20111013

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २८ जना पुरुष र १४ जना महिलाको मृत्यु !

Breaking News.......!
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ४२  जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २८ जना पुरुष र १४ जना महिला छन्। बीपी यातायातको ना३ख ९४१२ नम्बरको उक्त बस बिहीबार बिहान साढे १० बजे झाँगाझोली-४ मूलकोट सडकखण्डमा करिब ५ सय मिटर तल सुनकोशी नदी किनारमा खसेको थियो। मृत्यु हुनेमा सिन्धुली भद्रकाली बस्ने बस चालक प्रेम थापा, सिन्धुली भिमेश्वर-७ बस्ने युवराज श्रेष्ठ, सिन्धुली
भिमेश्वर-८ बस्ने खुस बहादुर श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका-३ बस्ने विकास परियार र उदयपुर बस्ने सिंह बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने सिन्धुली पुरानो झाँगाझोली-९ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अन्य मृतकहरुको हालसम्म सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारको लागि बनेपा र काठमाडौं लगिएको छ। घाइतेमध्ये हाल वतन नखुलेकी रस्मिता श्रेष्ठ, सिन्धुली सिद्धेश्वरी बस्ने २५ वर्षीय बाबुलाल योन्जन, सिन्धुली रतनचुरा-९ बस्ने ३० वर्षीया जानुका श्रेष्ठ र काठमाडौं हाँडीगाउँ बस्ने १८ वर्षीया आशा श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सिन्धुली तिनकन्या-८ बस्ने ३६ वर्षीय नारायण मगर, सिन्धुली डाडीगुरासे-६ बस्ने २४ वर्षीय बद्री गौतम, काभ्रे पात्लेखेत-८ बस्ने ३० वर्षीय जेठो मेजार, सिन्धुली बन्दीपुर बस्ने १५ वर्षीया करुण तामाङ, रामेछाप खिम्ती बस्ने ३२ वर्षीया कल्पना दर्जी, सिन्धुली रानीखोला बस्ने १५ वर्षीय कुवर मगर, सिन्धुली भद्रकाली-३ बस्ने २५ वर्षीय हिमाल तामाङ, कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय कपिल पोखरेल, रामेछाप कठजोर–१ बस्ने डेढ वर्षीया स्वस्थि केसी, रामेछाप कठजोर-१ बस्ने २६ वर्षीय रमेश खत्री भने सामान्य घाइते भएका छन्। सामान्य उपचारपछि सिन्धुली डाडीगुरासे-६ बस्ने ६ वर्षीय रञ्जित गौतम डिश्चार्ज भएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकीहरु रातमाटे, दुम्जा, सशस्त्र प्रहरी बल वेश क्याम्प सिन्धुली र नेपाली सेनाको टोली खटिई उद्धार कार्य गरिरहेका छन्। बस घटनास्थलमा पुर्णरूपमा क्षति भई टुक्रा-टुक्रा भएको अबस्थामा छ। उकालो सडक र क्षमता भन्दा बढी यात्रुका कारण बस अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ भने यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

मृतकको नाम उमेर र ठेगाना

सिन्धुली/दुर्घट्नामा परि मृत्यु हुनेहरुमा

संजिब कार्की,

इश्वर पोखरेल कनपा ५,

विष्णु कार्की, ३५रानीवास ६,

विवेक बराल,२७ वाशेश्वर ७,

मदन श्रेष्ठ,३८ रानीचुरी, २ ,

यूवराज श्रेष्ठ,२८ वाशेश्वर ७,

वीरबहादुर मुदेल,३८, रानीचुरी, ७,

पुर्णबहादुर आले ३३ भद्रकाली ३,

राजेश ढकाल,६, कनपा ४,

खुशबहादुर श्रेष्ठ,१९ भिमेश्वर ८,

श्याम विक,१३ कनपा ४,

सिंहबहादुर खड्का, ३० उदयपुर ४,

यसु जर्घामगर १० तीनकन्या ८,

सिता गौतम, ३० डाडीगुराँसे ६,

संगिता घनामगर १८, लाम्पान्टार ४,

शुशिला विक,२५ कनपा ४,

कृतिका श्रेष्ठ,१० धुलीखेल,५,

सरोज घनामगर,११, लाम्पान्टार,४,

प्रमिला श्रेष्ठ,१२ भिमस्थान,५

राकेश ढकाल, १०,कनपा ४,

चन्द्रगोपाल श्रेष्ठ, ३६, धुलीखेल ५,

विकास परियार,२५, कनपा ३,

प्रेम थापामगर, ३५ भद्रकाली ३,

लालबहादुर लुङ्गेलीमगर,३०,

रतनचुरा ९,

भवानी अधिकारी, ३६ भक्तपुर,

अन्जु ढकाल, २७ कनपा ५,

रहेको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा रहेका ७ जना डिस्चार्ज भएका छन् भने दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

भोली विहान आफन्तलाई लाश बुझाइने ।

अन्यको सनाखत हुन भएको छैन । बसका छतमा समेत यात्रु बसेका थिए । छतबाट हाम फालेर केही यात्रुले ज्यान जोगाएका थिए ।

दुर्घटनामा घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सिन्धुलीकै डाँडी गुरासे ६ का २४ वर्षे बद्री गौतम उनको ६ वर्षे छोरी रञ्जीता गौतम, तीनकन्या ८ की ३६ वर्षे स्मिता श्रेष्ठ, बन्दीपुर ९ की करुणा तामाङ, रानीखोलाका कुबेर मगर, रत्नचुरा ९ की ३० वर्षे जानुका श्रेष्ठ, सिद्धेश्वरका बाबुलाल योञ्जन र भद्रकाली २ चियाबारीका २८ वर्षे ज्ञानेन्द्र गुर्मछान मगरको धुलिखेलमा उपचार भइरहेको छ ।

यसैगरी भद्रकालीकै २५ वर्षे हिमाल तामाङ, सिन्धुली ८ का २५ वर्षे कपिल पोखरेल, काभ्रेको पात्लेखेत ८ का ३० वर्षे जेठो मिजार, रामेछाप खिम्ती ६ की ३२ वर्षे कल्पना दर्जी, काठमाडौ हाडीगाउँकी आस्था श्रेष्ठ, रामेछाप कठजोर १ का २८ वर्षे रमेश खत्री, र सोही स्थानकी १ वर्षे सृष्टि के.सीको धुलिखेलस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक