20111105

नेपालमा प्रचण्ड र माओवादी बाहेक अरु सबै असफल हुँदै गैरहेको तथ्य, अन्य दलहरु र नेताहरु प्रचण्डका पिछलग्गु मात्र !

शक्तिखोरको भिडियोमा भने झै एक पछी अर्को गर्दै सफलता हासिल गर्दै गैरहेका छन प्रचण्ड, कसैले प्रचण्ड र माओवादीलाई हामीले साइजमा ल्याउंदैछौं भन्छ भने त्यो दृष्‍टि भ्रम मात्र हो !

हामी नेपाली जनता गुहु र गोबर छुट्याउन सक्ने भैदिएका सम्भबत देशमा यो अवस्था आउने थिएन होला । मान्नुस या नमान्नुस समय परिस्थितीले के देखायो भने आतंकबाद, हत्या, हिँसा, अपहरण, कुट्ने, लुट्ने सबथोक कुरालाई नेपालमा प्रबेश गराएर बन्दुकका भरमा सत्तामा पुग्न सफल माओवादी र यसका अध्यक्ष प्रचण्ड मात्र अहिले नेपालमा सफल छन । एमाले, कङ्रेस, राजाबादी भनाउने देखी मेधेसी सम्म सबै दल र तिनका नेताहरु माओवादी र प्रचण्डका पिछलग्गु मात्र जस्ता देखिएका छन किन कि :

१- सबैले गणतन्त्र हुँदै हुँदैन भन्दा भन्दै राजतन्त्र फ्यालेर गणतन्त्र ल्याउने खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
२- धर्म निरपेक्ष्यताका नाममा हिन्दू राष्ट्र नेपालबाट हिन्दू धर्मको मुन्टो निमोठ्ने र सबैलाई पछी लगाउने खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
३- सँघियताको खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
४ - अहिलेको बदनाम संबिधान सभाको खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
५- कसैले कल्पना गरेको थियो गत चुनावमा माओवादीले धेरै सीट ल्याउँछ भनेर ? हतियार, लडाकु अनी वाइसियलको गुण्डागर्दीका भरमा चुनाव जित्ने योजना माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
६- प्रचण्ड प्रधानसेनापती काण्डमा हटाइएका होइनन राजिनामा दिएका हुन तर त्यस पछी कसरी बद्ला लिइरहेका छन सबै सँग । होइन भने भन्नुस !
७- झलनाथ देखी बामदेब सम्मलाई, सुजाता देखी कृष्ण सिटौला सम्मलाई, समग्रमा सबै दललाई, सबै नेतालाई अहिले कसले प्रयोग गरिराखेको छन ? खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
८- आफु बिरुद्ध तिनै जना माओवादी उपाध्यक्षहरु एक भएर आउन साथ बाबुरामलाई प्रधानमन्त्री बनाएर बैद्य लाई कसरी थाङ्नामा सुताए ? आफना बिरोधीलाई पार्टी  भित्र र बाहिर उनले कहाँ पुर्याइदिएका छन ? खेल प्रचण्डकै हो, होइन भने भन्नुस !
९- सेना समायोजन हुनै दिदैनौ भन्ने दल र तिनका नेताहरुलाई अहिले प्रचण्डले के गराइदिए ? ६५०० लडाकु सेनामा लैजाने निर्णय कसरी भयो ? राष्ट्र संघ देखी भारत सम्म, अन्तराष्ट्रिय स्तर बाट स्वागत हुने अवस्था र खेल माओवादी र प्रचण्डकै हो, होइन भने भन्नुस !
१० - उनी आफु राष्ट्रपती बन्न सकेनन, पछील्लो समयमा प्रधानमन्त्री बाबुरामलाई बनाए तर शक्तिकेन्द्रमा उनी जती सर्बशक्तिमान अहिले को छ नेपालमा र उनको पछाडि नहिंड्ने को छ ? खेल प्रचण्डकै हो, होइन भने भन्नुस !
११- उनी फेरी पनि सेना समायोजन गरेर, अनेक बहानामा फेरी प्रधानमन्त्री हुँदैछन लेखेर राखेहुन्छ ।
१२- अब प्रचण्ड बुद्ध र लुम्बिनीको बिकासका नाममा अर्को अन्तराष्ट्रिय राजनीति गर्दैछन । उनी जसरी हुन्छ अमेरिका र यु एन लाई पनि यसै बहानामा हात लिन खोज्दैछन । यो पनि उनको अर्को ठुलो कुटनीति र रणनिती हो हेर्दै जानुस अब उनले के के गर्छन् यसको बहानामा ।     
१३- अब नत राजतन्त्र फर्किने कुरा सजिलो छ न त हिन्दू राष्ट्र !, एमाले र कङ्रेस मात्र होइन कथित राष्ट्रबादी, राजाबादी भनाउने देखी मधेशबादी सम्म सबैलाई धुलो चटाउँदै माओवादी र प्रचण्ड अझ अगाडि बढ्ने सम्भावना छ र उनले शक्तिखोरको भिडियोमा भने झै एक पछी अर्को गर्दै सफलता हासिल गर्दै गैरहेका छन, कसैले प्रचण्ड र माओवादीलाई हामीले साइजमा ल्याउंदैछौं भन्छ भने त्यो दृष्‍टि भ्रम मात्र हो । चार बर्ष अगाडिको शक्तिखोरको भिडियो फेरी हेर्नु र मनन गर्नुपर्छ हामी पटमुर्ख नेपालीहरुले । हेर्नुस शक्तिखोरको भिडियो एक पटक फेरी, सोच्नुस् ठण्डा दिमागले, होइन भने भन्नुस !  :      





धिक्कार छ हामी नेपाली जनताहरुलाई, जसले यस्ता बहुरुपी, छद्मभेसी, नाटककार, नौटँकीको पछाडि लागेर नयाँ नेपालको कुरा गर्दैछौं । हामी नेपालीले अझै दु:ख संकट भोग्दैछौं, देशमा अझै डर लाग्दा दिन आउन बाँकी नै छन । सबैलाई चतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक