा सरकारका प्रमुख समेत रहेका प्रधानमन्त्रीले गरेको बिपा सम्झौताले शान्ति प्रक्रिया र संविधान लेखन कार्यमा समेत समस्या पर्ने विचार उनको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईले लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) राष्ट्रघाती नभएको स्पष्टिकरण दिएका छन् । प्रतिपक्षी एमाले र उनकै पार्टी माओवादीको एउटा समूहले राष्ट्रघाती बताएपछि उक्त स्पष्टिकरण दिएका हुन् ।
'यो सम्झौता राष्ट्रघाती होइन, यसले मुलुकको हीत गर्छ । यो सम्झौताले भारतसंगको आर्थिक सम्बन्धमा ठूलो ढोका खोलेको छ' शनिबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री भट्टराईले भने । उनले यस सम्झौताका कारण भारतीय लगानी बढ्ने आशा समेत ब्यक्त गरे ।
उनले लोकतान्त्रिक बहुदलीय संस्कार बसिनसकेकाले विरोधका लागि विरोधमात्रै गर्ने उद्देश्यले कुनै वृत्तबाट सम्झौताबारे भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण सफल भएकोसमेत बताए । 'दुई पक्षमा रहेको आशंका कम गर्न धेरै हदसम्म सफल भयो' उनले भने, 'द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्न यो भ्रमण सफल भएको छ ।'
दुई मुलुकबीच रहेका समस्याहरु समग्रतामा समाधान खोज्न तयार हुनु महत्वपूर्ण रहेको उनको भनाई थियो । दुवै मुलुकका गैरसरकारी तथा सरकारी विशिष्ट व्यक्तिहरु बसी छलफल गरेर सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन सुझाव दिनेसमेत प्रधानमन्त्रीले उल्लेख गरे ।
सीमामा रहेका समस्याबारे संयन्त्र बनाएर समाधानतर्फ अग्रसर हुने समझदारी बनेको उनले बताए । खासगरी यसबारे भारतीय गृहमन्त्री पी चिदम्बरम्संग महत्वपूर्ण खुला छलफल भएको उनको भनाई थियो । 'नेपालीहरुले सीमामा भोग्दै आएको समस्या, भारतमा काम गरेर स्वदेश फर्कंदा नेपालीहरु सीमामा ठगिने गरेको समस्याबारे हामीले कुरा राख्यौं' उनले भने । उनले शान्ति प्रक्रिया आन्तरिक प्रक्रिया रहेकोले कसैको आशीर्वाद वा हस्तक्षेप स्वीकार्य नहुनेसमेत स्पष्ट पारे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक