20111113

अमेरिकाको वाशिङ्टन डिसीमा नेपाली साँगीतिक साँझ

नेपालका बरिस्ठ कलाकार देखी नब प्रतिभा सम्म सबैलाई समेटेर विश्वपरिक्रमा पाक्षिक अखवारले डिसीमा अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माको प्रमुख आतिथ्यमा आयोजना गरेको साँगीतिक साँझ भब्यरुपमा सम्पन्न भएको छ । बरिस्ठ साहित्यकार, गायिका
चन्द्रकला नेवार को सम्मान समेत गरिएको उक्त कार्यक्रममा सारंगा श्रेष्ठ, लुना श्रेष्ठ, नविन केसी, अनुपमा प्रसाईं, श्याम खड्गी, यज्ञमान शाक्य,गीता सुबेदी,श्रेयस्का दाहाल, श्रीतिका दाहाल, गीता दाहाल, स्वीकृति सिलवाल, वाल कलाकारहरुः साकार वुढाथोकी पियुष वुढाथोकी, उपाँशु गौतम, कात्यायनी शर्मा, स्वीकृति दाहाल, अनु सँग्रौला, रीत सँग्रौला, मनस्वी कोइराला, खुशी कँडेल, दीप्ता पोखरेल, कृति शर्मा लोकेश तिवारीका आकर्षकनृत्यहरु, रामप्रसाद खनाल, श्याम गुरुँग, शान्ति गुरुँग, आस्था श्रेष्ठ, मीना राई , कुमारी लामा, नेपाली तथा अमेरिकन माउण्टेन म्युजिकः तारा लिनहार्ट तथा लिनहेलीका मिठा गीतहरु, आनन्दु लामा र विश्व थापाको बाद्यबादन, २८ वर्ष अल इण्डिया रेडियोमा नेपाली हिन्दी वँगाली र असमिया भाषामा गायन गरेकी सम्मानित प्रतिभा चन्द्रकला नेवारवाट गीत प्रस्तुत गरिएको उक्त कार्यक्रम रवि लामिछानेको साथमा सुनिता सन्ज्यालले सन्चालन गर्नुभएको थियो भने ध्वनी तथा संगीत संयोजन डिजे डी ले । सो अबसरमा राजदुत शर्मा, चन्द्रकला नेवार, गोबिन्द गिरी प्रेरणाले आफ्ना मन्तब्य राख्नुभएको थियो । अनुपमा प्रसाइ द्वारा तयार पारीएको देउसी भैलो सम्बन्धी गीत र न्रित्य जहाँ उनी आफै देखी ससाना बालबालिका सम्म लाई समाबेश गरेर न्रित्य गरेकी थिइन, उक्त प्रस्तुतिले तिहार सम्झाएको थियो भने सबैलाई नेपाल पुर्याएको थियो । अन्य प्रस्तुतिहरु पनि आकर्सक रहेको दर्शकहरुको प्रतिकृया थियो ।  


























अरु सबै फोटोहरुका लागि हाम्रो सहयात्री नेपालीपोस्टको यो Face book Link Click गर्नुस्


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक