20111104

पोल्यान्ड देशमा पनि बन्यो अन्तराष्ट्रिय कलाकार मँचको नयाँ शाखा

संसार भर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सक्रिय रुपमा कार्यरत अन्तराष्ट्रिय कलाकार मँचको पोल्यान्ड देशमा पनि नयाँ शाखा स्थापना भएको कुरा मँचका प्रबक्ता प्रकाश नेपालले प्रेस लाई जानकारी गराउनुभएको छ। प्रबक्ता नेपालका अनुसार  अन्तराष्ट्रिय


 कलाकार मँच अमेरिकाको विधान २०६५ को धारा ४  अनुसार   यही २०११ नोभेम्बर १ गते २ वर्षको लागि गठन गरिएको नब गठित पोल्यान्ड शाखा  यस प्रकार रहेको छ :   
अध्यक्ष- मित्र लाल पार्दे 
उपाध्यक्ष- लक्ष्मी सापकोटा 
उपाध्यक्ष-नारायण चालिसे 
उपाध्यक्ष-चन्द्र सापकोटा 
महासचिव -श्री कृष्ण न्यौपाने 
सचिब -टिका बस्नेत 
कोषाध्यक्ष-कल्पना न्यौपाने 
सदस्य - श्रीजना थापा 
सद्स्य - लक्ष्मी खरेल (भण्डारी)
अन्तराष्ट्रिय कलाकार मँचको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मँच पोल्यान्ड शाखा गठन गरेको हो । यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने मँच को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ। अध्यक्ष्य खनालले अगाडि भन्नु भएको छ "" हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मँचका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई  ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं".   मँच अमेरिका, नेपाल सहित संसारका १२ देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका ३० देशमा पुर्याउने लक्ष राखिएको छ  । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्नुभएको छ । 
अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य भएको पनि वहाँले जानकारी गराउनुभएको छ : 
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने (अनिबार्य छैन )
यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशिओ कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी नेपाल मदर डट कम वा www.iafusa.blogspot.com मा हेर्न सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक