20111115

"मेरो सरकारले एकजनालाई आममाफी दिंदा यस्तो विरोध किन ?"

अब फेरी ६ महिना संबिधानसभाको म्याद थपिन्छ भन्दै प्रधानमन्त्री भट्टराईले ५० मिनेट लामो आफ्नो भनाइ यसरी राखे हेर्नुस् भिडियो !
शेर बहादुरले ४८ जना मन्त्री बनाउन हुने मैले ४९ जनको बनाउन नहुने ? भन्दै प्रधानमन्त्री डा. वावुराम भट्टराईले लाजै पचाएर पत्रकारसँग गुनासो गरे !    
प्रधानमन्त्री डा. वावुराम भट्टराईले शान्ति र संविधानको कार्य पुरा गर्नका लागि वाध्यात्मक अवस्थामा मात्रै ठुलो मन्त्रीमण्डल वनाउनु परेको वताउनुभएको छ । आज विहानै आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले ६ सय १ सभासद् भएको


अवस्थामा ४९ जनाको मन्त्रीमण्डललाई जम्वो भन्न नमिल्ने वताउनुभयो । उहांले सभासद्हरु मध्ये १० प्रतिशत मन्त्रीमण्डलमा जाने अन्तराष्ट्रिय अभ्यास समेत भएको वताउनुभयो । प्रधानमन्त्री भट्टराईले यही सरकारले शान्ति र संविधानको काम पुरा गर्ने भएकोले मंसिर ५ गतेभित्र आफ्नै नेतृत्वमा रहेको सरकारले राष्ट्रिय सरकारको स्वरुप ग्रहण गर्ने पनि दावी गर्नुभयो । प्रधानमन्त्री भट्टराईले आफ्नै पार्टीभित्रवाट समेत सरकार गिराउने कुरा आउन थालेकोले गठवन्धन दलहरुलाई विश्वासमा लिन र समेट्नका लागि पनि ठुलो आकारको मन्त्रीमण्डल वनाउनु परेको र यसमा आफुलाई पनि नमज्जा लागेको वताउनुभयो । मलाई मन्त्रीमण्डलको लागि यी नामहरु पहिला नै प्राप्त भएका थिए तर रोके, अहिले पार्टीभित्रकै अन्तरविरोध वढ्यो जसले गर्दा मन्त्रीमण्डल विस्तार गर्न वाध्य हुनुप¥यो – उहांले भन्नुभयो ।
विगतमा २०५ सभासद् हुंदा त ४८ सदस्यीय मन्त्रीमण्डल वनेका थिए भने अहिले ६०१ सभासद् छन्, यस्तो वेला संख्या वढ्नु स्वभाविक जस्तो हुन्छ तथापि म ठुलो आकारको सरकारको पक्षमा भने थिइन – प्रधानमन्त्री भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री भट्टराईले सोमवार राती एक टेलिभिजन कार्यक्रमसंग कुरा गर्दै कतिपय मन्त्रीहरुलाई आफैले नचिनेको, कतिको नाम थाहा नभएको र कतिपयको पृष्ठभूमि समेत थाहा नभएको भन्दै गठवन्धन दलहरुले सिफारिस गरेको आधारमा वाध्य भएर सपथ गराएको वताउनुभएको थियो । प्रधानमन्त्री भट्टराईले हत्याका कसुरदार माओवादी सभासद् वालकृष्ण ढुंगेललाई आममाफी दिंदा विरोध पनि उपयुक्त नभएको वताउनुभयो । उहांले यो आममाफी विस्तृत शान्ति सम्झौता र विगतका सहमति अनुरुप नै दिइएको वताउनुभयो ।
माधवकुमार नेपालको सरकारले दर्जनौ व्यक्तिहरुलाई आममाफी दिदा केही नहुने, मेरो सरकारले एकजनालाई आममाफी दिंदा यस्तो किन विरोध ? – भट्टराईको प्रश्न थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक