20111115

हतियार नबुझाउ, नौ लाख पैसा पनि बुझ, सेना मा समायोजन हुन नजाउ, बिद्रोहका लागि हामीसँग आउ भन्दै बैद्य र बादल !

समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन लडाकूलाई वैद्य पक्षको अपिल पार्टी भित्र विवाद चर्किदै गएका वेला लडाकुको वर्गीकरण प्रकृया सुरु हुनु ठीक एक दिन अघि मंगलबार वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर बहादुर थापा बादलले संयुक्त वक्तव्य निकालेर सेना समायोजन सम्बन्धी सम्झौता आत्मसमर्पणवादी भन्दै समायोजनमा नजान लडाकूलाई अपील गर्नुभएको हो । 

माओवादीको मोहन वैद्य पक्षले सेना समायोजन प्रक्रियाबाट पूर्ण रुपमा अलग हुन माओवादी लडाकूलाई अपिल गरेको छ ।
सेना समायोजन सम्बन्धी सम्झौता जनसेनाका लागि अपमानजनक र शान्ति बिरोधी भएको वक्तव्यमा उल्लेख छ । तर वैद्य र बादलले निकालेको वक्तव्यको व्याख्या भने वैद्य पक्षकै नेताहरुले फरक व्याख्या गरेका छन् । वैद्य पक्षका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले वर्गीकरणमा नै सहभागी नहुने बताउनुभयो । 
‘सम्झौता र प्रकृया नै गलत भएकोले सेनालाई अवज्ञा र उलंघन गर भनेको हो’, विश्वकर्माले भन्नुभयो, ‘कुनै पनि प्रकृया नमान भनेको हो ।’ समायोजनको नाममा अघि बढेको प्रकृया राष्ट्रिय सेना सेना निर्माणको विरुद्ध भएको विश्वकर्माले बताउनुभयो । आफ्नो बिचार सरकारले नसुन्ने हो भने यसको मुल्य चर्को पर्ने उहाँले चेतावनी दिनुभयो ।

पोलिटव्युरो सदस्य विश्वकर्माले भने वर्गीकरणमै सामेल नहुने भनेपनि वैद्य पक्षकै सचिव सीपी गजुरेलले भने सेना समायोजनमा मात्रै नजाने मात्रै भनेको बताउनुभएको छ । मंगलबार पत्रकारसित कुरा गर्दै गजुरेलले वर्गीकरणमा जाने बताउनुभयो । ‘सम्मानजनक समायोजन हुने अवस्था त छैन’, गजुरेलले भन्नुभयो, ‘तर प्रकृयामा भाग नै नलिने भनेको होइन ।’

यसैबीच उज्यालोसँग कुरा गर्दै वैद्य पक्षका नेता देव गुरुङले लडाकुहरुलाई स्वेच्छिक अवकासमा जान भनिएको बताउनुभयो । त्यसो भए हतियार नी ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘यो जनसेनाको व्यक्तिगत कुरा हो । लिएर आएपनि नआएपनि उनीहरुको ईच्छा र चाहनामा भर पर्छ ।’

स-सम्मान तपाईंको नाम आजिबन प्रकाशन गर्छौँ हामी, नेपाल मदर डट कम चलाऊन सहयोग गर्नुहुन्छ कि !





संसार भरी छरिएर रहेका नेपालीहरुको साझा अनलाइन पत्रिका नेपाल मदर डट कम चलाऊन तपाईं पनि सहयोग गर्नुहुन्छ कि ! क्रेडिट कार्डबाट DONETE बटन क्लिक गरी वा तलको लिँक क्लिक गरी सहयोग गर्ने हरेक सहयोगदाताको हामी नेपाल मदर डट कममा आजिबन नाम, ठेगाना र सहयोग रकम प्रकाशन गर्नेछौं । 200 डलर भन्दा माथि सहयोग गर्नेको फोटो सहित आजिबन नाम प्रकाशन गर्नेछौं ।https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=Gzm7hTT8_ktdvim12eyZXIFul2yjpXtBDzR8nlNm6GHfL4KGWP_40IyIy2e&dispatch=5885d80a13c0db1f8e263663d3faee8db2b24f7b84f1819343fd6c338b1d9d60
कृपया सहयोग पठाउना साथ हामीलाई info@nepalmother.com मा ईमेल पनि गरिदिनुहोला है

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक