20111030

अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा अमेरिकाको डिसीमा १०२ औँ लक्ष्मी जयन्ती तथा पुरस्कार बितरण समारोह

कोलोराडो च्याप्टरद्वारा महाकबि लक्ष्मी प्रसाद देवकोटाको १०२ औँ जन्म जयन्ति तथा बरिष्ठसाहित्यकार , कबि शैलेन्द्र साकार र बरिष्ठ गायक, संगीतकार, लेखक हिरण्य भोजपुरे सम्मान कार्यक्रम

लक्ष्मीप्रसाद देवकोटाको १०२ औं जयन्तीका अवसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाजले यस वर्ष विभिन्न तीन विधाका सर्जकहरुलाई पुरष्कार प्रदान गरेको छ | आइतवार यहाँ आयोजित
सर्वोत्कृष्ठ पुरष्कार वितरण समारोहमा समाजले यस वर्षको अनेसास महिला साहित्य पुरष्कार स्मृतिमा भीमु कृतिका लागि बोष्टनकी भारती गौतमलाई प्रदान गर्यो भने हजार वर्षको निद्रा कृतिका लागि भुपिन ब्याकुल र धवलागिरी अंचलमा बसेर नेपाली लोक साहित्यको योगदान गरे वापत भन्दै नरबहादुर बिसीलाई पनि पुरस्कार प्रदान गरेको छ | साहित्यकार बालकृष्ण भट्टराईलाई नेपाली साहित्यमा उहाँको योगदानको कदर भन्दै सम्मान गरेको छ | कार्यक्रममा समाजका सस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीको कविता कृति प्रेम दिवस, गंगा लिगलको पत्र मन्जुषा र डाक्टर मोहनप्रसाद जोशीको कविता संग्रह ठाउँ कहाँ छ नामक तीन छुट्टाछुट्टै कृतिको पनि विमोचन गरिएको थियो | कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पुरष्कृत सर्जकहरुलाई पुरष्कार र कदर पत्र एवं सार्वजनिक गरिएका कृतिहरुको विमोचन गर्नु भएको थियो | कार्यक्रममा पुरष्कृत सर्जकहरु,विमोचित कृतिका सर्जकहरु,सम्मानित व्यक्तित्व र अन्य केही अतिथिहरुले पनि बोल्नु भएको थियो |

कार्यक्रम संयोजक एवं आइएनएलएस अन्तर्राष्ट्रिय समितिकि महासचिव गीता खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीले समाजका विभिन्न पुरष्कार र अन्य कार्यहरुका बारे चर्चा गर्नु भएको थियो | उहाँका अनुसार समाजले विभिन्न विधामा हाल १८ वटा पुरष्कार प्रदान गर्दछ भने विश्वका ५२ देशमा शाखा गठन भैसकेको समाजमा ७२ राष्ट्रका साहित्यप्रेमीहरु सदस्यको रुपमा आवद्ध छन् | समाजले हालसम्म ८० वटा विभिन्न विधाका कृतिहरु प्रकाशित गरिसकेको छ | कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राजदूत शर्माले समाजका कार्यहरुको सराहना गर्नुभयो | उहाँले नेपाली साहित्यमा महाकवि लक्ष्मीरसद देवकोटाको योगदान महत्वपूर्ण रहेको धरान व्यक्त गर्नुभयो | अनेसास डिसी मेट्रो च्याप्टरका महासचिव विजय थापाले संचालन गरेको कार्यक्रममा विभिन्न महानुभावलाइ कदर पत्र समेत प्रदान गरिएको थियो | समाजका डिसी मेट्रो क्षेत्रका सभापति प्रकाश नेपालले स्वागत गर्नु भएको कार्यक्रममा खेम भट्टचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो | साहित्यकार वसन्त श्रेष्ठले महाकवि देवकोटाको व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो भने लोक गायक रामप्रसाद खनालले महाकवि देवकोटाको यात्री कवितालाई गीति लयमा गाउनुभएको थियो |

कार्यक्रमको आरम्भमा देवकोटाको तस्विरमा माल्यार्पण समेत गरिएको थियो | कार्यक्रममा डा. शालिकराम पौडेल, लक्ष्मण सत्याल, राम बस्याल, कल्पना सत्याल, होमनाथ सुवेदी, बिमला निरौला, डा. मोहनप्रसाद जोशी,रामप्रसाद खनाल, गीता पन्थ, प्रकाश नेपाल, विवेचना निरौला,रजनी श्रेष्ठ,गीता खत्री, भुपिन व्याकुल,बालकृष्ण भट्टराई लगायतले आ आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो










































 

























.ने.सा. कोलोराडो च्याप्टरद्वारा महाकबि लक्ष्मी प्रसाद देवकोटाको १०२ औँ जन्म जयन्ति तथा बरिष्ठसाहित्यकार , कबि शैलेन्द्र साकार बरिष्ठ  गायक, संगीतकार, लेखक हिरण्य भोजपुरे सम्मान कार्यक्रम  

- आचार्य प्रभा/ डेन्भर (कोलोराडो)
अक्टोबर २९ / हरेक बर्ष झैं यो बर्षको देवकोटा जयन्ति पनि .ने.सा..कोलोराडो च्यापटरले बडो भब्यताको साथ यही शनिबार अक्टोबर २९ का दिन मनायो तारा अधिकारीको उद्घोषण तथा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वबाट संचालित उक्त कार्यक्रमको प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो आसन ग्रहण गर्नुहुनेहरुमा बरिष्ठ साहित्यकारहरु कबि श्री शैलेन्द्र साकार ज्यू, गजलकार मनु ब्राजाकी, बरिष्ठ लोक गायक तथा संगीतकार, लेखक श्री हिरण्य भोजपुरे, डा.बिजय राज शर्मा (पूर्व  सल्लाहाकर .ने.सा..कोलोराडो च्यापटर) रक्की माउण्टैन फ्रेण्ड्स अफ नेपालका सचिव प्रेमकुमार श्रेष्ठ हुनुहुन्थ्यो कार्यक्रमको दोश्रो चरणमा स्व. देवकोटाको तस्बिरमा माल्यांर्पणको कार्यक्रम थियो आचार्य प्रभाको स्वागत मन्तब्य पश्चात नेपालको राष्ट्रिय धुनको साथमा शैलेन्द्र साकार ज्यू मनु ब्राजाकी ज्यूको बाहुलीबाट देवकोटाको तस्बिरबाट ब्यानर उत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो कार्यक्रमको अर्को प्रस्तुतिमा गायक मनोज तुलाधारले देवकोटाद्वारा सिर्जित "कुन मन्दिरमा जान्छौ यात्री" बोलको गीत गाएर सबै आगन्तुकहरुलाइे मुग्ध बनाउँनु भएको थियो त्यस्तै डा. बिजय राज शर्माले महाकबि देवकोटा बारे प्रकास पार्नु भएको थियो यसरी देवकोटाको अविस्मरणिय दिनको अवसर पारेर .ने.सा. कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाले देवकोटाको आफ्नै आवाज देवकोटाबारे पुराना केही झलकहरु पनि साहित्यप्रेमीहरु माझ प्रस्तुत गर्नु भएर सबैलाइे अझ देवकोटाप्रति श्रद्धाभाव जगाइेदिनु भएको थियो । कार्यक्रमकै मध्यान्तरतिर बरिष्ठ साहित्यकार श्री शैलेन्द्र साकारको ब्यक्तित्व तथा कृतित्वको चर्चा तारा अधिकारीले गर्नु हुँदै वहाँलाई गजलकार मनु ब्राजाकीको बाहुलीबाट सम्मान पनि गरिएको थियो सोही अवसरमा साहित्यकार शैलेन्द्र साकारले आफूलाइे कोलोराडो च्याप्टरले यसरी सम्मान गरेकोमा आफू प्रवासमै  भए पनि गर्व भएको यो च्याप्टरप्रति आफू कृतज्ञ भएको बताउँनु भयो       

सम्मानकै क्रममा बरिष्ठ गायक तथा लेखक हिरण्य भोजपुरे ज्यूको पनि ब्यक्तित्व कृतित्वको संक्षिप्त परिचय सहित साहित्यकर मनु ब्राजाकीद्वारा नै  सम्मान गरिएको थियो भने सोही क्रममा गायक हिरण्य भोजपुरे ज्युले पनि आफूलाइे यसरी एउटा देशकै हस्ती लेखकको रुपमा कोलोराडो च्याप्टरले सम्मान गरेकोमा आफू प्रफुल्लित बन्दै यो च्याप्टरप्रति अनुग्रिहित बनेको बताउँदै आफूले गाएको पुरानो गीतको दुई लाइेन " ट्याक्सी गुडाउँदै, बाइेरोडको बाटोमा धुलो उडाउँदै" गाएर सम्पूर्ण उपस्थित महानुभावहरुलाइे अतितमा डुबाइेदिनु भएको थियो यसरी बिभिन्न कार्यक्रमहरुको सँगमबाट तयार गरिएको उक्त जयन्तिमा प्रत्येक महिना हुँदै आइेरहेको साहित्य सँगमको कबि गोष्ठीलाई आयोजना गरेर सहयोग गर्नु हुने आयोजकहरुलाइे पनि अध्यक्ष पदम विश्वकर्मा ज्यूबाट प्रमाण पत्र बितरण भएको थियो भने .ने.सा..का नव आजीवन सदस्यहरुलाइे पनि डा.बिजयराज शर्माद्वारा खादा ओडाइे सम्मान प्रमाण पत्र बितरण भएको थियो कार्यक्रमकै शिलशिलामा पुरानी गायिका तथा कबयित्री उर्मिला श्रेष्ठज्यूले पनि देवकोटा बारे केही मन्तब्य दिनुभएको थियो कार्यक्रममा निम्न कबि कबयित्रीहरुले -आफ्ना रचना पाठ गर्नु भएको थियो मनु ब्राजाकी, शैलेन्द्र साकार, हिरण्य भोजपुरे, कपिल सुबेदी, बासु देव खनाल, भुपेन्द्र महत, डा बिजय राज शर्मा, बिजय देव अधीकारी, प्रमिला शर्मा, आचार्य प्रभा, रामचन्द्र सापकोटा, निर्मला शर्मा, सम्मुनत लामिछाने, सम्झना आचार्य, राजु सिटौला, तारा अधिकारीले  देवकोटाकै श्रीजना बाचन गर्नु भएको थियो सदा झैं यस् कार्यक्रममा तस्बिरहरु लिइेदिएर क्यामेरा म्यान शैलेस पोख्रेल ज्यूले यो च्याप्टरलाइे ऋणी बनाउँनु भएको थियो भने राजेन्द्र सिग्देल ज्यूले पनि प्राविधिक कुरामा सहयोग गर्नु भएको थियो त्यस्तै गरेर श्रीमती कमला विश्वकर्माज्यु, सम्झना आचार्य, शिरिष भोजपुरे, साश्वत पौडेल, सुदिप प्याकुरेलज्यूले पनि कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु भएको थियो कार्यक्रमको अन्त्यमा अध्यक्ष श्री पदम विश्वकर्माज्यूले सम्पूर्ण आगन्तुक बर्ग सहयोगी महानुभावहरुप्रति आभार ब्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो कार्यक्रमको अन्त्यमा स्न्याक्स पानीको ब्यवस्था गरिएको थियो । 






 

इजरायलमा १०२औं देवकोटा जयन्ती तथा “ममताको आँचल” विमोचन कार्यक्रम सम्पन्न 
- हरि मानन्धर 
सन २०११ अक्टोबर २९ तारिखका दिन अनेसास इजरायल च्याप्टरको आयोजनामा इजरायलको तेलअभिव शहर स्थित माल्का वेवीकेयरको हलमा १०२औँ देवकोटा जयन्ती तथा इजरायली भूमिमा रहेर नेपाली साहित्य लेखनमा लागिरहनु भएकी सक्रिय साहित्यानुरागी तथा अनेसास इजरायल च्याप्टरकी कार्यकारी सदस्य श्रीमति सुमित्रा पौडेलको दोश्रो कृति गिती कवितासङ्ग्रह “ममताको आँचल” अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापा, अनेसास केन्द्रिय सचिव हरि मानन्धर, सर्जक सुमित्रा पौडेल, अनेसास इजरायल च्याप्टरकी सदस्य श्रीमति दिप्स शाहद्वारा संयुक्त रूपमा विमोचन गरियो । उक्त कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्व, अनेसास केन्द्रिय समितिका सचिव हरि मानन्धरको प्रमुख आतिथ्य तथा अनेसास इजरायल च्याप्टरका सल्लाहकार श्याम रोक्काको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम अनेसास इजरायल च्याप्टरका कोषाध्यक्ष सुमन कार्कीद्वारा निकै रोमाञ्चित वातावरण सिर्जना गर्दै उपस्थित सबैको अनुहारमा हाँसो भर्दै सञ्चालन गर्नुभएको थियो । नेपाली राष्ट्रिय गीत बजाएर कार्यक्रमको प्रारम्भ गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथिद्वारा लक्ष्मीप्रसाद देवकोटाको फोटोमा अवीर तथा फूलमालाले माल्यार्पण सँगै मैनबत्ति जलाईएको थियो । त्यसै गरि उपस्थित सम्पूर्ण साहित्यिक मनहरूद्वारा देवकोटालार्इ अवीर तथा फूलमाला चढाएर देवकोटाको जन्मजयन्तीको अवसरमा उहाँको साहित्यिक देनहरूलाई सम्झना गरिएको थियो । कार्यक्रममा लक्ष्मी भट्टराई द्वारा आगन्तुक सम्पूर्ण नेपाली साहित्यानुरागीहरूलार्इ मिठो शैलीले स्वागत गर्नुभएको थियो भने कृतिकार सुमित्रा पौलेलद्वारा कृति यहासम्म आइपुग्नुको बारेमा प्रकाश पादै अगाडि बोल्नुभयो – "मेरा परम आदरणीय बुवा तथा स्वर्गीय आमामा नमन गर्दै मलाई यो धर्तीमा जन्म दिएर उहाँहरुले दिनु भएको शिक्षा, ज्ञान र आशिर्वादबाट आज म यो स्थानसम्म आइपुग्दा म आफुलाई अत्यन्तै भाग्यशाली ठानेकी छु । मेरो आमा आज यस धर्तीमा हुनुहुन्न, उहाँ प्रति सप्रेम भक्तिभाव अर्पण गर्नु मेरो परम कर्तब्य सम्झेकि छु । मलाई जन्म दिने बुवाआमा प्रति केही गर्नु पर्छ भन्ने धेयले मेरो आमाको नाउँमा हाल ३ लाखको अक्षय कोष खडा गरि रास्ट्रिय स्तरमा ''दानकुमारी बास्तोला स्मृति प्रतिष्ठान'' स्थापना गर्न गै रहेको जानकारी समेत यस पावन अवसरमा व्यक्त गर्न चाहन्छु ! जसमा साहित्य तर्फ उत्कृष्ट एक कृतिका महिला स्रष्टा र असहाय महिला साथै बालबालिकाको लागि अतुलनीय योगदान पुर्याउने महिला तथा पुरुषलाई अझ बढी हौसला प्रदान गर्नाका लागि आमाको बार्षिक पुण्य तिथिमा हरेक बर्ष पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मलाई आशा एबं बिश्वास छ यसको प्रक्रिया छिट्टै नै पुरा हुनेछ !! कार्यक्रममा कवियित्री दिप्स शाहद्वारा लक्ष्मी जयन्तीको विषय र उहाँले नेपाली साहित्यमा दिनु भएको योगदान नेपाली साहित्याकाशमा ध्रवतारा जस्तै अटल रहेको बताउनुभएको थियो । त्यसरी नै कवियित्री दिप्स शाहले इजरायलमा प्रकाशित “ममताको आँचल” नवौ कृतिको बारेमा बोल्नुहुदै सर्जक सुमित्रा पौडेलको बारेमा तथा पुस्तकको बारेमा समेत प्रकाश पार्नु भएको थियो । पुस्तकको बारेमा बोल्नुहुदै नेपाली साहित्यमा लुप्त हुदै गैरहो छन्दलाई वा प्रयोगमा नआएको छन्दलाई सर्जकले पुनः निरन्तरता दिने हिम्मत गर्नुभएकोमा धन्यवाद दिनुभयो । अगाडि बोल्नुहुदै वहाँले छन्दको प्रयोग गरेर कविता रचना गर्न अति गाह्रो भएकाले कृतिकार सुमित्रा पौडेलले यसरी छन्दबद्ध कवितासङ्ग्रह प्रकाशन गर्नु निकै ठ्लो हिम्मत र सह्रानिय काम हो भन्नुभएको थियो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि हरि मानन्धरद्वारा देवकोटाको अतुलनीय साहित्यिक योगदानलार्इ कदर गर्दै देवाकोटालाइ एकपटक हृदयदेखि धन्यवाद दिनुभयो भने इजरायलमा यसरी कृतिहरू प्रकाशन भैरहँदा इजरायलवासी नेपाली साहित्यप्रेमीहरले नेपाली साहित्याकाशमा ठूलो योगदान दिईरहेको र सुमित्रा पौडेलको प्रकाशित “ममताको आँचल” गिती कवितासङ्ग्रहले नेपाली साहित्यमा एक धरहरा बनेर सफलता पाउनेछ भन्नुभयो । यसैगरि सल्लाहकार तथा अतिथि श्याम रोक्काले यसरी साहित्यमा बढ्दो कृति प्रकाशनले इजरायली भूमिलाई साहित्यको थलो बनाएको र आफुले यस्तो पवित्र कार्यमा आफ्नो हल उपलब्ध गराउन पाउँदा निकै हर्षित भएको बताउनुभयो । उक्त अवसरमा रचनावाचनको क्रममा अतिथि श्याम रोक्काद्वारा गजल, लक्ष्मी भट्टराईद्वारा कविता, भगवती कनेलद्वारा गजल र कवियित्री दिप्स शाहद्वारा कविता वाचन गरिएको थियो । कार्यक्रमको अन्तमा अनेसास इजरायल च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्णपक्षले नेपाली साहित्यमा देवकोटाले दिनुभएको योगदानले नै आज हामी साहित्यमा अगाडि बढिरहेका छौ भन्नु हुदै यसरी अनेसास इजरायल च्याप्टरले दिनानुदिन नेपाली साहित्यलाई बढवा दिने काम गरिरहेकाले इजरायलमा नेपाली साहित्यको भण्डार रहेको बताउनुभयो । अगाडी बोल्नुहुदै उहाँले देवकोटा जयन्तीको अवसरमा मुनामदनबाट प्रेरित स्रुमित्रा पौडेलद्वारा तिनै झ्याउरे लयमा संकलित कविताहरू विमोचन गर्न पाउँदाको खुशी ब्यक्त गर्नुभयो । कार्यक्रमको समापनसँगै सर्जक सुमित्रा पौडेलले आयोजना गरेको रात्रीभोजमा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरू सरिक हुनुभएको थियो ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक