20111015

सत्र हजार मान्छे मार्ने माओवादीका दोस्रा ठुला नायक बाबुरामले हत्यारा मन्त्री प्रभु शाहलाई काखी च्यापेको भन्दै जताततै आन्दोलन

हत्यामा संलग्न भूमिसुधार मन्त्री प्रभु साह र राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिएका रक्षा मन्त्री शरदसिंह भण्डारीलाई नहटाएसम्म प्रतिपक्षहरुले सदन चल्न नदिने !
वीरगन्जका काशीनाथ तिवारीको हत्यामा संलग्न भएको आरोप लागेका भूमिसुधार मन्त्री प्रभु साह र राष्ट्र टुक्र्याउने अभिव्यक्ति दिएका रक्षा मन्त्री शरदसिंह भण्डारीलाई नहटाएसम्म प्रतिपक्षहरुले सदन चल्न नदिने भएका छन्। अपराधको आरोप लागेका भूमिसुधार तथा व्यवस्थामन्त्री साह एवम् मुलुक टुक्र्याउने
अभिव्यक्ति दिने रक्षामन्त्री भण्डारीलाई कारबाहीको माग गर्दै विपक्षी दल कांग्रेस एमाले र अन्य प्रतिपक्षले बिहीबारको संसद् अवरोध गरेपछि व्यवस्थापिका संसद्को बैठक २९ गतेसम्मका लागि स्थगित भएको छ। एमालेका नेता भीम आर्चायले दुई मन्त्री साह र भण्डारीको राजीनामाका बारेमा प्रधानमन्त्रीले जानकारी नगराउँदासम्म सदन चल्न नदिने जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगित गर्नुभएको हो। कांग्रेस र एमालेका सभासद्हरु सदनमा उभिएर नबसेपछि सभामुखले सदन स्थगित गर्नुभएको थियो। दशैंको लामो सार्वजनिक बिदापछि बिहीबार संविधान-सभा भवन नयाँ बानेश्वरमा बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै कांग्रेस र एमालेका शीर्ष नेताहरुले प्रहरीले गरेको अपराधसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको भन्दै भूमिसुधार मन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन्। उनीहरुले अपराधमा संलग्न भूमिसुधार मन्त्री साह र तराईका २२ जिल्ला टुक्र्याउने भनेर अभिव्यक्ति दिने रक्षामन्त्री भण्डारीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले हत्यामा संलग्न भूमिसुधार मन्त्री साहलाई सरकारले संरक्षण गरेर राखेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो- सानालाई ऐन ठूलालाई चैनको उखान भएको छ। प्रधानमन्त्री डा. भट्टराई अपराधीको सिरानी बन्नुभएको छ। शुरुमा सानातिना काम गरेर देखाउन खोजेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई हत्याआरोपित साहलाई संरक्षण गर्नमा लागि परेको भन्दै पोडेलले भन्नुभयो- प्रभु साहजीका बारेमा सबै कुरा छर्लङ्ग भएको छ। उहाँ आरोपी भएको सबै किसिमबाट पुष्टि हुँदैछ। कांग्रेस नेता पौडेलले भन्नुभयो- ८ लाख रकम परिवारलाई दिएर अपराधलाई लुकाउन खोजिएको छ।

हत्यामा आरोपित मन्त्री साहले कानुनी राज्यको खिल्ली उडाएको भन्दै कांग्रेस नेता पौडेलले भन्नुभयो- मन्त्रीजीलाई पदमा राखेर मुद्दालाई ढाकछोप गर्ने प्रधानमन्त्रीको पनि संलग्नता छ। कांग्रेस नेता पौडेलले मुलुकको रक्षा गर्ने रक्षामन्त्री भक्षक भएको भन्दै पदबाट हटाउन माग गर्नुभयो। उहाँले २२ जिल्ला टुक्र्याउने कुराका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको बताउनुभयो।

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद् बालकृष्ण ढुङ्गेलको मुद्दा फिर्ता लिने समाचारको विरोध गर्दै पौडेलले मानव अधिकार कानुनी शासनको उल्लंघन गर्ने काम वर्तमान सरकारले गरेको बताउनुभयो। प्रधानमन्त्री बाबुराम भट्टराईले कब्जा सम्पत्ति फिर्ता गर्ने घोषणा गरेलगत्तै कालिकोटमा कांग्रेस सभापतिको सम्पत्ति बिक्री गरेको भन्दै विरोध गर्नुभयो।

नेता पौडेलले काठमाडौंको घण्टाघरको अगाडि फैजल अहमदको हत्या भएको भन्दै मुलुकमा शान्तिसुरक्षामा ठूलो चुनौती बढेको बताउनुभयो। उहाँले देशभरि एकपछि अर्को गरेर शान्तिसुरक्षाको अभावका घटनाहरु बढेको आरोप लगाउनुभयो। कांग्रेसले शान्ति र संविधानमा सहयोग गर्ने भनेर माओवादी र प्रधानमन्त्रीलाई पटकपटक भने पनि कुरा नसुनेको पौडेलको आरोप थियो।
उहाँले माओवादी र वर्तमान सरकारले देखावटी कुरामात्रै गरेर जनतालाई शान्ति र संविधानमा झुक्याएको आरोप लगाउनुभयो। ४५ दिनभित्र शान्तिप्रकि्रयामा ठोस निर्णय गर्ने भनेर जनतालाई झुक्याएको बताउनुभएका पौडेलले अहिलेसम्म त्यस विषयमा कुनै कुरा हुन नसक्नु राष्ट्रलाई ढाँटेको बताउनुभयो।

एमाले अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनालले मुलुकका अपराधीलाई वर्तमान सरकारले संरक्षण गरेको आरोप लगाउँदै गम्भीर प्रकृतिका मुद्दा सरकारले निर्णय गरेर फिर्ता गर्न नपाउने बताउनुभयो। उहाँले मानव अधिकार उल्लंघन गर्ने व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो।
मुलुकमा बढेका घटनाक्रमले शान्ति र संविधानलाई अवरोध गरिरहेको भन्दै उहाँले मुलुक टुक्र्याउने अभिव्यक्ति दिने रक्षामन्त्री शरदसिंह भण्डारी र अपराधमा संलग्न भूमिसुधार मन्त्री प्रभु साहले गर्दा सदनको गरिमा खस्केको बताउनुभयो। मन्त्री साहलाई प्रहरीले दोषी ठहर गरेको उल्लेख गर्दै उहाँले अपराधको अनुसन्धान राजनीतिक दलले गर्दैन भन्नुभयो।

सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले तराईमा पहाडियाको औंला काट्ने भनेर दिनुभएको अभिव्यक्तिको चर्को विरोध गर्दै खनालले राष्ट्रियताका सबालमा कसले कति योगदान गरेको छ भन्नेकुरा बुझ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो- ँराजेन्द्र महतोले मेरो औंला कसरी काट्छन् हेरांैला।’ अध्यक्ष खनाल र नेता पौडेलले ४५ दिनमा सेना समायोजन गर्ने भन्ने अनि अहिले केही नहुने भएपछि सहमति भएको ४५ दिनपछि पो भनेको हु भनी राष्ट्रलाई ढाँट्ने प्रधानमन्त्रीलाई के भन्ने भन्दै आपत्ति जनाउनुभयो।

एकीकृत माओवादीका नेता सभासद् दीनानाथ शर्माले सरकारमा रहेका जिम्मेवार पदमा बसेका व्यक्तिबाट राष्ट्रियताका विपक्षमा सार्वजनिक अभिव्यक्ति दिनेहरुलाई कारबाही गर्न माग गर्नुभयो। उहाँले भन्नुभयो- राष्ट्रियता विपरीतका अभिव्यक्ति नआओस् त्यस्ता अभिव्यक्ति दिनेलाई सरकारले छिटोभन्दा छिटो कारबाही गरोस्। भूमिसुधार मन्त्री प्रभु साहमाथि लागेको अपराधको आरोपको घटना निराधार रहेको दाबी गर्दै शर्माले त्यसलाई राजनीतीकरण गरेको आरोप लगाउनुभयो। उहाँले घटनाका सम्बन्धमा थप छानबिन आवश्यक रहेको भन्दै काशी तिवारीको हत्याका आरोपीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो।

सदनमा कांग्रेस सभासद् रामशरण महतले माओवादी शान्तिप्रक्रियामा आएदेखि दण्डहीनताले प्रश्रय पाएको आरोप लगाउनुभयो। उहाँले मुलुकमा अब रामहरि श्रेष्ठ काण्ड दोहरिन नहुने बताउनुभयो। प्रधानमन्त्री बाबुराम भट्टराईले अपराधीलाई सरकारमा लुकाएर राखेको भन्दै महतले माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सहमतिपछि दण्डहीनताले झनै प्रश्रय पाएको बताउनुभयो। उहाँले भन्नुभयो- दण्डहीनताको जरो चारबुँदे सहमति हो मन्त्री साहलाई प्रहरीले किटानी जाहेरी गर्दा पनि मन्त्रीलाई कारबाही भएन। उहाँले रक्षामन्त्रीको तराई टुक्र्याउने अभिव्यक्तिले मधेस र मधेसीको भावनामा कुठाराघात भएको बताउनुभयो। सभासद् महतले भन्नुभयो- ँमधेसमा राष्ट्रवादी भावना पहाडियाको भन्दा कम छैन शरदसिंह जस्ता मान्छेले बुझे हुन्छ।

राजेन्द्र नाम गरेको मन्त्रीले दशैंमा पैसा वितरण गर्दा पनि प्रधानमन्त्री चुपलागेर बस्नुभएको छ -महतले भन्नुभयो- सभासद् बालकृष्ण ढुङ्गेल र कालिबहादुर खामलाई माओवादीले संरक्षण गरेको छ। माओवादीद्वारा रक्षामन्त्री भण्डारीको राजीनामा माग सत्तारुढ एकीकृत नेकपा माओवादीले पनि तराईका २२ जिल्ला टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री शरदसिंह भण्डारीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

माओवादी संसदीय बोर्डको बिहीबार बिहान संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले रक्षामन्त्री भण्डारीको राजीनामा माग गरेर संसद्मा आवाज उठाउने निर्णय गरेको मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो। माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले यसअघि मन्त्री भण्डारीलाई पदबाट हटाउन माग गर्दै सडक आन्दोलनसमेत गरिसकेको छ। बैठकमा व्यवस्थापिका संसद् बैठकमा शान्ति र संविधान लेखनका विषयमा एउटै धारणा लिएर जाने सहमति पनि गरेको छ। माओवादीमा दुई अलगअलग समूह रहेका कारण शान्ति र संविधानका विषयमा फरक धारणा आउँदा पार्टीभित्र विवाद सिर्जना भएको थियो।

माओवादीले आ७३टछछघघसना केन्द्रीय सदस्यसमेत रहेका भूमिसुधार मन्त्री प्रभु साहमाथि राजनीतिक प्रतिशोधका आधारमा हत्या अभियोग लगाइएको ठहर गरेको छ। संसदीय बोर्डले कसैले भनेका आधारमा मन्त्री साहलाई राजनीतिक प्रतिशोधका लागि हत्या मुद्दा लगाउन नमिल्ने निर्णय गरेको सचिव गजुरेलले उल्लेख गर्नुभयो। मन्त्री साहलाई वीरगन्जमा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको हत्या अभियोग लागेको छ। माओवादी पदाधिकारी बैठकले पनि पार्टीको आन्तरिक विवाद र सरकारबारे कसैले पनि सार्वजनिक अभिव्यक्ति दिन नपाउने निर्णय गरेको थियो। संसदीय बोर्डले त्यसलाई अनुशरण गरेको छ।
हिन्दु सङ्घसंस्थाका प्रतिनिधिले हिन्दु युवा सङ्घका पर्साका तत्कालीन जिल्ला अध्यक्ष काशीनाथ तिवारी हत्या प्रकरणमा दोषी ठहरिएका भूमिसुधारमन्त्री प्रभु साहलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।  हिन्दु धर्मसम्बन्धी विभिन्न १४ सङ्घसंस्थाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनीहरूले एकपछि अर्को गर्दै धार्मिक क्षेत्रमा आस्था राख्नेमाथिको आक्रमण धर्मनिरपेक्षताकै दुष्परिणाम भएको ठहरसमेत गरेका छन्। प्रहरी अनुसन्धानबाटै दोषी देखिएका भूमिसुधारमन्त्री साहलाई जिल्ला सरकारी वकिल कार्यालयले दिएको उन्मूक्तिको निर्णयप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्।  राष्ट्रिय धर्म जागरण अभियानका महासचिव भरतराज पोखरेलले पर्सा जिल्ला सरकारी वकिलले स्वयम् न्यायाधीश बनेर गरेको निर्णय सरासर अधिकारको दुरूपयोग भएको र अपराधलाई ढाकछोप गर्न लाखौँ रूपैयाँको चलखेल भएकोले अपराधीलाई न्यायालयको कठघरामा नउभ्याउँदासम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिऐ। 
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने नैतिक आधार नभएको बताएका छन्। नेकपा एमाले  निर्वाचन क्षेत्रीय कमिटी काठमाडौँ ३ द्वारा शनिबार जोरपाटीमा आयोजित 'पूर्वोत्तर पाइलाहरु' पुस्तक विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन्। उनले भने– अहिलेको सरकार अनेक प्रकारका अपराधकर्म बोकेको व्यक्तिहरु बसेको सरकार हो।  सरकारकै अङ्ग नेपाल प्रहरीले दिएको प्रतिवेदनको आधारमा पनि भूमिसुधार मन्त्री प्रभू साहलाई पदबाट नहटाई उल्टै महान्यायाधिवक्तामार्फत मुद्दा नचलाउन दबाब दिनुले हत्याकाण्डमा प्रधानमन्त्रीकै संलग्नता पनि छ कि भन्ने आशङ्का जन्माएको पनि उनले बताए। रक्षामन्त्री भएर फौजको नेतृत्व गर्ने शरत्सिंह भण्डारीले राष्ट्र टुक्र्याउने धम्की दिनु गैरजिम्मेवारपनाको पराकाष्ठा भएको उनले बताए। भ्रष्टाचारको आरोपमा सर्वोच्चमा मुद्दा खेपिरहेका व्यक्तिसमेत अहिलेको मन्त्रिमण्डलमा रहेको उनले बताए। विवादास्पद अभिव्यक्ति दिने मन्त्रीहरुले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताउँदै इतिहासमै कमजोर बैशाखी टेकेको सरकारमा एमाले सहभागी नहुने बताए। नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्यले राष्ट्रियता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री र हत्याको आरोपी लागेका भूमिसुधारमन्त्रीलाई बर्खास्त नगरेसम्म ब्यवस्थापिका संसदको बैठक सुचारु हुन नदिने भन्दै यस्तै अवस्था कायम रहे प्रधानमन्त्रीको समेत राजिनामा माग्ने चेतावनी दिए। 

आचार्यले भने–देश टुक्राउने कुरा गर्ने र आफ्नै सरकारी संयन्त्रले हत्याको आरोप लगाएको मन्त्रीलाई पदबाट बर्खास्त नगरेे हाम्रो संघर्ष जारी रहन्छ। अटेर गरेर बसे प्रम पनि राष्ट्रघाती र अपराधमा संलग्न भएको ठहर्छ त्यसबेला हामि प्रधानमन्त्रीकै राजिनामा माग्छौ र नयाँ सरकार बन्छ। उनले रक्षा गर्नु पर्नेले राष्ट्र टुक्राउने कुरा गर्ने भन्दै उनले रक्षामन्त्री एमालेलाई कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे।

आचार्यले बाबुराम भट्टराई नेतृत्वको सरकारमा कुनै पनि हालतमा एमाले सहभागी नहुने ठोकुवा गर्दै दलहरुवीच सहमति बनेपनि अर्को  पुर्नगठित सरकार बन्ने दावी गरे। 

अहिलेको सरकारले शान्ति र संविधान निर्माणमा एक ईन्च पनि काम गर्न नसकेको भन्दै आचार्यले नेपाली सेनाको मापदण्ड अनुसार शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी तयार भए सबै विवाद मिल्ने विश्वास ब्यक्त गरे। उनले प्रधानमन्त्री र सरकार मुल मुद्दालाई छाडेर साना तिना कुरा गरेर सस्तो लोकप्रियता हासिर गर्न लागेको दावी समेत गरे। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक