
निर्माता लगायत प्रशासकहरुलाई नेपाली संगीत वारे जानकारी होस भन्ने उदेश्यले राजदूतावासले आजको कार्यक्रमको आयोजना गरेको थियो l अमेरिकी सदनमा नेपाल सरोकार समुह ‘ककस’ बनेको र यस मार्फत नेपाल सम्बन्धि आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रको जानकारी दिने उदेश्य अनुरुप नेपाली लोक बाजा (सांस्कृतिक पक्ष) को जानकारी दिन आजको कार्यक्रम आयोजना गरिएको कुरा अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले बताउनु भयो l अमेरिकी संसद भवन ‘क्यापिटल हिल’ को ‘ रेबर्न विल्डिङ’ मा आयोजित उक्त सांगीतिक कार्यक्रममा ‘कुटुम्व’ का अरुण मानन्धर, किरण नेपाली, पबित महर्जन, राजु महर्जन, रविन कुमार श्रेष्ठ र सिदार्थ महर्जनले करिव एक घण्टा नेपाली लोकबाजाको सुमधुर धुन प्रस्तुत गर्नु भयो l ‘कुटुम्व’ समुहका ब्यबस्थापक अरुण गुरुङले ध्वनि नियन्त्रणको कार्यभार सम्हाल्नु भयो l
अमेरिकी नीति निर्माता सामु आफूहरुले आफ्नो संगीत प्रस्तुत गर्न पाएकोमा ‘कुटुम्व’ का पबित महर्जनले नेपाल मिडिया क्याफेसंग भन्नु भयो ” हामीले बिभिन्न क्षेत्र र समुदायमा कार्यक्रम गरेका छौ, आज अमेरिकी नीति निर्मातालाइ हाम्रो संगीत मज्जाले प्रस्तुत गर्यौ l खुशी लागेको छ l ” कार्यक्रममा पहिलो धुनमा अलि खुल्न नसकेको ‘कुटुम्व’ दोस्रो देखि ‘फर्म’ मा आउनुको कारण सुरुमा अलिकति यता उता भएको तर तुरुन्त आफुमा हामीले हाम्रो देशको धुन प्रस्तुत गर्नुछ भन्ने कुराले ‘फर्म’ मा ल्याएको कुरा महर्जनले स्पष्ट पार्नु भयो l
अमेरिकी सदनमा ‘नेपाल ककस ‘ बनेको बेला अमेरिकी नीति निर्मातालाई नेपालको लोक धुनको जानकारी गराउ भनेर राजदूतावाससंगको सहकार्यमा आज अमेरिकी नीति निर्माता लगायत नेपालप्रति सरोकार राख्ने अमेरिकीहरुलाई लक्षित गरि कार्यक्रम गरिएको कुरा ‘कुटुम्व सर्वोदय अमेरिका’ का डीसी संयोजक कृष्ण देशारले एनयमक्याफेलाइ जानकारी दिनुभयो l


सेप्टेम्वर १६ देखि अक्टुवर २४ सम्म अमेरिकाका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्न अमेरिका आइपुगेको ‘कुटुम्व’ समुहले आउदो आइतवार १६ अक्टुवरको साँझ भर्जिनियाको अलेकजेण्डरियामा कार्यक्रम प्रस्तुत गर्ने छ l - Photos by Nepali embassy DC/ News by Nepalhorizons
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक