20111012

हत्या प्रकरणमा प्रमाण हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै सरकारी वकिलले बाबुराम भट्टराई सरकारका भुमिसुधार मन्त्री प्रभु साहको विपक्षमा मुद्दा दायर गरेनन्

काशी तिवारी हत्या प्रकरणमा प्रमाण हुँदाहुँदै पनि प्रमाण अपुग भएको भन्दै सरकारी वकिलले बाबुराम भट्टराई सरकारका भुमिसुधार मन्त्री प्रभु साहको विपक्षमा मुद्दा दायर गरेनन् । तर मन्त्रीका स्वकिय सचिवसहित अन्य ४ माथि बुधबार अभियोग पत्र दायर गरिएको छ। विभिन्न बहाना बनाएर पटक पटक मुद्दा दायर गर्ने प्रहरी कोसिसलाई नाकाम बनाउँदै आएको सरकारी वकिलको कार्यलयले अनुसन्धानको क्रममा मन्त्री साह संलग्न रहेका प्रष्ट प्रमाण देखा नपरेको भन्दै उनलाई उन्मुक्ति दिएको हो । माओवादी दबाबका कारण मुद्दा दायर नगरे पनि जिल्ला सह-न्यायधिवक्ता सत्यनारायण यादवले भने-'प्रमाण भेटिए उनी माथी पुन मुद्दा दर्ता हुन सक्छ।पर्सा प्रहरीले साहलाई तिवारी हत्याको योजनाकार भएको दावीगर्दे ज्यान महलको १६ नंबर दफा अनुसरा १५ वर्षको जेल सजायको माग गरेको छ। मन्त्री साहका स्वकिय सचिव सियाराम कुशवाहलाई तिवारी माथी गोली चलाएको आरोपमा मुलुकी ऐन अनुसार ज्यान महलको १३-१ अर्न्तगत सर्वस्वसहित जन्मकैदको माग गरेको छ। माओवादी भोजपुरा सचिवालय सदस्य समेत रहेका २८ वर्षीय कुशवाह रौतहट हथियायी-५ जमुनिया टोलका हुन्। अमन कुशवालाई १० वर्ष कैद माग गरिएको छ। अमनलाई भदौ २१ गते प्रहरीले
 पक्राउ गरेको थियो।

अपराधमा सहयोग गरेको आरोप लगाउदै वीरगन्ज-१२ बस्ने २५ बर्षिय मुकेश सर्राफ र पर्सा भेडियारी-८ बस्ने बलिराम साहलाई दफा १७-३ अर्न्तगत बढीमा ३ वर्षसम्मको जेल सजाय माग गरेको छ। वलिराम संविधान सभा निर्वाचनमा पर्सा क्षेत्रनंबर ४ का माओवादी उम्मेदवार थिए।

मृतक तिवारी पत्नी ववितादेवीले किटानी जाहेरी दिएका मन्त्री साह बाहेक अन्य ३ जनालाई पनि प्रयाप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यलयले अभयोग पत्र दर्ता गरेन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक