20111025

स्वदेशमा कुकुरले पनि तिहार मान्न पाए !

- रामप्रसाद खनाल 
स्वदेशमा कुकुरले पनि तिहार मान्न पाए
हाम्रो भागका फुलका माला भएजत्ती यिन्ले लाए
आमा दिदी बहिनीले पकाएका सेल खाए
बिदेशबाट टुलु टुलु यस्तो हेर्दा आसुँ आए
उता रुन्छन दिदी बहिनी यता आफु रुँदा ठीक्क
तिहार मान्न नपाउँदा लाग्छ हजुर साह्रै दिक्क
कुकुर र कागले पनि तिहार मान्न पाए हजुर
मेरो भागका सेल रोटी नि तिनैले नै खाए हजुर
मुटु थाम्न गार्हो भयो आँखा छोप्न लाँए हजुर !
 भन्छन सबै फेरी तिहार आयो आयो
न त दिदी बहिनी सँग टिका लायो
न झवाइँय पारेका सेल रोटी खायो
न हजारी र मखमलिका माला लायो
खै म कसरी भनु फेरी तिहार आयो
स्वदेश मा दिदी बहिनी बिदेश मा भाई रोयो
तिहार को टिका होइन आँशुले मन धोयो
खै म कसरी भनु फेरी तिहार आयो
सेलरोटी होइन भाईले नुनिलो आसुँ खायो !
http://www.nepalmother.com/2011/10/blog-post_4364.html

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक