20111014

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल

अन्तराष्ट्रिय कलाकार मंचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै एन आर एन को अध्यक्षमा निर्बिरोध निर्बाचित जीबा लामिछानेलाई बधाई दिदै एन आर एनहरुको हक र हितकालागी सक्रिय भै काम गर्न शुभकामना दिनुभएको छ। आफ्नो परम मित्र लामिछाने यस्तो गरिमामय पदमा निर्बाचित भएकोमा खनालले अत्यन्त खुशी ब्यक्त गर्दै लामिछानेको सफल कार्यकालका लागि कामना पनि गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल भएको छ । जीवा लामिछाने निर्विरोध ढंगले अध्यक्ष चुनिएका छन् । अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष देवमान हिराचनले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मतिको वातावरण बनेको हो । यसअघि दुई जना उम्मेदवार रहेका कारण पहिलोपटक अध्यक्ष पदमा चुनाव हुने सम्भावना बढेको थियो । सबैको दवाब र आग्रहपछि हिराचनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गरेको दावीबाट पछि हटेका छन् । एनआरएनएको विषयमा बिहीबार भएको घटना अतिरञ्जित तरिकाले बाहिर आएपछि त्यसले आफूलाई दुःखी बनाएको र संघको एकताका लागि आफूले आफ्नो दावी छाडेको हिराचनले प्रतिक्रिया दिएका छन् । उनले एनआरएनएले गरेको सहमतिले नेपाली राजनीतिक दललाई पनि सन्देश दिने बताए । त्यस्तै,निर्विरोध भएपछि लामिछानेले स्थापनाकालदेखि आफूहरुसंगै रहेको र फेरि पनि एकताको सन्देश गएको बताए । उनले एनआरएनएको
लक्ष्य हासिल गर्न संगसंगै अगाडि बढ्ने जनाए । उनले भने-'विगतमा पनि हामी संगै थियौं,भोलि पनि संगै रहने छौं, हामीबीच कुनै मतभेद छैन ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक