20111029

माओवादीको ज्यादति विरुद्ध भिड्न कार्यकर्तालाई निर्देशन

"सभापति पदमा पनि हार्नु भएतापनि शेरबहादुरलाई हामीले वरिष्ठ नेता मान्दिएका छौँ, तर अझै उहाँ बढ्ता भाउ किन खोजिरहनुभएकोछ, मैले बुझ्न सकिनँ,  उहाँभन्दा म नै वरिष्ठ हुँ" - नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल
 गोरखा/ नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले शेरबहादुर देउवाभन्दा आफू वरिष्ठ नेता भएको दाबी गर्नुभएको छ। गत साता गोरखामा आयोजित काङ्ग्रेस क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, 'म २०१८ सालमा भरतपुरकाण्डमा जेल परेको थिएँ, शेरबहादुरजीलाई २०२२ सालमा डिल्लीबजारमा भेटेर फकाउँदै मैले नेपाली काङ्ग्रेसमा ल्याएको हुँ, त्यतिबेला उहाँ आफूलाई प्रगतिशील पक्षधर विद्यार्थी भन्दै दौडिरहनुभएको थियो। उहाँलाई मैले नै नेविसङ्घको अध्यक्ष पनि बनाएँ, संसदीय दलको नेतामा उहाँ हार्नुभयो, सभापति पदमा पनि हार्नुभए तापनि हामीले वरिष्ठ नेता मान्दिएका छौँ, तर अझै उहाँ बढ्ता भाउ किन खोजिरहनुभएको छ मैले बुझ्न सकिनँ।? उहाँभन्दा म नै वरिष्ठ हुँ तर कार्यालयमा उहाँ बस्ने कुर्सीभन्दा तल मेरो कुर्चीछ।' केन्द्रीय समितिले गरेको निर्णयका विरुद्धमा आमरण अनशन बस्नुको कुनै अर्थ नरहेकोसमेत सो अवसरमा उहाँले बताउनुभयो। पचास मिनेटको भाषणमा उहाँले देशलाई जनयुद्ध र जनसेना शब्द उच्चारणको आवश्यकता नै नभएको भन्न पनि चुक्नुभएन। माओवादीका 'गुरिल्ला'लाई छाती नापेर केही सङ्ख्यामा समायोजन गर्नुपर्ने र बाँकीलाई केही राहत दिएर घर फिर्ता पठाउनुपर्नेउहाँकोतर्कथियो। नेता पौडेलले माओवादी 'यू टर्न' पार्टी भएको र काङ्ग्रेस 'स्टेट' रहेको बताउनुभयो। काङ्ग्रेस आफ्नो अडानमा कहिल्यै पनि पछि नहटेको नेता पौडेलको दाबी थियो। उहाँले माओवादीको ज्यादतिविरुद्ध भिड्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। राजासँग साँठगाँठ गरेर माओवादीले संसदीय व्यवस्थामाथि आक्रमण गरेको पौडेलको भनाइ थियो। गिरिजाप्रसाद कोइरालालाई फकाएर माओवादीले संविधानसभाको निर्वाचनमा बहुमत ल्याएको नयाँ खुलासा पनि पौडेलले गर्नुभयो।
कार्यक्रममा काङ्ग्रेस नेता मनमोहन भट्टराई, मुख्य सचेतक कमला पन्त, सभासद् जीवनप्रेम श्रेष्ठ, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विद्यार्थी नेता प्रदीप पौडेललगायतले मन्तव्य दिएका थिए। – राजेन्द्र न्यौपाने

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक