20111028

तिहारको दिन अर्को दु:खद समाचार : रोजगारीको लागि मलेसिया आएका तीन नेपाली महिला कामदारको मृत्यु अन्य १६ जना घाइते

Breaking News
रोजगारीको लागि मलेसिया आएका तीन नेपाली महिला कामदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक घर भइ सो कम्पनीमा कामका लागि आएकी डिल कुमारी श्रेष्ठ (राहदानी नं ०५५५६१२८), झापाकी कमलादेवी गुरागाईं (राहदानी नं. ०५४७२२७१)  र सोही जिल्लाकी गुम्दाकी दिल माया गुरुङ (राहदानी नं. २५८१९३५) को घटनास्थलमै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ । मलेसिया आएको केही घण्टा नबित्दै बिहीबार बिहान यहाँस्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट केलाङस्थित टप ग्लोब
कम्पनीतर्फ आउँदै गर्दा उनीहरु सवार भ्यान व्यस्त सडकमा दुर्घटनामा परेको थियो । तर सो दुर्घटना के कारणले भयो भन्ने जानकारीमा आइसकेको छैन । सो घटनाका मृतक तीनै जनाको हाल पोस्टमार्टम भइरहेको साथै शवलाई नेपाल पठाउने तयारी भइरहेको पनि दुतावासले जनाएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको सुंगाइबुलो र केलाङस्थित अस्पातालहरुमा उपचार भइरहेको छ भने अन्य १२ जनालाई सामान्य उपचारपछि कम्पनीको आवासगृहमा राखीएको छ । हाल उपचाररत फालावाङ्ग २, सल्यानका मन बहादुर वलि, चुलाचुली-३ की जीना राई, गोरखाकी लालमाया गुरुङ्ग र मंगलटार काभ्रेका बाबु तामाङ्गको स्वास्थ्यस्थिती सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरलाई उध्दृत गर्दै
दुतावासले जनाएको छ ।
दुतावासले मृतक तीनै जनाको दुर्घटनाको क्षतिपूर्ति साथै जीवन बिमा दिलाउन कम्पनीपक्षलाई आग्रह समेत गरेको छ । कम्पनीले नेपाली दुतावाससाग घटनामा परी मृतक तथा घाइतेप्रति चिन्ता व्यक्त गर्दै राहत तथा बिमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ । - रामचन्द्र गिरी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक