20111106

नवलपरासीकी ३५ बर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू नायक राजेश हमालको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिन पुगिन्

नायक राजेश हमालले बालकुमारीलाई  नचिनेको बताए

rajesh_ujuriनायक राजेश हमालको विषयमा आज जस्तो  वित्तण्डा हिजोको दिनमा कहिलै भएको थिएन र भविष्यमा पनि यस्तो प्रकृतिको आरोप सम्भवत:  उनले खेप्दैनन् पनि होला । तर नवलपरासीकी ३५ बर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू महानायकको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै  महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिन पुगिन् । जसकारण यो चिसो मौसममा सिने जगत एक पटक मज्जाले तात्यो । २०५२ साल बैशाख दुई गते राजेश हमालले आफूसंग प्रेम विवाह गरेको भन्दै ती महिलाले अंश सहित श्रीमान पाउ भन्दै हनुमान ढोकामा उजुरी दिने प्रयास गरिन् जुन असफल भयो । अंश मुद्धा सहित उजुरी दिन एक्लै काठमाण्डू आएकी बालकमारीलाई हनुमान ढोकामा अंश सहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ रिफर गरिएको छ । तर ती महिलाले फिल्मीखबरसंग कुरा गर्दै भनिन्, ‘म मेरो श्रीमान लिन आएकी हुँ यदि कसले मलाई रोक्छ भने म जे गर्न पनि
तयार छु ।’
यस्तै उनले राजेश हमालको र आफ्नो मामाघर पनि नवलपरासीको रजहरमासंगै रहेको भन्दै हमालले पनि आफूलाई श्रीमतीको रुपमा स्वीकारि सकेको बताईन् । तर महानायकका सहयोगी रोशन हमालले राजेशसंग भेट गर्न नदिएको उनले आरोप लगाईन् । जुन कुरा रोशन स्वीकार्दैनन् र आफू ती महिललाई नचिनेको बताउछन् । यस्तै हमालका अर्का सहयोगी चिराजीवी आचार्यले चितवनमा सुटिङको शिलिशिलामा ती महिला राजेश हमालाई भेट्न आएको तर  चिनजान राम्रोसंग नभएको बताएका छन् ।
यस्तै फिल्मीखबरसंग नायक राजेश हमालले विशेष कुराकानी गर्दै भने, ‘जे मन लाग्यो त्यही उजुरी कसैले हाल्न पाउछ र ?’ हासोको फोहोरा छाड्दै उनले फोनमा भने, ‘कसैले मजाकको रुपमा काम गरेको हुनुपर्छ त्यसैले यस विषयलाई म पनि मजाककै रुपमा उडाईदिन्छु ।’ उनले पनि बालकुमारीलाई  नचिनेको बताए । हमालले आफ्नो विहे भएको र बच्चा बच्चि समेत भएको कुरा वाहियात भएको बताउँदै भने, ‘म आफ्नै बारेमा आफैलाई थाहा छैन । तर कहिलकाँहि एउटा महिला घरको गेटमा आईरहने कुरा रोशनले भन्थ्यो ।’
केही मानसिक सन्तुलन गुमाएको जस्तो देखिने ती महिलले हमालको घर कपुरधारमा आज विहान खाना खाएर निस्किएको बताईन् । तर सहयोगी र हमालका आफन्तले आफूहरुको सम्बन्ध जोड्न नदिएको भन्दै बाध्य भएर यसरी उजुरी हाल्न आएको बालकुमारीले  बताईन् । उनले भनिन्, ‘बेलाबेलामा उहाँ पनि नवलपरासी आईरहनुहुन्छ र मलाई खर्चपानी दिईरहनु हुन्छ ।’ उनले १०, ७ र ५ बर्षका  आफ्ना तीन छोरीहरुलाई बाबुको अधिकार समेत दिलाई छाड्ने अठोट ब्यक्त गरेकी छिन् ।
बालुकमारी हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत छिन् । उनी एक दशक अघि काठमाण्डू बग्गीखाना अर्न्तगत ट्राफिक सेवामा कार्यरत रहेको उनीसंग दशक अघि संगै काम गरेकी हनुमानढोकामा कार्यरत  महिला प्रहरी सत्यदेवी रेग्मीले जानकारी दिईन् । उनले त्यतिबेला बालकुमारीले आफ्नो चिनजान राजेश हमालसंग भएको तर श्रीमान भनेर कहिले नभनेको बताईन् ।
यस्तै संयोगबस हनुमान ढोका परिसरमा केही साताअघि सम्म बालकुमारीसंगै काम गरेका चितवनका सही रमेश कोईरालाले उनी मानसिक रोगी भएको जानकारी दिए । उनले भने, ‘चितवनमा पनि उनले राजेश हमाल आफ्नो लोग्ने भएको भन्दै  तमासा देखाएकी थिईन र आज यहाँ देखाईछिन् ।’ यस्तै  सही कोईरालाका अनुसार बालकुमारीको राना थर गरेको एक असहीसंग उनको विवाह भएको छ । जोसंग उनको सम्बन्ध विच्छेद भैसकेको बुझिएको छ । बालकुमारीका पूर्व पति हाल मनाङमा कार्यरत रहेको सही कोईरालाले जानकारी दिए ।
यसैगरी हनुमान ढोकाका प्रहरी नायव उपरिक्षक अरुण कुमार विसीले पनि ती महिलाको मानसिक सन्तुलन ठीक नभएको भन्दै यस्ता उजुरीलाई ठूलो रुपले हेर्न नहुने बताए । ती महिला हेर्दा साधारण परिवारको जस्तो देखिन्थीन् । यस्तै उजुरी टिपाउदा एक महिला लेखनदासले पनि उनको कुरालाई पत्याउन नसक्दै आफूले उजुरी लेखिदिएको जानकारी दिईन् । बालकुमारीले राजेश हमालसंग विगत १८ बर्षदेखि चिनजान रहेको दावी गरेकी छिन् । उनले नवलपारासीमा रहेका महानायकका साथी चन्द्र बराल आफ्नो भिनाजु समेत भनेकी छिन्  । उनले आफू टीकाराम अधिकारीको छोरी भएको बताएकी छिन् । यस्तै बालकुमारीले चलचित्र निर्देशक आकाश अधिकारी आफ्नो भिनाजु समेत भन्न भ्याएकी छिन् । जुन प्रश्न गर्दा आकाशले चितवन छाडेको धेरै बर्ष भैसकेकाले चिन्न नसकेको प्रतिक्रिया दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक