20111113

फेरी मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्री भट्टराईले अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गरेर नयाँ कीर्तिमान कायम, ४९ जनाको मन्त्रिमण्डल, अझै बढाइने सम्भावना !

"बाबुरामलाई काम गर्न देउ" भन्ने मतियारहरुलाई बाबुरामकै झापड, नायक भन्दाभन्दै ईतिहासकै महा खलनायक साबित हुँदै गए बाबुराम !
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रको ढुकुटी र नैतिकताको मूल्य चुकाएर लुटतन्त्र र कुशासन चलाएको डा. रामशरण महतको आरोप
पदमा पुगेकै दिनदेखि हरेक क्षेत्रमा मितव्ययिता नीति अबलम्बन गर्ने दाबी गर्दै आएका प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। उनले आज शपथ गराएका ४ राज्य मन्त्रीपछि अब मन्त्रीको सङ्ख्या ४९ पुगेको छ। आइतबार उनले सरिता साह, अरविन्द साह, ओमप्रकाश यादव र खोभारीराय यादवलाई शपथ खुवाएका हुन। उनीहरु क्रमश: सञ्चार, महिला, कृषि र उद्योग राज्य मन्त्री बनेका छन्। उज्जनकुमार श्रेष्ठको हत्या गरेवापत सर्वोच्च अदालते जन्मकैद सजाय तोकेका माओवादी सभासद् बालकृष्ण ढुङ्गेलको सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको र जम्बो मन्त्रिमण्डल निर्माण गरेको आरोपमा चौतर्फी विरोध सामना गरिरहेका प्रधानमन्त्री भट्टराईले सार्क सम्मेलनबाट फर्केलगत्तै पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन। उनले शनिबार राति स्वेदश फर्कने क्रममा आफूले जतिसुकै विरोध भए पनि यी दुवै निर्णयविरुद्ध
पुनर्विचार नगर्ने बताइसकेका थिए।
माओवादीका सचिव सीपी गजुरेलले सरकारले संसदमा प्रस्तुत गरेको अन्तरिम संविधानको एघारौं संशोधन विधेयक पारित हुन नदिने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा गजुरेलले राज्य पुनर्संरचना समितिको प्रतिवेदन उल्टाउन विज्ञ समूह गठन गर्ने गरी संविधान संशोधन गर्न लागेको दाबी गर्दै विधेयकको विरोध जारी राख्‍ने स्पष्ट पारे। उनले भने- राज्य पुनर्संरचना समितिले प्रतिवेदन दिइसकेको अवस्थामा विज्ञ समूह गठन गरेर प्रतिवेदन उल्टाउने षडयन्त्र भएको छ। यो हामीलाई मान्य हुँदैन। उनले पार्टी अध्यक्ष र प्रधान मन्त्री पार्टीको मुल एजेण्डा विपरित गएको भन्दै नेतृत्वले आत्मसर्मपण गरेको आरोप पनि लगाए। उनले सरकारको काम-कारबाहीले शान्ति प्रक्रिया, संविधान निर्माण र सुशासन कायम हुन नसकेको भन्दै पार्टीमा सल्लाह नै नगरी चार बुँदे, सात बुँदे, विप्पा जस्ता सम्झौता गर्ने सरकारको जिम्मा आफूहरुले लिन नसक्ने स्पष्ट पारे। उनले प्रधान मन्त्रीको कार्यशैलीले आफूहरुलाई पनि अप्ठ्यारोमा पारेको दाबी पनि गरे। सचिव गजुरेलले मन्त्रिपरिषद् विस्तारमा समेत पार्टीमा छलफल नगरी अध्यक्ष र प्रधान मन्त्रीले आफूखुसी गरेको दाबी गर्दै सधैंको फस्ट प्रधान मन्त्री बाबुराम भट्टराई जम्बो मन्त्रिपरिषद् गठनमा पनि फस्ट भएको भन्दै ब्यङ्ग्य गरे।
नेपाली कङ्ग्रेसका नेता डा. रामशरण महतले सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिने निर्णय फिर्ताले ओढेको सदाचार, नैतिकता, मितव्ययिता र सुशासनको आवरण हटेर निर्वस्त्र भएको भन्दै प्रधान मन्त्रीले ७ बुँदे सहमतिमा समेत धोका दिएको आरोप लगाए। उनले भने- सरकारको निर्णयले विधिको शासन र लोकतन्त्रको खिल्ली उडाएको छ। यो सात बुँदे सहमतिमाथिको धोका हो। हामी चूप लागेर बस्न सक्दैनौं। सरकारको निर्णय कुनै पनि हालतमा मान्न सकिँदैन। आवश्यक परे संसद अवरुद्ध गरेर प्रधान मन्त्रीको राजीनामा माग्छौं। निर्णय फिर्ता नभएसम्म विरोध जारी रहन्छ, अझै कडा कडा पार्दै जान्छौं।
सरकारले राष्ट्रको ढुकुटी र नैतिकताको मूल्य चुकाएर लुटतन्त्र र कुशासन चलाएको आरोप लगाउँदै मन्त्रीहरुले मन्त्रालयको योजना अनुमोदन गर्नसमेत पैसा मागेर खुल्लारुपमा भ्रष्टाचार गरेको दाबी गरे। सात बुँदै सम्झौतालाई नेपालकै इतिहासको सबैभन्दा उदार सम्झौताको सङ्ज्ञा दिँदै महतले बढी पैसा लिने रणनीतिअन्तर्गत माओवादीभित्रैबाट यसको सुनियोजित ढङ्गले विरोध गरेको ठोकुवासमेत गरे। कङ्ग्रेस, एमाले र राष्ट्रले वित्तीयरुपमा ठूलो मूल्य चुकाएको भन्दै उनले प्रधान मन्त्रीको रवैयाले आफूहरुलाई निरास बनाएको बताए।
स-सम्मान तपाईंको नाम आजिबन प्रकाशन गर्छौँ हामी, नेपाल मदर डट कम चलाऊन सहयोग गर्नुहुन्छ कि !





संसार भरी छरिएर रहेका नेपालीहरुको साझा अनलाइन पत्रिका नेपाल मदर डट कम चलाऊन तपाईं पनि सहयोग गर्नुहुन्छ कि ! क्रेडिट कार्डबाट DONETE बटन क्लिक गरी वा तलको लिँक क्लिक गरी सहयोग गर्ने हरेक सहयोगदाताको हामी नेपाल मदर डट कममा आजिबन नाम, ठेगाना र सहयोग रकम प्रकाशन गर्नेछौं । 200 डलर भन्दा माथि सहयोग गर्नेको फोटो सहित आजिबन नाम प्रकाशन गर्नेछौं ।https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=Gzm7hTT8_ktdvim12eyZXIFul2yjpXtBDzR8nlNm6GHfL4KGWP_40IyIy2e&dispatch=5885d80a13c0db1f8e263663d3faee8db2b24f7b84f1819343fd6c338b1d9d60
कृपया सहयोग पठाउना साथ हामीलाई info@nepalmother.com मा ईमेल पनि गरिदिनुहोला है

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक