20111106

मुख बिगार्दै र चोर औंला ठडाउदै बिजय गच्छेदारले सबैलाई यसरी चेतावनी दिए, अब ककसका मान्छे हाल्ने हो नेपाली सेनामा !

 ‘रक्षामन्त्रीको हैसियतले नेपाली सेनामा १० हजार मधेशी युवाको समावेश म गराउछु' - रक्षामन्त्रीको कार्यभार समेत सम्हालेका गच्छदार
गृहमन्त्री विजयकुमार गच्छदारले नेपाली सेनामा १० हजार मधेशी युवाका भर्ना भइछाड्ने दाबी गरेका छन्। उनले मधेशको छुट्टै रेजिमेन्ट स्थापना गरी सेनामा मधेशी युवा भर्ना प्रकृया थालिसकिएको जानकारी दिए। ‘रक्षामन्त्रीको हैसियतले नेपाली सेनामा १० हजार मधेशी युवाको समावेश म गराउछु'-रक्षामन्त्रीको कार्यभार समेत सम्हालेका मधेशी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदारले आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा भने,‘यस सम्बन्धमा काँग्रेस-एमालेसँग मैले अपील गरिसकेको छु, माओवादीसँग त हाम्रो सम्झौता नै भएको हो।' नेपाली सेनामा मधेशी युवाको प्रवेश भइछाड्ने दाबी गर्दै उनले ‘भ्रम' नराख्न आग्रह गरे। सत्ता गठबन्धनका लागि एकीकृत माओवादीसँग भएको चारबुँदे सहमतीलाई राष्ट्रघाती भन्नेलाई ‘इटको जवाफ पत्थरले दिने' गच्छदारले चेतावनी
दिए। ‘चार बुँदे सहमतिलाई अराष्ट्रिय भन्नेले मधेशी यो देशको जनता हो कि होइन भन्नुपर्‍यो'-उनले भने,‘मधेशीलाई जनता नै नबुझ्नेहरुले मधेश रहेन भने के नेपाल रहन्छ भनेर सोच्नुपर्छ।' गच्छदारले मधेशी समुदायलाई तिरस्कार, अपहेलना, अन्याय र बिभेदमा राख्ने विगतको सोच नफेरे इटको जवालफ पत्थरले दिने चेतावनी पनि दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक