20111122

सबै दललाई अध्यक्ष चाहिए पछी र बिबाद बढे पछी अध्यक्ष बिना नै आठ सदस्यीय राज्य पुनर्संरचना आयोग गठन

- बलराम बानियाँ -
बर्णानुक्रम अनुसार बैठकको अध्यक्षता गर्ने गरी सरकारले आठ सदस्यीय राज्य पुनर्संरचना आयोग गठन गरेको छ । सुझाव दिनका लागि आयोगलाई दुई महिनाको समयावधी तोकिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको गठन गरेको हो । आयोगमा स्टेला तामाङ, मल्लके सुन्दर, रमेश ढुङ्गेल, सावित्री गुरुङ, भोगेन्द्र झा, सर्वराज खड्का, प्रा. कृष्ण हाच्छेथु र सुरेन्द्रकुमार महतो रहेका छन् ।  बैठकको संयोजन संस्कृति तथा संविधानसभा मन्त्रालयका सचिवले गर्ने छन् । हाल मन्त्रालयका सचिव दिनेशहरि अधिकारी छन् । भौतिक
योजना तथा निर्माण मन्त्री ह्दयश त्रिपाठीका अनुसार आयोगको कार्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरिसकेको छ भने  आफ्नो कार्यविधि आयोग आफै बनाई बुधबारबाट नै काम
सुरु गर्ने छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठकमा तीन दलले अध्यक्ष विनै राज्य पुनर्संरचना आयोग गठन गर्ने सहमति गरेका थिए । अध्यक्षको दावी कसैले नछाडेपछि अध्यक्ष विनै आयोग गठन गर्ने सहमति गरेका हुन् ।नौ सदस्यीय आयोग गठन गर्ने भनिएपनि अध्यक्ष थाँती रहेपछि माओवादीका तर्फबाट स्टेला तामाङ र मल्लके सुन्दर, काँग्रेसका तर्फबाट रमेश ढुङ्गेल र सावित्री गुरुङ, एमालेका तर्फबाट
भोगेन्द्र झा र सर्वराज खड्का तथा मधेसी मोर्चाका तर्फबाट प्रा. कृष्ण हाच्छेथु र सुरेन्द्रकुमार महतोलाई सदस्यमा सिफारिस गरिएका थिए । दलहरुले सहमति गरेको अध्यक्ष बिनाको आठ सदस्य मात्र रहेको यो प्रस्ताव संघीय मामिला तथा संविधानसभा मन्त्रालयमार्फत लगिएको उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जेपी गुप्ताका अनुसार आयोगको अध्यक्षमा मोर्चाले प्रा. कृष्ण  खनालको नाम प्रस्तावित गरेको थियो । 'काँग्रेस र एमालेले पनि सहमति जनाएको थियो' गुप्ताले भने, 'तर, माओवादीले आयोगको अध्यक्ष जनजाति हुनुपर्ने अडान राखेपछि हाललाई अध्यक्ष नै नराख्ने बिकल्पमा पुगेको हो ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक